कला तथा साहित्य

मुक्तक संग्रह

१ – सगरमाथा ढल्दैछआकास खस्दैछभाग खोसिने डरलेप्वाँख पनि ह्वेल बन्दैछ। २- रोम जल्दा न्युरो बाँसुरी बजाउँछ,कोशी बहुलाउदा पाँचतारेमा नाच चल्छ।गरीबको उठी बास हुदा के गर्ने खै ?पाँच किलो चामलले मुख सिलाईन्छ। ३- सोह्रै आना सत्य देखेको कुरा,छाती ताके पनि भन्न डराइन।छातीमाथि ढुङ्गा राखी हासेँतर बाङ्गोलाई सोझो भनिन।।४) जेल त खाइयो पञ्चायतमातर हरेस भने खादै खाइएन […]

२०७९ श्रावण २४ गते, मंगलवार

आयो मङ्सिर चार !

घुमिफिरी रुम्जाटारआयो फेरि मङ्सिर चार ।दशैँमा भन्दा मजाले खान पाइने,तिहारमा भन्दा बढी घुम्न पाइने ।मछे मेलामा भन्दा बढी मात्न पाइने,एकादशी बजारमाभन्दा बढी तात्न पाइने ।बटुकामा पनि थपी–थपी पाइनेपटुकामा पनि थपी–थपी पाइने,पाँच वर्ष सुकेका नसा फुलाउन,निर्वाचनको घुम्ने झार,आयो फेरि मङ्सिर चार । साधुहरु सिसीमुनि हुने,चोरहरु ऋषिमुनि हुने,लोभीहरु दानी हुन्छन््,देश बेचुवाहरु स्वाभिमानी हुन्छन्् ।कोही चुच्चे नक्साको कुरा […]

२०७९ श्रावण २३ गते, सोमबार

लिम्बु पुस्तकालय स्थापना

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–१५ मा लिम्बु पुस्तकालयको स्थापना गरिएको छ । लिम्बु विद्यार्थी मञ्च सुनसरीले स्थानीय चुम्लुङ हिममा पुस्तकालयको स्थापना गरेको हो ।आइतबार गरिएको एक कार्यक्रममा धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले पुस्तकालयको उदघाटन गरेका हुन् । उनले सबैलाई पुस्तकालयमा आएर अध्ययन गर्न आग्रहसमेत गरे । पुस्तकालयमा लिम्बु इतिहाससँगै मुलुकको इतिहासबारे लेखिएका एक हजार भन्दा बढी […]

२०७९ श्रावण २२ गते, आईतवार

प्रलेसद्वारा भ्रष्टाचार र महँगीको विरोधमा ‘सडक कविता कार्यक्रम’

काठमाडाैँ । प्रगतिशील लेखक संघ नेपालले भ्रष्टाचार तथा महँगीको विरोधमा समसामयिक विषयमा सडक कविता कार्यक्रम सम्पन्न गरेको छ । शुुक्रबार काठमाडौँको शान्ति बाटिकामा भएको उक्त कार्यक्रममा सत्र जना कविहरूले आफ्नो कविता वाचन गरेका थिए । “नागरिकता खोस्टो होइन नागरिकलाई वस्तु नठान” भन्ने नारासहित भएको कार्यक्रम प्रलेस काठमाडौँको निरन्तरको अभियान हो । कार्यक्रमको अध्यक्षता जिल्ला कार्यसमिति […]

२०७९ श्रावण २१ गते, शनिबार

अखिल नेपाल लेखक संघले सिर्जनात्मक क्षेत्रको केन्द्रीकरण र हस्तक्षेपलाई बढाउने

काठमाडौं । अखिल नेपाल लेखक संघ केन्द्रीय समितिको हालै सम्पन्न बैठकले मालेमावादको सैद्धान्तिक एवं वैचारिक सौन्दर्य चिन्तनको क्षेत्रबाट समाजवादी यथार्थवादको लेखकीय धारालाई शसक्त रुपले अगाडी बढाउदै सांस्कृतिक साम्राज्यवादले पैदा गरेको उत्तरआधुनिक तथा उपभोक्तावादी सांस्कृतिक अराजकताविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । बैठकले संगठनलाई क्रान्तिकारी र माक्र्सवादी लेखक संस्कृतिकर्मीहरुको केन्द्रको रुपमा स्थापित गर्न विचार, संगठन र […]

२०७९ श्रावण १९ गते, बिहीबार

पक्राउ पुर्जी

सरकार तिम्रो सत्ता टिकाउनबिदेशीलाई खुशि पार्नहाम्रो नाममा पक्राउ पुर्जी जारी गरहामी हातमा हत्कडि लाउन आतुर छौ !तर तिम्रो त्यो जेल नेल र हत्कडिलेहाम्रो बिचार र भाबनालाई रोक्न कहिले सक्दैन !अन्यायको विरुद्ध ,भ्रष्टाचारको विरुद्ध आवाज उठाउँदाहाम्रो बलिदानले यो देशको मुहार फेरिन्छ भनिहामी त बलिदान गर्न शिरमा कफन बाँधेर हिडेका राता मान्छे हौं ! आगोको झिल्कालाई चलाउँदा […]

२०७९ श्रावण १७ गते, मंगलवार

क्रान्तिभित्रको सुख चिनाउने एक उर्जाशील गीत –“भोग्नलाई त”

केही मानिसहरुले क्रान्तिलार्ई डरलाग्दो हाउगुजीको रुपमा चित्रित गर्ने गर्छन् । क्रान्तिलाई दुःख, कष्ट र अप्ठाराहरुको पहाडका रुपमा मात्र बुझिरहेका हुन्छन् एकथरी मानिसहरु । तर संघर्ष, आन्दोलन र क्रान्तिमा दुखै दुःखको पहाड मात्र हुँदैन । बुझ्न चिन्न र अनुभूत गर्न सक्ने हो भने क्रान्तिभित्रै सुखको सागर पनि भेट्न सकिन्छ । सुख के हो ? खुशी के […]

२०७९ श्रावण १७ गते, मंगलवार

‘बुद्धजँग’ अवतारको जन्म हुँदैछ

सानोमा बुढापाकाले आशिर्वाद दिदा,बुद्ध बनेस्, गान्धि बनेस् भन्थे,यहि विश्वासमा म पनि,त्यही पथ अनुसरण गर्दै आएँ ।मैले गान्धी बन्न खोजेें,मैले बुद्ध बन्न खोजेेंं । झल्याँस्स एउटा उक्ति याद आयो,म त यस्तो देशमा जन्मेको छुँ,जहाँ बुद्धजँग स्वरुपको जन्म हुन जरुरी छ,यहाँ जस्तोलाई तस्तो हुनै पर्छ,ईटको जवाफ पत्थरले दिनै पर्छ । जीवन भोगाइको यो कालखण्डसम्म आउँदा,मैले गाइ सरीका […]

२०७९ श्रावण १७ गते, मंगलवार

काठमाडौँ पस्दा दुश्मनको धरापमा

दोस्रो वार्ता भङ्ग भएलगत्तै काठमाडौँ उपत्यकामा पुरानो राज्यसत्ताको दमनचक्र कसरी बढाइयो भने जस्तो असार–साउनमा खहरेमा बाढी आउँछ । उनीहरूले वार्ता अवधिभर विद्रोही पक्षका कार्यकर्ता र नेताहरूको पूरै सातपुस्ते खोजबिन गरेर दमनका लागि ठिक्क पारिरहेका रहेछन्् । वार्ता भङ्ग हुनासाथ दमन सुरु भयो । अझ वार्ताअगाडि जो जेल परेका थिए, उनीहरूलार्ई झन् धेरै निशाना बनाएको भेटियो […]

२०७९ श्रावण ९ गते, सोमबार

सङ्गीत समर्पण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको अवसरमा शनिवार जनगायकहरुले संगीत समर्पण कार्यक्रम गरेका छन । काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको नेपाल पर्यटन बोर्डको हलमा भएको कार्यक्रममा प्रगतिशील जनगायकहरुको साँझा मञ्च सङ्गीत अभियात्राको आयोजनमा भएको कार्यक्रममा विभिन्न साङ्गीतिक प्रस्तुतिहरू सहित संगीत समर्पण कार्यक्रम गरिएको हो । नेता पुष्पलाल श्रेष्ठ नेपाली कम्युनिष्ट आन्दोलनका एक इमान्दार […]

२०७९ श्रावण ८ गते, आईतवार