अर्थ

विमानस्थलका पसल कारबाहीमा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका किराना, चिया एन्ड कफी, लस्सी, जुसलगायतका उपभोग्य वस्तु बिक्री गर्ने पसलहरू कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको केन्द्रीय संयुक्त बजार अनुगमन टोलीले मङ्गलबार विमानस्थलका आठ वटा पसल र होटल तथा रेस्टुरेन्ट अनुगमन गर्दा बाहिरभन्दा बढी मूल्य लिएको पाइएपछि कारबाही […]

२०८० कार्तिक १ गते, बुधबार

साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ भित्रियो

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.१ प्रतिशत धेरै हो । अघिल्लो आवको पहिलो दुई महिनामा १९.८ प्रतिशतले बढेको रेमिट्यान्स यस वर्ष अझ वृद्धि भएको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर […]

२०८० आश्विन ३० गते, मंगलवार

निक्षेपको ब्याजदर घट्यो !

काठमाडौँ । अधिकांश वाणिज्य बैंकले कात्तिक १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम् ब्याजदर घटाएका छन् । चारवटा ४ वटा बैंकले भने असोजकै ब्याजदरलाई निरन्तरता दिएका छन् । माछपुच्छ्रे बैंकले साउनदेखि नै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम् ब्याजदर ९.९९ प्रतिशतलाई नै […]

२०८० आश्विन ३० गते, मंगलवार

खाद्यद्वारा खसी, बोका र च्याङग्रा बिक्रि सुरु

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीवाट बिक्री गरिने खसी, बोका र च्याङ्गाको मूल्य सार्वजनिक गर्दै जिउँदो खसीको मुल्य तोकेको हो । सो कम्पनीका अनुसार जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ६८० रुपैँया तथा च्याङ्ग्राको प्रतिकिलो १२ सय ६० रुपैँयाका दरले बिक्रि बितरण गरिनेछ ।सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार यस मूल्यमा प्रतिकेजी १० […]

२०८० आश्विन ३० गते, मंगलवार

शेयर बजारमा २३ अंकले गिरावट

काठमाडौँ । सेयर बजारमा दोहोरो अंकले गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से २३ अंकले घटेको बजार १८ सय ५१ बिन्दुमा झरेको छ । कारोबार भएका सबै उपसूचक राताम्मे रहेको बजारमा सवा अर्ब बराबरका शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।होटल तथा पर्यटन, जलविद्युत र जीवन बिमा समूहमा दुई प्रतिशत बढीको गिरावट आएको बजारमा […]

२०८० आश्विन २९ गते, सोमबार

काठमाडौं-दिल्लीको भन्दा काठमाडौं-धनगढीको हवाई भाडा महंगाे !

काठमाडौँ । काठमाडौंदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु १७ हजार पुर्‍याइएपछि चाडपर्वका समयमा काठमाडौंबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन्। देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो। काठमाडौं-नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन्। निजी विमान कम्पनीले काठमाडौं-धनगढीको हवाई भाडा रु सात हजार नौसयबाट वृद्धि गरी रु सत्र हजारभन्दा बढी […]

२०८० आश्विन २९ गते, सोमबार

पेट्रोलियम पर्दाथको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । नेपाल आयल निगमका अनुसार भारतीय आयल र्कोरेसन आईओसीबाट घटेर नयाँ मूल्य आएपछि मुल्य समायोजन गरेको हो । नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य समायोजन गरेपछि […]

२०८० आश्विन २९ गते, सोमबार

उपत्यकामा ५० हजार खसी, बोका बिक्री गर्ने तयारी

काठमाडौँ । दसैंलाई लक्षित गरेर यो वर्ष उपत्यकामा करिब ५० हजार खसी, बोका बिक्री गर्ने तयारी रहेको छ । व्यापारी, सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ हजार खसी, बोका र करिब ५ हजार च्याङ्ग्रा ल्याउन लागेका हुन । विभिन्न जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा राजधानी ल्याउन सुरु भएको काठमाडौं चौपाया खरिद बिक्री संघले जनाएको […]

२०८० आश्विन २८ गते, आईतवार

यात्रुवाहक सवारीलाई रुट परमिट खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ। विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको हो। रुट परमिट खुला आगामी कात्तिक १० गतेसम्म जारी रहने बताइएको छ। रुट परमिट खुला गरेसँगै अब सार्वजनिक सवारी यात्रु लिएर […]

२०८० आश्विन २७ गते, शनिबार

सार्वजनिक लेखा समितिद्वारा टेरामक्स परियोजना सम्बन्धी सम्पूर्ण कागजात पेश गर्न निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) परियोजना सम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र समितिलाई बुझाउन निर्देशन दिएको छ । समिमिको शुक्रबार बसेकोे बैठकले दूरसञ्चार प्राधिकरणलाई सात दिनभित्र टेरामक्स परियोजना सम्बन्धि सबै कागजात समितिलाई बुझाउन निर्देशन दिएको हो ।बैठकमा निर्णय सुनाउँदै लेखा समिति सभापति ऋषिकेश पोखरेलले टेरामक्स प्रविधि खरिद प्रक्रियाका […]

२०८० आश्विन २६ गते, शुक्रबार