स्वास्थ्य / शिक्षा

अञ्चल अस्पतालमा विशेषज्ञ डाक्टरको अभाब

काठमाडौँ, २७ भदौ । सरकारले दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर नपठाउँदा मेची अञ्चल अस्पतालमा बिरामीको उपचारमा समस्या भएको छ । अञ्चल अस्पतालमा १९ जना विशेषज्ञको दरबन्दी भएपनि छजना मात्र विशेषज्ञ कार्यरत हुँदा सेवाग्राहीलाई सेवा दिन समस्या भएको हो । यतिबेला बालरोग विशेषज्ञको तीनजनाको दरबन्दीमा एकजना छन् । स्त्रीरोगतर्फ तीनजना हुनुपर्नेमा एकजना, फिजिसियनमा पनि तीनजनाको दरबन्दीमा दुईजना विशेषज्ञ […]

२०७३ भाद्र २७ गते, सोमबार

चिकित्सक सङ्घको अध्यक्षमा डा. श्रेष्ठ

काठमाडौँ, २७ भदौ । नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी भएका छन । उनले एक हजार ६५२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी डा रमेश ढकालले एक हजार १३२ मत प्राप्त गरेका छन । यसअघिका निर्वाचनमा जस्तै यस पटक पनि काँग्रेस निकट प्रजातान्त्रिक समूहले एक कोषाध्यक्ष पदबाहेक अन्य […]

२०७३ भाद्र २७ गते, सोमबार

पोखरा विश्वविद्यालयका पदाधिकारीलाई सार्वजनिक कार्यक्रममा रोक

काठमाडौं, २६ भदौ । नेकपा (माओवादी) निकट अनेरास्ववियु (क्रान्तिकारी)ले पोखरा विश्वविद्यालयका पदाधिकारीलाई सार्वजनिक कार्यक्रममा रोक लगाउने घोषणा गरेको छ । संगठनले अगाडि सारेका विश्वविद्यालय सुधार र विद्यार्थी हक हितलगायतका मागको बेवास्ता गरेको भन्दै सो घोषणा गरेको बताइएको छ । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले आज एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारीको माग पूरा गर्न २४ घण्टे […]

२०७३ भाद्र २६ गते, आईतवार

डा. केसीद्वारा पुन आठ दिने अल्टिमेटम

काठमाडौं, २५ भदौ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले सरकारलाई आफ्नो माग पुरा गर्न पुन आठ दिने अल्टिमेटम दिएका छन् । चिकित्सा क्षेत्र सुधारको माग गर्दै आन्दोलनरत डा. केसीले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै सरकारलाई आगामी असोज २ गतेसम्मको अल्टिमेटम दिएका हुन् । उनले आज विज्ञप्ति जारी गर्दै चिकित्सा ऐनमा […]

२०७३ भाद्र २५ गते, शनिबार

एक हुदै शिक्षक सङ्गठन

काठमाडौ, २५ भदौ । बागलुङ जिल्लामा क्रियाशील तीन शिक्षक सङ्गठनबीच एकता भएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, अखिल नेपाल शिक्षक सङ्गठन (विद्रोही) र नेपाल प्रगतिशील शिक्षक सङ्गठन एक भएका हुन् । शुक्रबार भएको एकता भेलाले मोहम्मद अजिज मियाँको संयोजकत्वमा १११ सदस्यीय एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ […]

२०७३ भाद्र २५ गते, शनिबार

आज आत्महत्या रोकथाम दिवस

काठमाडौ, २५ भदौ । आज विश्व आत्महत्या रोकथाम दिवस, आत्महत्या रोकथामबारे विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । बारम्बार आत्महत्याको सोच मनमा आइरहने वा आत्महत्या गर्न खोज्नेहरुको बारेमा थाहा पाए उसलाई नजिकको आफन्त वा मन मिल्ने साथीहरुले हौसला दिएर जीवन बचाउन सकिने चिकित्सकहरु बताउँछन् । नेपालमा मात्रै नभएर विश्वमै आत्महत्या गर्ने बढ्दो क्रमले यसको रोकथाममा चुनौति […]

२०७३ भाद्र २५ गते, शनिबार

पशुको गर्भ रहे/नरहेको ३० दिनमै पत्ता लाग्ने

काठमाडौँ, २४ भदौ । पशुको गर्भ रहे/नरहेको ३० दिनभित्रै पत्ता लगाउन सकिने भएको छ । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा. माधवप्रसाद आचार्यकाअनुसार रगत र दूधबाट हर्मनको लेबल हेरेर गर्भाधान भए/नभएको पत्ता लगाउन थालिएको हो । मुख्यरुपमा गाईमा यो परीक्षण गरिँदै आएको छ । पशुमा गर्भ रहेको तीन महिनापछिमात्रै पाठेघरमा हात हालेर गर्भ बसेको/नबसेको […]

२०७३ भाद्र २४ गते, शुक्रबार

तीन डिनको एकसाथ पदावधि समाप्त

काठमाडौ, २४ भदौ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीनजना डिनको पदावधि एकै साथ सकिएको छ । चार वर्षअघि नियुक्त भएका विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका डिन प्रा डा भवानीचन्द ठकुरी, वाणिज्य सङ्कायका डिन प्रा भारती जोशी र शिक्षा शास्त्र सङ्कायका डिन प्रा डा नारद पाण्डेयको पदावधि सकिएको हो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७, को दफा २६ को […]

२०७३ भाद्र २४ गते, शुक्रबार

विद्यार्थीभन्दा प्राध्यापक धेरै !

काठमाडौ, २३ भदौ । त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिने भन्दै केन्द्रीय विभागमा सेमेस्टर प्रणाली सुरु गरेको छ। तर, केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै भएको छ। मानविकी संकायअन्तर्गत भूगोल केन्द्रीय विभागमा यस वर्ष प्रथम सेमेस्टरमा विद्यार्थी भर्ना भएनन्। इतिहास केन्द्रीय विभागमा भने एक विद्यार्थी भर्ना भएका छन् । प्राध्यापक भने […]

२०७३ भाद्र २३ गते, बिहीबार

आज शिक्षा दिवस

काठमाडौँ, २३ भदौ । ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ भन्ने नाराका साथ ३७औँ राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । दिवस मनाउन शिक्षा मन्त्रालयले शिक्षामन्त्री धनीराम पौडेलको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ । दिवसका अवसरमा आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्याभूषण क, ख र […]

२०७३ भाद्र २३ गते, बिहीबार