अर्थ

४७५ किलो गाँजासहित २ जना पक्राउ

काठमाडौँ । प्रहरीले धनुषाको विदेह नगरपालिका-३ जोगियाराबाट अवैध लागूऔषध गाँजा ४ सय ७५ किलोग्राम सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-१ बस्ने २४ वर्षीय बिराज गुम्बा र बाँके कोहलपुर पार्वतीपुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । वीरेन्द्रबजारबाट आउँदै गरेको प्र.३-०१-०२४ च ८३२५ नम्बरको पिकअप गाडीमा लागूऔषध गाँजा ल्याउँदै […]

२०८२ आश्विन १ गते, बुधबार

सुन प्रति तोला तोलाको २ लाख १७ हजार १ सय

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १९ सयले बढेर तोलाको २ लाख १७ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख १५ हजार २ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि भदौ २७ गते सुनको मुल्य २ लाख १५ […]

२०८२ भाद्र ३१ गते, मंगलवार

बैंकको ब्याजदर घट्यो

काठमाडौँ । वाणिज्य बैंकहरुले असोज १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् । असोज महिनाका लागि बैंकहरुको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१२ प्रतिशत घटेर औसत ५.४६ प्रतिशतमा झरेको छ । जबकी भदौमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.५८ प्रतिशत थियो । यस्तै, असोजमा मुद्दती निक्षेपमा संस्थागततर्फ औसत ०.०९ प्रतिशत घटेर ३.८७ प्रतिशतमा झरेको छ […]

२०८२ भाद्र ३१ गते, मंगलवार

चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन

काठमाडौँ । सरकारले आजदेखि चाडपर्वलक्षित देशका १५३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनमार्फत आजदेखि देशभरका १५३ स्थानमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो।खाद्य कम्पनी र कर्पोरेसनले सहुलियत मूल्यमा सामान बिक्री गरे बराबरको शोधभर्ना सरकारबाट भुक्तानी दाबी गर्न […]

२०८२ भाद्र ३० गते, सोमबार

बीमा प्राधिकरणद्वारा बीमा कम्पनीहरुलाई कार्यालय पूर्ण रुपमा संचालन गर्न निर्देशन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई कार्यलय पुर्णरुपमा संचालन गर्न निर्देशन दिएको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै बीमा प्राधिकरणले केहि दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गइरहेको र सुरक्षा निकायहरुले कर्फ्यु र निषेधाज्ञालाई समेत खुकुलो बनाउदै गएकोले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालयहरु आजदेखि पूर्ण रुपमा संचालन गर्न र कर्मचारीहरु भौतिक […]

२०८२ भाद्र २९ गते, आईतवार

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ। केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ।राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य […]

२०८२ भाद्र २९ गते, आईतवार

उद्योग वाणिज्य महासंघद्वारा निर्वाध पेसा, व्यवसाय गर्न सक्ने वातावरण बनाउन आह्वान

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले देशैभर निर्वाध पेसा, व्यवसाय गर्न सक्ने वातावरण बनाउन आह्वान गर्दै देशभर भएको आन्दोलन एवम् प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।महासंघले आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धान्जली अर्पण गर्दै महासंघले परिवारमा समवेदना व्यक्त गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।महासंघले सुशासन, […]

२०८२ भाद्र २७ गते, शुक्रबार

सुन प्रति तोला २ लाख १५ हजार ८०० रुपैयाँ

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको थियो ।यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ५०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार […]

२०८२ भाद्र २७ गते, शुक्रबार

राष्ट्र बैंकद्वारा बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।राष्ट्र बैंकले विहिबार नेपाली सेनाको बुधबारको विज्ञप्ति अनुसार आवतजावत हुनेगरी अत्यावश्यक बैकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु हुने व्यवस्था गरि यसको जानकारी गर्न निर्देशन दिएको छ ।राष्ट्र बैंकले भनेको छ- नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेनाको मिति […]

२०८२ भाद्र २६ गते, बिहीबार

देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेको छ । महासंघले‘जेन-जी’ आन्दोलन देशव्यापी चर्किँदै गएपछि अनिश्चित कालका लागि यात्रु तथा मालबाहक सवारी बन्द गर्ने घोषणा गरेको हो ।महासंघले विज्ञप्ति जारी गर्दै सवारी साधनको सुरक्षा सुनिश्चित नभएसम्म यातायात सेवा बन्द गर्ने निर्णय गरिएको बताएको छ ।विज्ञप्तिमा काठमाडौं उपत्यकासहित देशभरको […]

२०८२ भाद्र २४ गते, मंगलवार