प्रवास

प्रधानमन्त्री विक्रमासिंगेद्वारा देशवासीलाई धैर्य गर्न आग्रह

काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंगेले संसदलाई सम्बोधन गर्दैधैर्य गर्न आग्रह गरेका छन। उनले राष्ट्रसंघीय निकायबाट ४ करोड ८० लाख अमेरिकी डलर सहयोग प्राप्त हुने भन्दै सर्वसाधारणलाई धैर्य गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री विक्रमासिंगेले ४ महिनाको अवधिमा राष्ट्रसंघले उक्त सहायता रकम उपलब्ध गराउने योजना रहेको बताए । आगामी ३ हप्ताका लागि केही अत्यावश्यक वस्तुहरू […]

२०७९ जेष्ठ २५ गते, बुधबार

अमेरिकामा नेपाली युवा निर्घात कुटिए !

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको ओकल्याण्डमा बस्ने एक नेपाली युवालाई निर्घात कुटपित गरी लुटपाट गरिएको छ । उनले आफूमाथि भएको आक्रमण र लुटिएको आफ्नो कथा साझा गरेका छन् । सागर तामाङले गत शनिबार राति ११ बजे ओकल्यान्डको फक्स थिएटर नजिक सडक विक्रेताबाट हट डग लिँदै गरेका बेला अचानक टाउकोको पछाडि केही चिजले हिर्काएको महसुस भएको बताए […]

२०७९ जेष्ठ २४ गते, मंगलवार

भारतमा कोरोना संक्रमण पुन: बढ्दै

काठमाडौँ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण पुन: बढ्दै गएको जनाएको छ । भारतको केरला र महाराष्ट्रमा सबैभन्दा धेरै सङ्क्रमण फैलिरहेको हो । मन्त्रालयले ३४ दिनपछि फेरि सङ्क्रमण बढेर सङ्क्रमितको संख्या एक प्रतिशतभन्दा धेरै पुगेको जनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । महाराष्ट्रमा हिजो १,४९४ जनालाई सङ्क्रमण भएको पुष्टि भएको छ ।यस्तै, तमिलनाडु, […]

२०७९ जेष्ठ २३ गते, सोमबार

कन्टेनर डिपोमा आगलागी : ५ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ । बंगलादेशको दक्षणिपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको भीषण आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै करिब १०० जना घाइते भएका अधकिारीहरूले बताएका छन् । आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको अग्नि सेवाका अधिकारी जलाल अहमदले भने ।आगो निभाउन अग्नि नियन्त्रक […]

२०७९ जेष्ठ २२ गते, आईतवार

म्यानमारमा पुनः मृत्युदण्डको घोषणा !

काठमाडौँ । म्यानमारको सैनिक सरकारप्रति बफादार बन्दै यहाँको एक अदालतले आङ सान सुकीको पार्टी ‘नेशनल लिग फर डिमोक्रेसी पार्टी (एनएलडिपी)’ का पूर्व सदस्य र एक प्रतिष्ठित प्रजातन्त्रवादी अधिकारकर्मीलाई मृत्युदण्ड दिने सरकारी निर्णयलाई सदर गरेको छ । उनीहरू दुवैलाई आतंकवादलाई प्रश्रय गरेको भन्दै दोषी ठहर गरिएको हो । सन् १९९० देखि देशमा अदालतले मृत्युदण्डलाई सदर गरेको […]

२०७९ जेष्ठ २१ गते, शनिबार

रासायनिक कारखानामा विस्फोट : ७०० स्थानीयलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । गएराति भारतको गुजरातस्थित वडोदरामा एक रासायनिक कारखानामा भीषण विस्फोटसहित आगलागी भएको छ । बीबीसीका अनुसार दीपक नाइट्राइट कारखानामा ठूलो विस्फोटपछि भएको आगलागीमा परेका सात जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूलाई धुँवाका कारण श्वासप्रश्वासमा समस्या देखापरेको छ । कारखाना नजिक रहेका ७०० मानिसलाई त्यहाँबाट हटाएर सुरक्षित स्थानतर्फ पठाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् […]

२०७९ जेष्ठ २० गते, शुक्रबार

राष्ट्रपतिलाई संसदप्रति जवाफदेही गराउन संविधान संशोधन !

काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफ्नो सरकारले राष्ट्रपति र मन्त्रिपरिषद्लाई संसदप्रति जवाफदेही बनाउन संविधान संशोधनको काम गरिरहेको बताएका छन् । श्रीलंकामा आर्थिक संकटबीच विरोध प्रदर्शन भइरहेका छन् । प्रदर्शनबीच पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएका छन् ।महिन्दा राजापाक्षेत्रको राजीनामापछि राष्ट्रपति गोटाबाय राजापाक्षेले विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । विक्रमासिंघेले संकट समाधान […]

२०७९ जेष्ठ १६ गते, सोमबार

चीनद्वारा अमेरिकी विदेशमन्त्रीको अभिव्यक्तिको खण्डन

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सुरक्षा दृष्टिकोणलाई लिएर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनको अभिव्यक्तिलाई लिएर खण्डन गरेका छन छ । वेनबिनले अमेरिकी विदेशमन्त्री ब्लिंकनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप र विदेश नीतिलाई बदनाम गर्न खोजेको टिप्पणी गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । बिहीवार भएको एउटा कार्यक्रममा ब्लिंकनले सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै बेइजिङको बढ्दो […]

२०७९ जेष्ठ १४ गते, शनिबार

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३० रुपैयाँ बढाउने निर्णय !

काठमाडौं । पाकिस्तान सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ३० पाकिस्तानी रुपैयाँ बढाउने निर्णय गरेको छ । सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि गरेको हो । लामो समयदेखि कंगाल हुने अवस्थामा पुगेको पाकिस्तानमा एकैपटक यसरी मूल्य बढाइएको हो । पाकिस्तानमा अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार संघीय सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ३० रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय […]

२०७९ जेष्ठ १३ गते, शुक्रबार

भारतले चिनी निर्यातमा सीमा तोक्यो !

काठमाडौं । भारतले चिनी निर्यातमा सीमा तोकेको छ। सरकारले यो सिजनका लागि एक करोड टन निर्यातको सीमा तोकेको छ। घरेलु बजारमा मूल्य नियन्त्रण गर्न पछिल्लो कदम चालिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। देशका मिलहरूले विश्व बजारमा कीर्तिमानी मात्रामा चिनी बिक्री गरेका छन्। १ जुनदेखि ३१ अक्टोबरसम्म विदेशमा कुनै पनि ढुवानीका लागि निर्यातकर्ताहरूलाई सरकारसँग अनुमति माग्न […]

२०७९ जेष्ठ ११ गते, बुधबार