अर्थ

पीसीआर परीक्षण शुल्क : सरकारीमा ८०० निजीमा १५०० रुपैयाँ

काठमाडौं । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले अबदेखि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षणको ८०० रुपैयाँ लिइने बताए । यसअघि सरकारी अस्पतालमा एक हजार लिने गरिएको थियो । यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर परीक्षणको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई […]

२०७८ माघ ५ गते, बुधबार

नेकपा मकवानपुरद्वारा स्याङ्तानको उपचारका लागि सहयोग रकम प्रदान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले मनहरी २ भुन्द्रुङ टाँडी निवासी माइतेसिँह स्याङ्तानको उपचारका लागि सहयोग रकम प्रदान गरेको छ । आर्थिक अभावको कारण उपचारमा समस्या आएकोले नेकपा मकवानपुरको पहलमा वैदेशिक रोजगारको सिलसिलामा साउदी अरबमा रहे शुभचिन्तकहरूद्वारा जम्मा गरिएको ३९ हजार ६ सय ८० रुपैयाँ सहयोग रकम सोमबार वितरण गरेको हो । ६३ वर्षे बृद्ध […]

२०७८ माघ ४ गते, मंगलवार

टेलिकमको विन्टर अफर सुरु

काठमाडौं । नेपाल टेलिकमले आजदेखि लागु हुने गरी विन्टर अफर २०७८ उपलब्ध गराएको छ । अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ । पहिले २८ दिनका लागि रु. ५९९ मा लिन सकिने ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध भइरहेकोमा अब ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, […]

२०७८ माघ ३ गते, सोमबार

धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । बागमाती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक (एनआएस) अनिल अधिकारीले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणमा लागेको धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन । उनलेआयोजना बीचमानै अलपत्र पारेको खर्च सार्वजनिक नगरेको भन्दै सत्यतथ्य छानविन गर्न माग गर्दै उजुरी गरेका हुन् । अधिकारीले उनीहरुविरुद्ध आर्थिक अपचलन र ठगी गरेको […]

२०७८ माघ २ गते, आईतवार

सहायता सामग्री दिन नेपाली टोली काबुल प्रस्थान

काठमाडौं । परराष्ट्र मन्त्रालयको टोली मानविय संकटबाट गुज्रिरहेको दक्षिण एसीयाली मुलुक अफगानिस्तानका लागि सहायता सामग्री बोकेर काबुल प्रस्थान गरेको छ । टोली आज बिहान हिमालयन एयरलाइन्सको जहाजबाट औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित काबुल प्रस्थान गरेको हो । काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा […]

२०७८ माघ २ गते, आईतवार

पुनः श्रम स्वीकृतिमा अनलाइन प्रणाली लागू

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने […]

२०७८ माघ २ गते, आईतवार

ठूला करदातावाट ३४ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन

काठमाडौं । ठूला करदाता कार्यालयले पुस महिनामा ३४ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेका छन् । कार्यालयलाई पुस महिनामा ४३ अर्ब रुपैयाँ कर संकलनको लक्ष्य दिइएको थियो । कार्यालयका प्रमुख कर प्रशासक शिवलाल तिवारीका अनुसार बिहीबार १४ अर्ब रुपैयाँ र शुक्रबार ५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ । ठूला करदाता कार्यालयमा […]

२०७८ माघ १ गते, शनिबार

२ रुपैयाँको नयाँ सिक्का प्रचलनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि बजारमा २ रुपैयाँ दरको नयाँ सिक्का प्रचलनमा आउने भएको जनाएको छ । बैंकले जारी गरेको सूचना अनुसार २ रुपैयाँको सिक्का शुक्रबारदेखि प्रचलनमा ल्याउन लागेको हो । साविककै वृत्ताकार र सुनौलो रंगमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले आजबाट चलनचल्तीमा ल्याउन लागिएको टक्सर विभागले जारी गरेको […]

२०७८ पुष ३० गते, शुक्रबार

नेपाली नर्स बेलायत लग्नेबारे औपचारिक वार्ता हुँदै

काठमाडौं । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीबीच नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिनेबारे औपचारिक वार्ता आजदेखि शुरु हुने भएको छ । वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रुपमा नर्स बेलायत लैजानेबारे छलफल गर्न लागेको श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए । बेलायत सरकारले एक पत्र पठाएपछि मन्त्रालयले दुबै पक्षबाट कार्यदल बनाएर […]

२०७८ पुष ३० गते, शुक्रबार

लोत्से बहुउद्देश्यीय प्रा.लि.लाई श्रम ऐन विपरीतको गतिविधि नगर्न आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको राष्ट्रिय पेशागत संघ अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघले काठमाडौंले गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक लोत्से बहुउद्देश्यीय प्रा.लि.लाई प्रेस विज्ञप्ति मार्फत श्रम ऐन विपरीत कुनै पनि खाले गतिविधि नगर्न नगराउन चेतावनी दिएको छ । अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघका केन्द्रीय कार्यवाहक अध्यक्ष लाल बहादुर […]

२०७८ पुष २९ गते, बिहीबार