अर्थ

जेनजी आन्दोलन : २३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको बीमा दाबी

काठमाडौँ । बीमा प्राधिकरणका अनुसार गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशभर भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बढेको छ । प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार २४६ वटा बीमा दाबीको २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँको दाबी परेको छ । […]

२०८२ कार्तिक २७ गते, बुधबार

क्यासिनोले विदेशी मुद्राको कारोबार गर्न अनुमति लिनुपर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति (इजाजत) लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा तीन अनुसार इजाजत लिएर मात्रै विदेशी विनिमयको कारोबार गनुपर्ने प्रावधान अनुसार नयाँ प्रबन्ध गरिएको जनाएको छ ।विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावलीसमेत जारी […]

२०८२ कार्तिक २६ गते, मंगलवार

जग्गा कित्ताकाट खुल्यो

काठमाडौँ । जग्गा विभाजन तथा कित्ता छुट्याउने कार्य सुरु भएको छ। सरकारले भू–उपयोग नियमावली, २०७९ लाई तेस्रो पटक संशोधन गरेपछि देशभर रोकिएको कित्ताकाट प्रक्रिया खुल्ने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तेस्रो संशोधित नियमावली स्वीकृत गरेसँगै यसअघि अवरुद्ध रहेको जग्गा विभाजन तथा कित्ता छुट्याउने कार्य सञ्चालनमा आउनेछ ।भू–उपयोग नियमावली जारी भएको तीन वर्ष बितिसक्दा […]

२०८२ कार्तिक २६ गते, मंगलवार

प्राइम, कुमारी, लुम्बिनी र सप्तकोशी डेभलपमेनट बैंकलाई कारबाही !

काठमाडौँ । । नेपाल राष्ट्र बैंकले प्राइम बैंक, कुमारी बैंक, लुम्बिनी विकास बैंक र सप्तकोशी डेभलपमेनट बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले केन्द्रीय बैंकबाट जारी निर्देशन उल्लङ्घन गरेको भन्दै ती बैंकमाथि कारबाही गरेको हो ।राष्ट्र बैंकले गरेको निरीक्षणका क्रममा प्राइम बैंकले केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा […]

२०८२ कार्तिक २५ गते, सोमबार

अर्थ मन्त्रालयद्वारा ३२३ दरवन्दी कटौती, ३८ करदाता सेवा कार्यालय खारेज

काठमाडौँ । अर्थ मन्त्रालयले ३२३ दरवन्दी कटौती, ३८ करदाता सेवा कार्यालय खारेज गरेको छ । मन्त्रालयले आन्तरिक राजस्व विभाग अन्तर्गतको एउटा, मध्यमस्तरीय करदाता कार्यालयका १ र अन्य ३६ वटा करदाता सेवा कार्यालय खारेज गरेको हो । ती कार्यालयबाट दिइँदै आएको सेवा स्थानीय तहबाट प्रवाह हुने अर्थ मन्त्रालयले जनाएको छ । स्थानीय तहबाट सेवा दिन समय […]

२०८२ कार्तिक २२ गते, शुक्रबार

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

काठमाडौँ । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा तीन अर्ब दुई करोड ७३ लाख ३८ हजार राजस्व संकलन गरेको छ । भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ । यो नाकाबाट २८ वटा मालबाहक सवारीसाधनले स्वदेशी […]

२०८२ कार्तिक २२ गते, शुक्रबार

शिव श्री हाइड्रोपावरको अवितरित शेयर बिक्री खुला

काठमाडौँ । शिव श्री हाइड्रोपावर लिमिटेडले भदौ १९ देखि असोज २३ गतेसम्म हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको शेयर अब विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत सबैले किन्न पाउने गरी लिलाममा राखेको छ । सो कम्पनीले अवितरित सर्वसाधारण समूहको ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद शेयर आजदेखि लिलाम बिक्रीमा राखेको […]

२०८२ कार्तिक २१ गते, बिहीबार

टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानी २८ प्रतिशतले घट्यो

काठमाडौँ । पछिल्ला ७ वर्षमा टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २ टेलिकम सेवा प्रदायकको आम्दानी आर्थिक वर्ष २०७४/७५ मा ९८ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेकामा गत आवमा यो ७१ अर्ब २१ करोड रुपैयाँ मा सीमित भएको छ । यो निरन्तर ओरालो लागिरहेको छ ।टेलिकमको […]

२०८२ कार्तिक २१ गते, बिहीबार

एसवाई प्यानल लिमिटेडद्वारा आईपीओ निष्कासन

काठमाडौँ । एसवाई प्यानल लिमिटेडले कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता शेयर छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका […]

२०८२ कार्तिक २० गते, बुधबार

नेप्से २७.६४ अंकले घट्यो

काठमाडौँ । नेप्से र २७.६४ अंकले घटेर २५९५.२४ अंकमा झरेको छ । बजार घटेसँगै आज सबै समूह राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा बढी २.२१ प्रतिशतले घटेको छ । आज ३२२ कम्पनीका १ करोड ३ लाख ४३ हजार ८ सय ९८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९ […]

२०८२ कार्तिक १९ गते, मंगलवार