स्वास्थ्य / शिक्षा

उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बढाउने सहमति

काठमाडौँ । उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बढाउने सहमतिसंगै काठमाडौँ र ललितपुरमा एसइई उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बढाउनुपर्ने माग गर्दै शिक्षकहरूले ललितपुरमा सोमबारदेखि र काठमाडौँमा मंगलबारदेखि एसइईको उत्तरपुस्तिका परीक्षण रोकेका थिए । शिक्षक सङ्गठनहरूले उत्तरपुस्तिका परीक्षक, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकको पारिश्रमिक बढाउनुपर्ने माग राखेका थिए । राष्ट्रिय परीक्षा बोर्डले पारिश्रमिक बढाउने […]

२०८१ बैशाख १३ गते, बिहीबार

सरकारी स्वास्थ्यकर्मीलाई निजीमा काम र विज्ञापन नगर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न र प्रचारप्रसार नगर्न निर्देशन दिएको छ । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको सूचनामा निजीमा काममात्रै नभई उक्त प्रयोजनका लागि विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि निर्देशन दिइएको छ । मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधबार एक पत्र पठाउँदै कार्यालय […]

२०८१ बैशाख १३ गते, बिहीबार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार दुई सय ३१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । अस्पतालमा आयोजना गरेको १२औँ स्थापना दिवसका अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द श्रेष्ठले स्थापनादेखि हालसम्म ३२ जनाको कलेजो समेत प्रत्यारोपण गरिएको बताए । अस्पतालले २०८० वैशाखदेखि चैत मसान्तसम्म एक सय ८४ जनाको मिर्गौला र […]

२०८१ बैशाख १२ गते, बुधबार

एसइईको उत्तरपुस्तिका नजाच्ने चेतावनी !

काठमाडौँ । नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशिल शिक्षक संगठन,एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक संघले पारिश्रमिक नबढाए माध्यमिक शिक्षा परीक्षा(एसइई)को उत्तरपुस्तिका नजाच्ने चेतावनी दिएका छन्। उनीहरुले राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रकलाई ध्यानाकर्षण गर्दै सो चेतावनी दिएका हुन्। यतिबेला सइई परीक्षा सकिएर उत्तरपुस्तिका परीक्षणको चरणमा छ।‘२०७२ सालदेखि हालसम्म कपी परीक्षणमा एउटै पारिश्रमिक पाउनु अन्याय पूर्ण […]

२०८१ बैशाख १० गते, सोमबार

विद्यार्थी भर्ना अभियान शुरु

काठमाडौँ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ आजबाट नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । अभियानको पहिलो साता विद्यार्थी भर्ना र दोस्रो सातादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलो लगायतका कार्यक्रम हुनेछन् । अभियानमा नियमितबाहेकका ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने सरकारको लक्ष्य […]

२०८१ बैशाख २ गते, आईतवार

अखिल (समाजवादी) को संघर्षको प्रभाव : त्रिविका उपकुलपतिले सिफारिस गरेका व्यक्तिहरु नै रेक्टर र रजिष्ट्रारमा नियुक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रेक्टर र रजिष्ट्रारमा त्रिवि उपकुलपति प्रा.डा केशरजंग बरालले सिफारिस गरेका व्यक्तिहरुलाई नै कुलपतिले नियुक्ति गरेका छन् ।त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपति (प्रधानमन्त्री) ले नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले २०८० चैत ६ मा सात दिनको […]

२०८१ बैशाख २ गते, आईतवार

पाठेघर सफा गर्न अस्पताल पुगेकी महिलाको मृत्यु !

काठमाडौँ । कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएको छ। दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटकी २१ वर्षीया भीमा गुरुङको बिहीबार उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तहरूले चिकित्सकलाई कारबाहीको माग गरेका छन्। चिकित्सक र अस्पताल प्रशासनको लापरबाहीका कारण सामान्य बिरामीको मृत्यु भएको भन्दै उनीहरुले चिकित्सकलाई कारबाही माग गरेका हुन्।उनको परिवारका अनुसार सात महिनाअघि छोरी जन्माएकी […]

२०८० चैत्र ३० गते, शुक्रबार

चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन ६ वर्षपछि सार्वजनिक

काठमाडौँ । चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४ सार्वजनिक भएको छ। बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मन्त्रालयले उक्त प्रतिवेदन सार्वजनिक गरेको हाे । मन्त्रालयका प्रवक्ता केशव प्रसाद दहालले तत्कालै उक्त प्रतिवेदनमा समावेश भएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बद्ध सुझाव/सिफारिस कार्यान्वयन प्रक्रियामा लैजाने जानकारी दिए।सरकारले ०७४ सालमा विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतमा […]

२०८० चैत्र २९ गते, बिहीबार

अखिल (समाजवादी)द्वारा त्रि.वि.मा दलीय हस्तक्षेप रोक्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (समाजवादी) ले त्रिभुवन विश्वविद्यालयको रेक्टर र रजिष्ट्रार नियुक्तिमा भइरहेको दलीय हस्तक्षेपको विरोध गर्दै चितवनमा प्रदर्शन गरेको छ । सहभागीहरूले ‘रजिष्ट्रार नियुक्तिमा राजनीतिक हस्तक्षेप बन्द गर’, ‘खुला प्रतिस्पर्धाबाट नियुक्ति गर’, ‘समाजवादी शिक्षा नीति लागू गर’, ‘उत्तर पुस्तिका हराउनेमाथि कारबाही गर’, ‘परीक्षाको नतिजा समयमै प्रकाशित गर’ लगायतका नारा लेखिएका प्लेकार्ड […]

२०८० चैत्र २८ गते, बुधबार

शिक्षा मन्त्रालयद्वारा विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्न आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो ।इन्टरनेशन एजुकेसन […]

२०८० चैत्र २८ गते, बुधबार