प्रवास

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

काठमाडौँ । भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२००० बिहीबार मध्य प्रदेशमा नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको छ। विमानमा रहेका दुवै पाइलट सुरक्षित रूपमा निस्किएर बाँच्न सफल भएका छन्। मध्य प्रदेशको राजधानी भोपालबाट ३८४ किलोमिटर उत्तरमा रहेको शिवपुरी जिल्लाको सुनारी चौकी नजिकै विमान दुर्घटना भएको हो।स्थानीय सञ्चारमाध्यमका अनुसार पाइलट घाइते भएका छन्। दुर्घटनापछि सो […]

२०८१ माघ २५ गते, शुक्रबार

भारतको दिल्लीमा विधानसभा चुनाव शुरु

काठमाडौँ । भारतको दिल्लीमा विधानसभाको लागि आज बिहान सात बजेदेखि चुनाव शुरु भएको छ । निर्वाचनको परिणाम ८ फेब्रुअरीमा सार्वजनिक हुने छ । निर्वाचनमा ६ सय ९९ उम्मेदवार मैदानमा छन् । एक करोड ५६ लाख मतदातामध्ये झण्डै १८ प्रतिशत स्वीङ भोटर्स रहेको र उनीहरु नै जितका लागि निर्णायक हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।दिल्लीको […]

२०८१ माघ २३ गते, बुधबार

मङ्गोलियाको लगभग ८० प्रतिशत भूभाग ६० सेन्टिमिटरसम्म बाक्लो हिउँ !

काठमाडौँ । मङ्गोलियाको राष्ट्रिय मौसम विज्ञान तथा वातावरणीय अनुगमन एजेन्सीले देशको कुल भूभागको लगभग ८० प्रतिशत भाग ६० सेन्टिमिटरसम्म बाक्लो हिउँले ढाकिएको बताएको छ । गत जाडोमा देशले दशकहरूमा सबैभन्दा अत्यधिक चिसो मौसमको अनुभव ग¥यो । जुन १९७५ पछिको सबैभन्दा उच्च रेकर्ड हिमपात थियो । लगभग ९० प्रतिशत क्षेत्र १०० सेन्टिमिटर बाक्लो हिउँले ढाकिएको थियो […]

२०८१ माघ २२ गते, मंगलवार

म्यानमारद्वारा आपतकालको अवधि ६ महिना थप

काठमाडौँ । म्यानमारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले देशमा आपतकालको अवधि ६ महिना थप गरेको छ । गत शुक्रवार नेपि तावमा आयोजित बैठकमा उपस्थित सबै सदस्यहरूले आपतकालीन अवधि बढाउन सहमति जनाएका थिए । राज्यको संविधानको धारा ४२५ अनुसार यो अवधि थप गरिएको छ । निर्वाचन सफल रूपमा सम्पन्न गर्न आवश्यक पर्ने काम र त्यसलाई कार्यान्वयन […]

२०८१ माघ २० गते, आईतवार

भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान

काठमाडौँ । भारतको अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को अवधिमा ६.३–६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ । आर्थिक वर्ष सन् २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) मा देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धि राष्ट्रिय आयको पहिलो अग्रिम […]

२०८१ माघ १९ गते, शनिबार

अमेरिकाले निष्कासन गर्ने आप्रवासीमा १ हजार ३६५ नेपाली

काठमाडौँ । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पद सम्हालेसँगै अवैध आप्रवासीलाई आफ्नै देश फिर्ता पठाउने निर्णय गरेलगत्तै अमेरिकाले अवैध आप्रवासीलाई घर फर्काउनका लागि सूची सार्वजनिक गरेको छ । यसैक्रममा अमेरिकी अध्यागमन कार्यालयले आफ्नो देशमा बसिरहेका विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक गरेको छ ।‘नोभेम्बर २४, २०२४ सम्म, १४ लाख ४५ हजार […]

२०८१ माघ १७ गते, बिहीबार

विपिन जोशी हमासको नियन्त्रणमा

काठमाडौँ । इजरायलले हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी जीवितै रहेको बताएको छ । द टाइम्स अफ इजरायलले प्रकाशन गरेको समाचारमा गाजामा बन्धक बनाइएकाहरूमा एक नेपाली पनि रहेको लेखिएको छ । नाम उल्लेख नगरिए पनि हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता एक मात्र नेपाली विपिन जोशी हुन् ।इजरायली अधिकारीहरूका अनुसार आज हमासले पाँच थाई नागरिकसहित […]

२०८१ माघ १७ गते, बिहीबार

कुम्भ मेलामा भागदौड : १० जनाको मृत्यु ,कयौं व्यक्ति हताहत

काठमाडौँ । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा गएराति भएको भागदौडमा कम्तिमा १० जनाको मृत्यु भएको छ भने कयौं व्यक्ति हताहत भएको भारतीय मिडियाहरुले जनाएका छन् । प्रयागराज सिटीका एक डाक्टरले भने समाचार एजेन्सी एएफपीलाई नाम उल्लेख नगर्ने सर्तमा १५ जनाको मृत्यु भएको बताएका छन् ।भारतीय मिडिया दैनिक भाष्करले १४ जनाको मृत्यु र ५० जनाभन्दा […]

२०८१ माघ १६ गते, बुधबार

भारत ७६औं गणतन्त्र दिवस मनाउँदै

काठमाडौँ । भारतले आज ७६औं गणतन्त्र दिवस मनाउँदै छ। यस अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरूले देशवासीलाई शुभकामना दिएका छन्। प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल मार्फत् संविधान निर्माण गरेर लोकतन्त्र, स्वाभिमान र एकतामा आधारित विकास यात्रा सुनिश्चित गर्ने सबै व्यक्तित्वहरूको सम्झना गर्दै गणतन्त्र दिवसको शुभकामना दिएका छन्। उनले इन्स्टाग्राममा लेखेका छन्, “गणतन्त्र दिवसको धेरै–धेरै शुभकामना। […]

२०८१ माघ १३ गते, आईतवार

बलात्कारपछि हत्या गर्ने पाँच भारतीयलाई मृत्युदण्ड !

काठमाडौँ । भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै उनका बुबा र भतिजीको हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । सन् २०२१ को जनवरीमा ती पुरुषले ती किशोरी र उनको परिवारलाई सार्वजनिक यातायातको पर्खाइमा रहेका बेला मोटरसाइकलमा लिफ्ट दिई एकान्तमा लगेर सामुहिक बलात्कार गरेका र परिवारका अन्य सदस्यले […]

२०८१ माघ ११ गते, शुक्रबार