अर्थ

ट्राफिक जरिवाना प्रभु-पेको किअस्क मेसिनबाट तिर्न सकिने

काठमाडौँ। महानगरीय ट्राफिक महाशाखाले बुधबारदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात गरेको छ। ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले बुधबार संयुक्त रूपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधी प्रभु-पेको किअस्क मेसिन उद्‌घाटन गरेका हुन्। […]

२०७८ पुष २८ गते, बुधबार

दूधको मूल्य प्रतिलिटर ८६ रुपियाँ कायम गर्न सिफारिस

काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डले प्रशोधित दूधको मूल्य प्रतिलिटर ८६ रुपियाँ कायम गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपियाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपियाँ वृद्धि गरी लिटरको ८६ रुपियाँ बनाउन सिफारिस गरिएको हो […]

२०७८ पुष २८ गते, बुधबार

आयकर बुझाउन ताकेता

काठमाडौं । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष ०७८/०७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण यही महिनाको मसान्तसम्म बुझाउन ताकेता गर्दै सूचना जारी गरेको छ । विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्न भनेको हो । आयकर ऐन, २०५८ को दफा […]

२०७८ पुष २८ गते, बुधबार

नेप्से ४९ अंकले बढ्यो

काठमाडौं । आज नेप्से परिसूचक ४९.१९ अंकले बढेर २ हजार ८३४.१३ विन्दुमा पुगेको छ भने ठूला कम्पनी मूल्य मापक सेन्सेटिभ इण्डेक्स ६.३४ अंक बढेको छ साथै फ्लोट इण्डेक्स ३.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.२४ अंक बढेको छ । मंगलबार कारोबारमा आएका २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार कित्ता शेयर ६ अर्ब […]

२०७८ पुष २७ गते, मंगलवार

निर्वाचन आयुक्तको आवासमा खटिनेलाई १५० प्रतिशत निर्वाचन भत्ता

काठमाडौं । निर्वाचन आयुक्तको घरमा खटिने सुरक्षाकर्मीलाई समेत निर्वाचन भत्ता दिनेगरी राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तय भएको पाइएको छ । सुरु तलब स्केलको १५० प्रतिशत भत्ता दिनेगरी त्यस्तो कार्यविधि तय कार्यान्वयनमा आएको हो । सेवा करारका कर्मचारी, सचिवको निजी सुरक्षाकर्मीलाई पनि भत्ता दिने कार्यविधिमा व्यवस्था छ । निर्वाचन तोकिएको मितिबाटै भत्ता पाउने […]

२०७८ पुष २५ गते, आईतवार

मल बीउ र अनुदानका भष्ट्रचारीलाई कारबाही गर्न माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी किसान महासंघले मल बीउ र अनुदान वितरणमा भएको भष्ट्रचार र कमिसनमा जोडिएका सम्पूर्ण अपराधीहरूलाई कारबाहीको माग गर्दै काठमाडौंको शान्तिबाटिकामा दबाबसहित विरोध र्‍यालीसहित प्रदर्शन गरेको छ । अ. ने. क्रा. किसान महासंघले किसानको हकहित र अधिकार, किसानको सुरक्षा र संरक्षणको लागि सम्पूर्ण किसानहरूलाई आजको दबाब मूलक कार्यक्रममार्फत […]

२०७८ पुष २४ गते, शनिबार

बाघको छालासहित ४ जना पक्राउ

काठमाडौं । प्रहरीले बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ । बाघको छालासहित पक्राउ पर्नेमा दाङ्ग घोराही उपमहानगरपालिका–१३ का शंकर गिरी, उनकी श्रीमती झरना थापा, लमही नगरपालिका–१ नर्तिका गिरबहादुर बिश्वकर्मा र लमही नगरपालिका–२ बरुवा गाउँका आशाकुमार चौधरी रहेका छन । प्रहरीले गोप्य सूचनाको आधारमा लमही नगरपालिका–३ टिकुलीगढबाट बाघको छालासहित चार जनालाई नियन्त्रणमा लिएको हो । […]

२०७८ पुष २४ गते, शनिबार

नारायणहिटी परिसरमा बन्दै गरेकाे रेष्टुरेन्टकाे संरचना भत्काइयो

काठमाडौं । सरकारले नारायणहिटी संग्रहालय परिसररमा निर्माणाधीन रेष्टुरेन्टको विषयमा छानबिन गर्न समिति गठन गरे लगत्तै सो परिसरमा रेष्टुरेन्टकाे लागि निर्माण भएका संरचना भत्काइएको छ । कार्यकारी निर्देशक भेषनारायण दाहालको निर्देशनमा रेष्टुराँ परिसरको पर्खाल भत्काइएको हो । बतास समूहलाई १० रोपनी जग्गा भाडामा दिएको विषय विवादमा तानिएसँगै सरकारले हिजो छानबिन समिति बनाएको थियो । तर समितिले […]

२०७८ पुष २३ गते, शुक्रबार

सुनको मूल्य घट्यो

काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९१ हजार ६०० तोकिएको जनाएको छ । महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार १०० कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक […]

२०७८ पुष २३ गते, शुक्रबार

बुद्ध एयरलाई श्रमिकहरुको पारिश्रमिक कटौती नगर्न आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले बुद्ध एयर प्रा.लि.मा ध्यानाकर्षण पत्र बुझाउदै श्रमिकहरुको पारिश्रमिक कटौती नगर्न आग्रह गरेको छ । महासंघको देशैभर जारी श्रमिक जागरण अभियानको क्रममा बागमती प्रदेश अन्तर्गत उपत्यका विशेष समितिले बुद्ध एयर प्रा.लिलाई उक्त ध्यानाकर्षण पत्र बुझाउदै श्रमिकहरुको पारिश्रमिक कटौती नगर्न आग्रह गरेको हो । […]

२०७८ पुष २२ गते, बिहीबार