प्रवास

मलेसियाको जेलमा दर्जनौ नेपाली कामदार

काठमाण्डौं ,९ भदौ। वैदेशिक रोजगारिका लागि मलेसिया पुगेका ६० भन्दा बढी नेपाली कामदार सेरेम्यान लिङकिङ जेलमा थुनिएका छन् । ६० नेपाली वर्ष दिनदेखि जेलमा थुनिँदा पनि मलेसियास्थित नेपाली राजदूतावासका प्रतिनिधि एकपटक पनि भेट्न नगएको भन्दै कामदार र मलेसियामा रहेका नेपालीले आक्रोश व्यक्त गरेको बताइएको छ । ‘जेलभित्र ६० नेपाली थुनिएका छन्, तर दूतावासका कोही पनि […]

२०७० भाद्र ९ गते, आईतवार

दार्जिलिङमा पुनः अनिश्चितकालीन आम हड्ताल

काठमाडौ , ७ भाद्र – गोर्खाल्याण्ड टेरोटेरियल एड्मिनिष्टेसन (जीटीए) का सभासद् तथा गोर्खा जनमुक्तिका सहसचिव विनय तामाङसहितका नेता पक्राउको विरोधमा दार्जिलिङमा शुक्रबारदेखि पुनः अनिश्चितकालीन वन्दको घोषणा गरिएको छ ।मोर्चाका अध्यक्ष विमल गुरुङले विहीवार दार्जिलिङको एक सभालाई सम्वोधन अनिश्चितकालीन बन्द घोषणा गरेका हुन् । उनले पक्राउ नेता तथा कार्यकर्ता रिहा नगरेसम्म बन्द जारी राख्ने दावी गरेका […]

२०७० भाद्र ७ गते, शुक्रबार

गोर्खाल्याण्ड माग्दै अनिश्चितकालीन हड्ताल

काठमाडौं, २० साउन । सरकारले आन्ध्र प्रदेशलाई विभाजन गरेर नयाँ राज्य गठनको प्रक्रिया अघि वढाएपछि भारतको दार्जिलिङमा समेत अलग राज्य गोर्खाल्याण्डको माग चर्किएको छ । गोर्खा जनमुक्ति मोर्चाको आव्हानमा गोर्खाल्याण्ड माग गर्दै आजदेखि अनिश्चितकालीन हड्ताल शुरु भएको छ ।यसअघि गत सोमवारदेखि तीन दिने वन्द आव्हान गरिएको थियो । मागप्रति केन्द्र सरकार गम्भीर नभएको भन्दै मोर्चाले […]

२०७० श्रावण २० गते, आईतवार

गोर्खाल्यान्डको माग गर्दै ‘सडकमा जनता’ कार्यक्रम

काठमाण्डौं, ४ भदौ । गोखाल्यान्डलाई छुट्टै राज्य घोषणा गर्न माग गर्दै आन्दोलन गर्दै आएको सात पार्टीको साझा संगठन गोर्खाल्यान्ड जोइन्ट एक्सन कमिटीले आजदेखि ‘सडकमा जनता’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि तय भएको ‘घरमा जनता’ कार्यक्रमलाई केही फेरबदल गरी सडकमा जनता कार्यक्रम तय गरिएको कमिटीले जनाएको छ । घोषित कार्यक्रम अन्तर्गत गोर्खाल्यान्ड माग गरिएका […]

२०७० भाद्र ४ गते, मंगलवार

नेपाली जनप्रगतिशील मोर्चा युर्एइको अबुधावी क्षेत्रिय समितिको निर्माण

युर्एइ – अबुधावीमा यही २५ जुलाई २०१३ का दिन भएको एक भेलाले नेपाली जनप्रगतिशील मोर्चा युर्एइको अबुधावी क्षेत्रिय समितिको निर्माण गरेको छ । मोर्चाका केन्द्रिय उपाध्यक्ष समर बहादुर खत्रीको प्रमुख अतिथ्यता तथा केन्द्रिय सदस्य रामशरण कडरियाको उपस्थिती रहेको सो भेलाले ४ सदस्य पछि थप्ने गरि गणेश लम्सालको अध्यक्षतामा १५ सदस्सीय क्षेत्रिय समितिको गठन गरेको हो […]

२०७० श्रावण १५ गते, मंगलवार

राष्ट्रसंघमा कार्यरत नेपालीलाई रातो पासपोर्ट

काठमाडौं – सरकारले संयुक्त राष्ट्रसंघको उच्चपदमा कार्यरत नेपाली नागरिकलाई कूटनीतिक राहदानी प्रदान गर्ने भएको छ। यसरी कूटनीतिक राहदानी पाउने पहिलो नेपाली नागरिक हाल राष्ट्रसंघको उपमहासचिव पदमा कार्यरत ज्ञानचन्द्र आचार्य हुने भएका छन्।सरकारको निर्णय अनुसार आचार्यकी श्रीमती सुनीताले पनि कूटनीतिक राहदानी पाउने छिन्। विद्यमान कानून अनुसार राहदानी दिन नमिलेपद्धि आचार्य दम्पत्तीलाई कूटनीतिक राहदानी प्रदान गर्न सरकारले […]

२०७० श्रावण ३१ गते, बिहीबार

दार्जीलिङमा जन कर्फ्यु

काठमाडौं, ३० साउन। भारतीय पूर्वोत्तर राज्य पश्चिम बंगालको सत्तारुढ पार्टी तृणमूल कांग्रेसका नेताले दार्जीलिङका गोर्खालीलाई ‘नेपालीहरु नेपाल जाओ’ भनेपछि गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले आपत्ति जनाएका छन् । तृणमूल कांग्रेसका नेताहरुको यस्तो भनाइले दार्जीलिङबासीलाई हेर्ने बंगाल सरकारको दृष्टिकोण स्पष्ट भएको गुरुङले बताएका छन् ।उनीहरुको यही मानसिकताका कारण अलग गोर्खाल्याण्ड राज्य आवश्यक रहेको गुरुङले दाबी […]

२०७० श्रावण ३० गते, बुधबार

थाइल्याण्डमा अलपत्र नेपाली स्वदेश फर्किए

काठमाडौं,१४ साउन । वैदेशिक रोजगारीको मीठो सपना बुनेर थाइल्याण्ड पुगेका १४ नेपालीहरु दलालका कारण दुई महिनासम्म अलपत्र परेर स्वदेश फर्केका छन् । स्वदेश फर्किएका उनीहरुले त्यहाँ अरु पनि नेपाली नागरिकहरु समस्यामा परेको भन्दै तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । आइतवार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले थाइल्याण्डमा मानव तस्करहरुको ठूलो […]

२०७० श्रावण १४ गते, सोमबार

घलेद्वारा एनआरएन अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं, २४ साउन । अष्ट्रेलियाका नेपाली व्यवसायी शेष घलेले राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।पत्रकार सम्मेलनमा घलेले आफ्ना घोषणापत्र पनि सार्वजनिक गरेका छन् । घलेसँगै वर्तमान महासचिव तेन्जी शेर्पा, क्या. हितमान तामाङ र रामप्रताप थापाले यसअघि नै अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।घलेले आफू अध्यक्षमा निर्वाचित […]

२०७० श्रावण २४ गते, बिहीबार

दुबईमा अब पार्ट टाइम काम गर्न पाइने

काठमाडौं, २४ साउन – दुबईमा रोजगारी गरिरहेका व्यक्तिले अब पार्ट टाइम काम गर्न पाउने दुबई राज्यका राजकुमार शेख हम्दान बिन मोहम्मद बिन राशिद अल मक्तुमले रमादानको अन्तिम दिन गत मंगलवार जारी गरेको दुवईका सञ्चार माध्यमले जनाएका छन् ।रोजगारीका लागि विशेष बन्दै गएको दुबईमा यस्तो व्यवस्थाले त्यहाँ कार्यरत धेरै नेपालीलाई सजिलो हुने अनुमान गरिएको छ ।दक्ष, […]

२०७० श्रावण २४ गते, बिहीबार