स्वास्थ्य / शिक्षा

पछिल्लो २४ घण्टामा १२०७ जना कोरोना संकमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा १२०७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको मन्त्रालयले बताएको छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु […]

२०७७ आश्विन १० गते, शनिबार

सात विद्यार्थी सङ्गठनद्वारा सम्झना कामीका बलात्कारी र हत्यारालाई कारबाही गर्न माग

काठमाडौँ । सुदूरपश्चिममा क्रियाशील ७ विद्यार्थी सङ्गठनले बझाङको मस्टा गाउँपालिका २ थिकाला गाउँमा बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न अपराधीहरूलाई यथाशीघ्र खोजी गरी कडा कारबाही गर्न माग गरेका छन् । यही असोज ७ गते बुधबार १२ वर्षीया सम्झना कामीलाई मृत अवस्थामा भेटिएको र प्रारम्भिक अनुसन्धानबाट बलात्कारपछि हत्या गरिएको कुरा सार्वजनिक भएको छ । उक्त घटना […]

२०७७ आश्विन १० गते, शनिबार

पछिल्लो २४ घण्टामा १३१३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ सहित देशभर १३१३ जना कोरोना संक्रमित थपिएका छन् । योसहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १४५५ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।हालसम्म डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको […]

२०७७ आश्विन ९ गते, शुक्रबार

अ. ने. म. सङ्घ र युवा सङ्गठनद्वारा रक्तदान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी सेती–महाकाली ब्युरो र युवा सङ्गठन नेपाल सेती–महाकाली ब्युरोको संयुक्त आयोजनामा कैलालीको अत्तरियामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिश्वव्यापी कोरोना सङ्कटका कारण उत्पन्न रगत अभाव पूर्ति गर्न कैलालीको अत्तरियामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको युवा सङ्गठन नेपाल कैलालीले जनाएको छ ।रक्तदान कार्यक्रममा अनेमसङ्घ क्रान्तिकारी सेती–महाकाली […]

२०७७ आश्विन ९ गते, शुक्रबार

दाङमा क्रियाशील विद्यार्थी संगठनद्वारा सबै शैक्षिक संस्थाहरू संचालन गर्न माग

काठमाडाैँ । दाङमा क्रियाशील विभिन्न ३ विद्यार्थी सङ्गठनले दाङमा CTEVT द्वारा मान्यता प्राप्त कलेज भन्दै ३ महिने र ६ महिने सिप परिक्षण गराउने अनुमति लिएका र केही अवैधानिक रुपमा संचालनमा आएका ट्रेनिङ सेन्टरहरुले विद्यार्थी, अभिभावक हरुसँग भड्किला र आकर्षक खाले प्रचार प्रसार गर्दै १८ महिने कोर्ष पढाइ हुन्छ भन्दै अबैध रुपमा लाखौ रकम असुलेर विद्यार्थीहरुको […]

२०७७ आश्विन ८ गते, बिहीबार

अखिल क्रान्तिकारीद्वारा सिटिईभिटीलाई ज्ञापनपत्र

काठमाडौँ । अखिल (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समितिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूर-पश्चिम प्रदेश कार्यालय धनगढीका निर्देशकलाई ज्ञापनपत्र बुझाएको छ ।क्रान्तिकारीका सेती–महाकाली संयोजक विरेन्द्र शाहले बिहीबार बुझाएको ज्ञापनपत्रमा कोराना महामारीका कारण सिटिईभिटीले यस वर्ष प्रवेश परीक्षा नहुने गरि GPA का आधारमा भर्ना आवेदनको सूचना जारी गरेको सन्दर्भमा सरकारी विद्यालयका विद्यार्थीहरु भर्नाबाट बञ्चित हुने […]

२०७७ आश्विन ८ गते, बिहीबार

आज काठमाडौं उपत्यकामा ७५५सहित १४९७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५ सहित १४९७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना रहेका छन् ।देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको […]

२०७७ आश्विन ८ गते, बिहीबार

अखिल (क्रान्तिकारी) कैलालीद्वारा रक्तदान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)को आयोजनामा कैलालीको धनगढीस्थित रेडक्रसको ब्लड बैंकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अस्पतालमा रगत अभाव भएको र रगत चाहिने बिरामीलाई समस्या भइरहेको बेला अखिल (क्रान्तिकारी) कैलालीले रक्तदान कार्यक्रम गरेको हो ।रक्तदान कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य बबरजङ्ग सिंह, नेपाल कम्युनिस्ट पार्टी धनगढी नगर […]

२०७७ आश्विन ७ गते, बुधबार

पछिल्लो २४ घण्टामा ११७२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा […]

२०७७ आश्विन ७ गते, बुधबार

अखिल (क्रान्तिकारी) काभ्रेद्वारा रक्तदान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) काभ्रे जिल्ला समितिले कोरोना भाइरस महामारीका कारण काभ्रे जिल्लामा देखिएको रगत अभाव पूर्ति गर्न रक्तदान कार्यक्रम सम्पन्न भएको जनाएको छ ।पछिल्लो समयमा जिल्लामा रगतको ज्यादै अभाव भैरहेको र सङ्गठनको केन्द्रीय समितिको निर्देशनअनुसार कुनै बिरामी रगत अभावका कारण अकालमै ज्यान नजाओस् र सानो सहयोगले बिरामीहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले […]

२०७७ आश्विन ७ गते, बुधबार