प्रवास

५९ लाख नेपाली वैदेशिक रोजगारीमा

काठमाडौँ। नेपालबाट अहिलेसम्म वैदेशिक रोजगारीका लागि साढे ५९ लाख व्यक्ति विदेश गएका छन्। अर्थमन्त्रालयले सङ्घीय संसदमा आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणअनुसार २०८० फागुनसम्म ५९ लाख ६९ हजार नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएको पाइएको छ।यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत रहेका छन्। चालु आर्थिक वर्षको फागुनसम्ममा नयाँ श्रम […]

२०८१ जेष्ठ १४ गते, सोमबार

मनोरञ्जन पार्कमा आगलागी, २४ जनाको मृत्यु

काठमाडौँ । भारतको गुजरातमा मनोरञ्जन पार्कमा भएको आगलागीमा २४ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् । गुजरातको राजकोटमा भएको घटनामा भवनको भग्नावशेषमा थुप्रै पुरिएको आशंका गरिएको छ । त्यहाँ उद्धार कार्य जारी छ । सो मनोरञ्जन स्थलमा युवायुवतीको भीड लागेको बेलामा भएको आगालागीका बीच कोलाहल मच्चिएको थियो । आगलागीको कारण बारे केही […]

२०८१ जेष्ठ १३ गते, आईतवार

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि

काठमाडौँ । चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३.०१ अर्ब किलोवाट पुगेको छ । एक वर्ष अघिको तुलनामा चिनियाँ उर्जा उत्पादन क्षमता १४.१ प्रतिशतले बढेको राष्ट्रिय ऊर्जा प्रशासनको बिहीबार तथ्यांकले देखाएको छ । वायु उर्जा र सौर्य उर्जाको विकासलाई गति दिने चीनको प्रयासबीच गत महिनाको अन्त्यसम्ममा वायु उर्जा लगभग चार करोड ६० लाख […]

२०८१ जेष्ठ १० गते, बिहीबार

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाली राजदूतावासले आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । ओटावास्थित नेपाली राजदूतावासले आयोजना गरेको उक्त कार्यक्रममा अलबेर्टाको प्रान्तीय सरकारका प्रमुख सचेतक एवं आर्थिक विकाससम्बन्धी संसदीय कार्यालयका सचिव साने गेत्सन र एडमन्टन सहरका प्रमुख, यात्रा व्यवस्थापन गर्ने कम्पनी, पत्रकार, पर्यटनमा मात्र केन्द्रित रहेर लेख्ने ‘ब्लगर’, गैरआवासीय नेपाली […]

२०८१ जेष्ठ ९ गते, बुधबार

भारतको लोकसभाको पाँचौं चरणको मतदान जारी

काठमाडौँ । भारतको लोकसभा चुनावको पाँचौं चरणको मतदान आज बिहान ७ बजेबाट सुरु भएको भारतीय निर्वाचन आयोगले जानकारी दिएको छ । यस चरणमा ६ राज्य र दुई केन्द्र शासित प्रदेशका ४९ लोकसभा सीटमा मतदान भइरहेको छ । पाँचौं चरणमा कांग्रेस अध्यक्ष राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी, ​​जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री उमर […]

२०८१ जेष्ठ ७ गते, सोमबार

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन अपिल

काठमाडौँ । पाकिस्तानस्थित नेपाली राजदूतावासले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार हिंसात्मक आक्रमण भएपछि त्यहाँको सरकारले बाहिर ननिस्किने अपिल गरेको हो । राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका […]

२०८१ जेष्ठ ६ गते, आईतवार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन् । राष्ट्रपति पुटिनले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछन् । पुटिन र सी जिनपिङबीच हुने भेटवार्तालाई पश्चिमा राष्ट्रहरूले नियाली रहेका छन् । रुस र चीनबीचको साझेदारी कसरी अगाडि बढ्छ भन्ने विषयमा पुटिन र जिनपिङको भेटमा छलफल हुनेछ । रुस र युक्रेनबीच दुई वर्षभन्दा बढी […]

२०८१ जेष्ठ ३ गते, बिहीबार

कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौँ । भारतको दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था ‘किन इन्डिया’ को समन्वयमा नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्‍याएर बन्धक बनाई काममा लगाइएका ३५ जनाको उद्धार भएको छ । दलालले सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट राम्रो आम्दानीको प्रलोभन दिई उनीहरूलाई कश्मीर पुर्‍याएका थिए । सबै मजदुरलाई कश्मीरबाट उद्धार गरेर मंगलबार दिल्ली ल्याइएको छउद्धार गरिएका […]

२०८१ जेष्ठ २ गते, बुधबार

होर्डिङ बोर्ड ढल्दा आठ जनाको मृत्यु, ६० जना घाइते

काठमाडौँ । भारतको मुम्बईमा अचानक आएको आँधीका कारण एउटा विशाल होर्डिङ बोर्ड भत्किँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी करिब ६० जना घाइते भएको अधिकारीहरूले बताएका छन् । प्रहरीका अनुसार ७० मिटर लामो होर्डिङ बोर्ड सहरको घर र पेट्रोल स्टेसनमा खसेको थियो । उद्धार कार्य जारी रहेकाले करिब २० देखि ३० जना […]

२०८१ जेष्ठ १ गते, मंगलवार

चित्रकार रन्जु यादवले डेनमार्कका बालबालिकालाई सिकाइन् मिथिला चित्र

काठमाडौँ । युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएका छिन् । चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिएकी हुन् ।चित्रकार यादव अहिले तेतिस दिवसीय युरोप भ्रमणको क्रममा डेनमार्कमा छिन् । यही मौका छोपेर गैरआवासीय नेपाली संघ डेनमार्कले कोपनहेगनमा शुक्रबार एक दिवसीय मिथिला […]

२०८१ बैशाख २९ गते, शनिबार