अर्थ

ध्रुव कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी कसुरमा ध्रुव कन्स्ट्रक्सन प्रालि (स्थायी लेखा नं. ६०९७५४५११) का सञ्चालक ध्रुव देव विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागले सोमबार राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २०(६) बमोजिम मुद्दा दायर गरेको जनाएको छ।काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित ठेका पट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान […]

२०८२ बैशाख २३ गते, मंगलवार

नेप्से ९.६२ अंकले घट्यो

काठमाडौँ । नेप्से ९.६२ अंकले घटेर २६१०.७६ अंक कायम भएको छ । आइतबार ९ अर्ब २४ करोडको सेयर कारोबार भएकोमा सोमबार ७ अर्ब ६३ करोडको मात्रै भएको छ । नेप्सेका उपसूचकमध्ये सबैमा अत्यन्तै सीमान्त मात्रै तलमाथि भएको छ । सबैभन्दा बढी व्यापार समूहको उपसूचक ५१ अंक (१.१३ प्रतिशत) ले घटेको छ भने फाइनान्स र उत्पादनमूलक […]

२०८२ बैशाख २२ गते, सोमबार

जीवन बीमा बढ्दै

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत महिनासम्ममा १४ जीवन बीमकहरूले १ करोड ३५ लाख ३९ हजार ५१० वटा बीमा पोलिसी बिक्री गरी १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कम्पनीहरूले आर्जन गरेको कुल व्यवसाय १४.६२ प्रतिशतले बढेको हो । गत […]

२०८२ बैशाख २२ गते, सोमबार

नेप्से ३.४४ अंकले घट्यो

काठमाडौँ। नेप्से ३.४४ अंक घटेर २६२० मा कायम भएको छ । आज ५ अर्ब ४४ करोड ९४ लाख रुपैयाँको सेयर हाइड्रोपावर कम्पनीहरुको मात्रै कारोबार भएको छ । कुल कारोबारमा यो ५८.९ प्रतिशत हो । उच्च कारोबारका बाबजुत यो सेक्टर आज ०.०९ प्रतिशत घट्यो ।हाइड्रोपावरका अलवा फाइनान्स १.३०, लगानी ०.८६, जीवन बीमा ०.२८, माइक्रोफाइनान्स ०.२५, व्यापार […]

२०८२ बैशाख २१ गते, आईतवार

मिटरव्याज पीडितद्वारा प्रजिअलाई ज्ञापनपत्र

काठमाडौँ । धनुषाका मिटर व्याज पीडितहरुले जुलुससहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । जनकपुरमा रहेको गोपाल धर्मशालाबाट प्रारम्भ भएको विरोध जुलुस जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयालाई ज्ञापनपत्र बुझाएको थियो । उक्त जुलुसको नेतृत्व नेकपाका केन्द्रीय सदस्य तथा सभासद् शिला यादवले गरेकी थिइन् ।उक्त […]

२०८२ बैशाख २० गते, शनिबार

मिटरब्याज पीडितको भेला सम्पन्न

काठमाडौँ । जनकपुरमा पनि मिटरब्याज पीडितहरूको भेला सम्पन्न भएको छ । बुधबार सम्पन्न भेलाले आफ्ना समस्याहरुको दबाव दिने उद्येश्यले धनुषा प्रशासनलाई ज्ञापन बुझाउने निर्णय गरेको छ ।जनकपुरको गोपाल धर्मशालामा भएको भेलाले ‘मिटर व्याज तथा लघुवित्त पीडित संघर्ष समिति’ गठन गरेको छ। भेलाले विरोध प्रदर्शनसहित संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।भेलालाई नेकपाका केन्द्रिय सदस्य शिला सी, […]

२०८२ बैशाख १९ गते, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । गएरातिदेखि लागू हुने गरी साविकको मूल्यमा पेट्रोल लिटरमा २ रुपैयाँ, डिजेल/मट्टितेलमा १ र हवाई ईन्धनमा ४ रुपैयाँ मूल्य घटाइएको हो ।इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।अब पेट्रोल प्रतिलिटर १५८ र डिजेल/मट्टितेल लिटरको […]

२०८२ बैशाख १८ गते, बिहीबार

अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब पुग्ने प्रारम्भिक अनुमान

काठमाडौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष ०८१/८२ को राष्ट्रिय लेखा अनुमान सार्वजनिक गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको जनाएको छ ।कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब नौ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार […]

२०८२ बैशाख १७ गते, बुधबार

विकास हाइड्रोलाई आईपीओ निष्काशन गर्न अनुमति

काठमाडौँ । विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार कम्पनीलाई सर्वसाधारण लगानीकर्ताहरूलाई सेयर बिक्री गर्न अनुमति दिएको हो । यससँगै कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर बिक्री गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल […]

२०८२ बैशाख १७ गते, बुधबार

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न ११ जिल्लाबाट अवैध वित्तीय कारोबार गर्ने २१ जनालाई पक्राउ गरेको छ ।आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषणमार्फत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी विभिन्न नाममा अवैध कारोबार गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ बराबरको अवैध कारोबार […]

२०८२ बैशाख १६ गते, मंगलवार