आन्तरिक राजश्व विभागका महानिर्देशक अख्तियारको नियन्त्रणमा
काठमाडौं, १९ जेठ । कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको छ । कर निर्धारणका विषयमा छलफल गर्न आयोगले शुक्रबार महानिर्देशक शर्मालाई आयोगको कार्यालयमा बोलाएको थियो । आयोगका एक अधिकारीले महानिर्देशक शर्मा पक्राउ गरेको पुष्टि गरे । ती अधिकारीले रासससँग कुरा गर्दै भने–‘शर्मालाई आयोगले […]
२०७४ जेष्ठ १९ गते, शुक्रबार