स्वास्थ्य / शिक्षा

डा. देवकोटाको अवस्था गम्भीर

काठमाडौं, २६ जेठ । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पछिल्लो स्वास्थ्य अवस्थाबारे अस्पताल र परिवारको तर्फबाट विज्ञप्ति निकालिएको छ । सामाजिक सञ्जालहरुमा आएका खबर सत्य नभएको विज्ञप्तिमा उल्लेख छ । अहिले देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताउँदै सघन उपचार भइरहेको बताइएको छ । शुक्रबार रातिदेखि डा. देवकोटाको निधन भएको खबर सामाजिक सञ्जालमा भाइरल भएको […]

२०७५ जेष्ठ २६ गते, शनिबार

सर्पले डस्दा वडा अध्यक्षको मृत्यु

काठमाडौं, २४ जेठ । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष बलिराम भगतको सर्पको टोकाईबाट मृत्यु भएको छ । भगतलाई बुधबार राति सर्पले डसेको थियो । प्रहरीका अनुसार राति ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षीका भगतलाई विषालु सर्पले टोकेको थियो । उनको उपचारकाक्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको राति नै मृत्यु भएको थियो […]

२०७५ जेष्ठ २४ गते, बिहीबार

आज विश्व वातावरण दिवस

काठमाडौं, २२ जेठ । आज विश्व वातावरण दिवस , विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । दिवसको यस वर्षको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहार सके पुनः प्रयोग नसके बहिष्कार’ भन्ने तय गरिएको छ । वातावरण दिवसका अवसरमा सरकारी तथा विभिन्न गैरसरकारी संस्थाले आज विविध कार्यक्रम आयोजना गरेका छन् । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ […]

२०७५ जेष्ठ २२ गते, मंगलवार

प्रकृतिलाई स्वच्छ राख्ने गिद्ध संकटमा

काठमाडौं, २० जेठ । प्रकृतिलाई स्वच्छ राख्ने गिद्धको अवस्था कपिलबस्तुमा संकटग्रस्त छ । मरेका चौपायाको सिनो खाएर प्रकृतिलाई सफा गर्दै आएको गिद्ध प्रतिबन्धित डाईक्लोफेनेक नामक औषधिका कारण संकटमा पर्र्दै गएको हो । सरकारले गिद्धको संरक्षणका लागि पशु उपचारमा प्रयोग गरिने डाईक्लोफेमिकको उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएकोले ७ बर्ष अघि जिल्लालाई डाईक्लोफेमिनक मुक्त घोषणा […]

२०७५ जेष्ठ २० गते, आईतवार

विश्वविद्यालयका लागि नयाँ मापदण्ड

काठमाडौं, २० जेठ । सरकारले नयाँ विश्वविद्यालय सञ्चालन गर्न मापदण्ड तयार गरेको छ। विश्वविद्यालय अनुदान आयोगले गठन गरेको संघीयतामा विश्वविद्यालयहरूसहित समग्र उच्च शिक्षाको संरचना, स्वरूप, सञ्चालन, नियमन तथा वित्तीय व्यवस्थापनका बारेमा टोलीले नयाँ मापदण्ड निर्धारण गरेको हो। सो मापदण्डअनुसार काठमाडौं उपत्यकामा विश्वविद्यालय खोल्न अनिवार्यरूपमा २ सय रोपनी जग्गा हुनुपर्ने व्यवस्था गरेको छ। त्यस्तै पहाडी र […]

२०७५ जेष्ठ २० गते, आईतवार

फोहर विसर्जनमा अवरोध

काठमाडौं , १८ जेठ । ओखरपौवाका स्थानीयवासीको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहर विसर्जन गर्न अवरुद्ध भएको छ । काठमाडौंको तीनपिप्लेदेखि फोहर विसर्जन हुँदै आएको स्थान सिसडोलसम्म भइरहेको सडक कालोपत्रेको काम गुणस्तरीय नभएको भन्दै फोहर बोकेर आएका गाडी स्थानीयवासीले रोकेको प्रहरी चौकी ओखरपौवाका प्रमुख प्रहरी सहायक निरीक्षक पशुपति पाठकले जानकारी दिए । उनका अनुसार स्थानीयवासीको अवरोधले […]

२०७५ जेष्ठ १८ गते, शुक्रबार

आज विश्व धुम्रपान तथा सुर्तीरहित दिवस

काठमाडौं, १७ जेठ । आज विश्व धुम्रपान तथा सुर्तीरहित दिवस । ‘सुर्तीजन्य पदार्थले मुटु बिगार्छ : सुर्ती छाडौं, स्वास्थ्य रोजौं’ भन्ने नाराका साथ विश्वभर मनाईंदैछ । धुमपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ) को अह्वानमा प्रत्येक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । सुर्तीजन्य […]

२०७५ जेष्ठ १७ गते, बिहीबार

भर्ना हुने उमेरका ९६ प्रतिशत बालबालिका विद्यालय भर्ना

काठमाडौं, १६ जेठ । कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म टिकाउ दर ५७.१ प्रतिशत पाइएको छ । कक्षा १२ सम्मको टिकाउ दर १७.२ प्रतिशतमात्र रहेको छ । शैक्षिक सत्र २०७४ मा प्राथमिक तहको खुद भर्नादर […]

२०७५ जेष्ठ १६ गते, बुधबार

जेठ २१ गते आम शैक्षिक हड्ताल

काठमाडौं, १४ जेठ । अखिल क्रान्तिकारीसहितका आठ विधार्थी संगठनले शैक्षिक सस्थामा गरिएको तालाबन्दी लगायतका आन्दोलान्लई अझ शसक्त बनाउने निर्णय गरेका छन । नेकपा निकट अखिल (क्रान्तिकारी), नयाँ शक्ति निकट विद्यार्थी युनियन, क्रान्तिकारी माअाेवादी निकट अखिल (क्रान्तिकारी), समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीको विद्यार्थी संगठन, नेपाल मजदूर किसान पार्टीको विद्यार्थी संगठन र राष्ट्रवादी विधार्थी संगठन लगायतले बैठक […]

२०७५ जेष्ठ १४ गते, सोमबार

अखिल क्रान्तिकारीद्वारा अप्रिय संघर्षकाे बाटाे राेज्न बाध्य नपार्न चेतावनी

काठमाडौं, १४ जेठ । अखिल (क्रान्तिकारी) राप्ति क्षेत्रीय समन्वय समितिले आफ्नो संगठनका प्युठान अध्यक्ष याङ्क पुन, सल्यानका जिल्ला उपाध्यक्ष भिम वलि र सह- सचिव मदन के सीलाई गिरफ्तार गरि थुनामा राखिरहेकाेले सबैलाई यथासिघ्र रिहाइकाे माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकटकाे सो संगठनले अन्यथा अप्रिय संघर्षकाे बाटाे राेज्न बाध्य हुने विज्ञप्तीमार्फत चेतावनि समेत दिएको […]

२०७५ जेष्ठ १४ गते, सोमबार