प्रवास

दुबईमा भ्यान दुर्घटना हुँदा एक नेपालीको मृत्यु

काठमाडौ, २० चैत ।दुबईमा नेपाली चढेको भ्यान दुर्घटना हुँदा एक नेपालीको ज्यान गएको छ । दुर्घटनामा दोलखा लाकुरीडाँडाका कृष्णबहादुर खत्रीको ज्यान गएको हो । दुई वर्षदेखी दुबईको केएफसी कम्पनीमा कार्यरत खत्रीको शुक्रबार ज्यान गएको हो । नियमित ड्युटी सकेर बासस्थान फर्कने क्रममा खत्री चढेको भ्यान ट्रेलरमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा खत्रीसँगै रहेका पाकिस्तानी […]

२०७० चैत्र २० गते, बिहीबार

मलेसियाले थप दुईलाख नेपालीलाई रोजगारी दिने

काठमाडौँ।मलेसिया सरकारले आगामी एकवर्षभित्रमा थप दुई लाख नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराउने भएको छ ।नेपाल र मलेसियाका उच्च सरकारी अधिकारीबीच आज श्रम तथा रोजगार मन्त्रालयमा भएको वार्तामा मलेसियाले सुरक्षा, कृषि, र औद्योगिक क्षेत्रमा थप दुई लाख नेपाली कामदारलाई रोजगारीका अवसर दिने सहमति भएको हो । मलेसियाको श्रम मामिलासमेत हेर्ने त्यहाँका गृहमन्त्री डा अहमद जालिद […]

२०७० चैत्र २० गते, बिहीबार

मलेसियाका गृहमन्त्री नेपाल आउदै

काठमाडौं ,१८ चैत । मलेसियाका गृहमन्त्री डा.अहमद जाहिद हमिदी एक्काइस सदस्यीय उच्चस्तरीय मलेसियाली प्रतिनिधिमण्डलको नेतृत्वमा आज नेपाल भ्रमणमा आउदै छन् । नेपालसँगको आपसी सम्बन्ध थप सुमधुर बनाउने तथा नयाँ क्षेत्रहरू पहिल्याउने उद्देश्यले उनी नेपाल आउन लागेका हुन् । मलेसियामा नेपाली श्रमिकको धेरै माग भइरहेको सन्दर्भमा मलेसियाली गृहमन्त्रीको भ्रमण नेपालका लागि महत्वपूर्ण मानिएको छ । भ्रमणका […]

२०७० चैत्र १८ गते, मंगलवार

मलेसियामा कार्यरत कामदारको विषयमा छलफल

काठमाडौ, १७चैत – प्रवासी नेपाली समन्वय समितिले मलेसियामा कार्यरत कामदारको समस्याका विषयमा छलफल गरेको छ । राजधानी क्वालालुम्पुरको कोतारायाको हलमा भएको कार्यक्रममा नेपालीहरु विदेशमा पलायन हुनुको कारण, जेलमा रहेका नेपालीहरुको अवस्था लगायतका विषयमा छलफल भएको थियो । त्यसैगरी बिदेशमा बेपत्ता भएका नेपालीको परिवारको अबस्थाका बारेमा बनाइएको बृतचित्र पनि प्रदर्शन गरिएको थियो ।कार्यक्रममा नेपाली दूतावासका द्धितीय […]

२०७० चैत्र १७ गते, सोमबार

अवैध बसिरहे नेपाली कामदार नलिने कोरियाद्वारा चेतावनी

काठमाडौं,१३ चैत ।दक्षिण कोरियाले ‘झन्डै ७ सय नेपाली कामदार आफूकहाँ अवैध बसिरहेको’ लिखित जानकारी दिँदै उनीहरुलाई तत्काल नफर्काइए इपिएसमार्फत नयाँ कामदार लिने प्रक्रिया बन्द गर्ने चेतावनी दिएको छ ।द्विवदेशीय सहमतिमा प्रारम्भ भएको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत हालसम्म २२ हजारभन्दा बढी नेपाली दक्षिण कोरिया गएकामा ६ सय ९७ जना तोकिएको म्याद गुज्रिएपछि नेपाल फकिर्नुको साटो […]

२०७० चैत्र १३ गते, बिहीबार

अष्ट्रेलियन दुतावासद्वारा विद्यार्थीको भिसा आवेदन प्रक्रिया अबरुद्ध

काठमाडौ । नयाँ दिल्लिस्थित अष्ट्रेलियन दुतावासले करिब २ हजार नेपाली विद्यार्थीको भिसा आवेदन प्रक्रिया स्थगित गरिदिएको छ।दुतावासले ऋणको फर्जी कागजात बनाएको भन्दै उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीको भिसा आवेदन प्रक्रिया स्थगित गरिदिएको हो । नयाँ दिल्लीस्थित दूतावासले अष्ट्रेलियन विश्वविद्यालयलाई पत्र काटेर ति विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको प्रक्रिया रद्द गर्न समेत पत्राचार […]

२०७० चैत्र ११ गते, मंगलवार

साउदीले लाखौ विदेशी कामदार फिर्ता पठायो

काठमाडौ।साउदी अरब साउदी अरेबियाले पछिल्लो पाँच महिनामा ३ लाख ५० हजार अबैध विदेशी कामदारलाई फिर्ता पठाएको छ ।समाचार एजेन्सी एपीका अनुसार आन्तरिक मामलासम्बन्धी मन्त्रालयले विभिन्न देशबाट अरब पुगेका अवैध कामदारलाई फिर्ता पठाएको हो ।यसरी अबैधरुपमा साउदी पुग्ने कामदारले त्यहाँको श्रम कानुन उल्लंघन गरेको मन्त्रालयको आरोप छ ।मन्त्रालयका प्रवक्ता अहमद अल अहिदानले अझै १८ हजार अबैध […]

२०७० चैत्र १० गते, सोमबार

नेपाल पहिलो विश्वकपमा छानियो

काठमाडौ, २चैत्र ।पहिलो पटक विश्वकप छानिएर इतिहास रचेको क्रिकेट टिमले पहिलो खेलमा जित हात पारेर समर्थकलाई खुशीको उपहार दिएको छ ।चटगाउँको जोहर अहमद चौधरी स्टेडियममा जवाफी व्याटिङमा उत्रिएको हङकङ नेपाली बलरसामू निरीह बन्यो । १७ ओभर खेलेको हङकङ ६९ रन बनाएर अल आउट भयो । नेपालको जितमा म्यान अफ दी म्याच शक्ति गौचनको महत्वपूर्ण भूमिका […]

२०७० चैत्र ३ गते, सोमबार

मलेसियाबाट अबैधानिक कामदार फर्काइदै

काठमाडौं।मलेसियास्थित नेपाली दूतावासले प्रत्येक महिना आठ सय अवैधानिक नेपाली कामदाराई नेपाल फर्काउने भएको छ । यसअघि दूतावासले महिनाभर दुई सयका दरले अबैधानिक कामदारलाई स्वदेश पठाउँदै आएको थियो ।मलेसियावाट हप्तामा पचास जनालाई मात्रै अध्यागमन कार्यालयमा लगेर आउट पासको ब्यवस्था मिलाइएकोमा अव भने हप्तामा दुई सय अबैधानिक नेपालीहरु कामदार अध्यागमन कार्यालयमा पुग्ने छन् । राजदूत डा.निररन्जन मान […]

२०७० चैत्र १ गते, शनिबार

नेपाली किसानहरु दक्षिण कोरियामा

काठमाडौं। कृषि मार्फत दक्षिण कोरियाले गरेको बिकासको मोडल सिक्न नेपालका किसानहरु दक्षिण कोरिया पुगेका छन । चितवनको पिप्ले नमूना सेमाउल (नयाँ गाउँ अभियान)को १२ जनाको टोली बिकासको मोडल सिक्न दक्षिण कोरिया पुगेको हो ।गतमंगलबार कोरिया पुगेको टोली आगामी मार्च २४ तारेखसम्म कोरियाका बिभिन्न स्थलको भ्रमण गर्नेछ । नेपाल सेमाउलका अध्यक्ष नवराज पन्तका अनुसार टोलीमा ६ […]

२०७० फाल्गुन २९ गते, बिहीबार