अर्थ

काठमाडौं महानगरद्वारा साइनबोर्डको शुल्क बुझाउन ताकेता

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ब्यापारिक प्रतिष्ठान, ब्यक्ति वा संस्थाले आफ्ना कार्यस्थल बाहिर राखेका साइनबोर्डको शुल्क एक महिनाभित्र बुझाउन आग्रह गरेको छ । ब्यापारिक प्रतिष्ठान, ब्यवसाय, व्यक्ति वा संघसंस्थाको परिचय खुल्ने साइनबोर्ड राख्नेहरुले तीस दिनभित्र महानगरलाई शुल्क तिनुपर्ने छ । महानगरले आज शुक्रबार सार्वजनिक सूचना निकाल्दै अबको ३० दिनभित्र वडा कार्यालयमा साइनबोर्ड बापतको शुल्क तिर्न […]

२०७९ आश्विन ७ गते, शुक्रबार

टेण्डर नपरेपछि चामल ढुवानी रोकियो

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले टेण्डर (बोलपत्र) नपरेपछि चामल ढुवानी गर्न नसकेको जनाएको छ । दशैँलाई लक्षित गरी चाम ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो । तर कसैले टेण्डर नहाल्दा चामल ढुवानी अन्योलमा छ । पुनः दोस्रोपटक बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताए […]

२०७९ आश्विन ७ गते, शुक्रबार

नेपाल बैंकले डबल धमाका मुद्दती खाताको समय घटायो

काठमाडौं । नेपाल बैंकले हालै मात्र सञ्चालनमा ल्याएको डबल धमाका मुद्दती खाताहरूमा ग्राहकको साँवा रकम दोब्बर हुन लाग्ने समय अवधि कम गरेको छ । अबदेखि नेपाल बैंक डबल धमाका मुद्दती खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र पाँच वर्ष नौ महिना २९ दिनमा साँवा रकम दोब्बर हुने भएको हो । यो खाता न्यूनतम २५ हजार रुपैयाँ जम्मा गरी […]

२०७९ आश्विन ५ गते, बुधबार

भन्सार छलेर ल्याइएका माछा नष्ट

काठमाडौँ । भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ । सोमबार चितवनको भरतपुर महानगरपालिका–१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । वीरगन्ज महानगरपालिका–२५ बस्ने ३० वर्षीय पुष्प साहले पोखरा जाँदै गरेको ना७ख ८८२२ नंको रात्रिबसको डिक्कीमा लोड गरेर ल्याएको माछा इलाका प्रहरी कार्यालय रामनगर, सशस्त्र प्रहरी बल आँपटारी र […]

२०७९ आश्विन ४ गते, मंगलवार

१२ हजार भेडाच्याङ्ग्रा पोखरा ल्याइँदै

काठमाडौं । यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा मुस्ताङबाट पोखरा ल्याइने भएको छ। पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ। हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्याङ्ग्राको माग बढ्दो छ। पोखरामा मुस्ताङका साथै छिमेकी राष्ट्र चीनबाट […]

२०७९ आश्विन ३ गते, सोमबार

नयाँ स्टक ब्रोकरका लागि प्रस्ताव आह्वान

काठमाडौं। नेपाल धितोपत्र बोर्डले नयाँ स्टक ब्रोकरका लागि प्रस्ताव आह्वान गरेको छ । बोर्डले सार्वजनिक सूचना निकाल्दै ३० दिनभित्र प्रस्ताव पेश गर्न भनेको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानुनको अधिनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम […]

२०७९ आश्विन २ गते, आईतवार

‘अग्रिम टिकट’ बुकिङ खुल्यो , अनलाइनबाटै टिकट लिन सकिने

काठमाडौँ । सरकारले दशैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आज (शनिबार)देखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ […]

२०७९ आश्विन १ गते, शनिबार

पिपुल्स हाइड्रोपावरको आईपीओ विक्री खुला

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । उक्त आईपीओमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिका (तत्कालिन ढोढेनी र फलेनी गा.वि.स. […]

२०७९ भाद्र ३१ गते, शुक्रबार

दशैँसम्म फुटपाथमा व्यापार गर्न दिन माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दशैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरुपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी भने दसैँ मुखमा आएको भन्दै दसैँसम्म व्यवसाय गर्न दिन नगरपालिकालाई आग्रह गरेका हुन् । काठमाडौँको माछापोखरी […]

२०७९ भाद्र ३० गते, बिहीबार

सिक्लेस हाइड्रोको आईपिओ बिक्रि खुला

काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५७ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेको १० लाख ५८ हजार […]

२०७९ भाद्र २९ गते, बुधबार