सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

२०८२ पुष २८ गते, सोमबार

काठमाडौँ । सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ हजार १ सय रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएपछि नेपाली बजारमा प्रभाव देखिएको हो ।
चाँदीको भाउ प्रतितोला ५ हजार १९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी २०५ रुपैयाँ महँगिएको हो । हिजो प्रतितोला ४ हजार ९९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३८.५२ अंकले उकालो

२०८२ फाल्गुन १९ गते, मंगलवार

संसारभर तेलको कच्चा मूल्य वृद्धि

२०८२ फाल्गुन १८ गते, सोमबार

नेप्से १९.२७ अकंले बढ्यो

२०८२ फाल्गुन १७ गते, आईतवार

शिखर पावरको आईपीओ बिक्री खुला

२०८२ फाल्गुन १७ गते, आईतवार