मुख्य समाचार

नेकपाका जिल्ला इन्चार्ज संगीत गिरफ्तार

काठमाडौं, १६ फागुन । प्रदेश नम्बर १ को संघीय इकाई प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले नेपाल कम्युनिस्ट पार्टीका मोरङ–धनकुटा ईन्चार्ज एवं कोशी ब्युरो सदस्य देवकुमार लिम्बू ‘संगीत’लाई गिरफ्तार गरेको छ । इन्चार्ज संगीतलाई सुनसरीको धरानस्थित पानमाराबाट गिरफ्तार गरेको बताइएको छ । संगीतलाई पार्टीको शान्तिपूर्ण काममा खटिरहेका अवस्थामा षडयन्त्रपूर्वक अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरी झुठा […]

२०७५ फाल्गुन १६ गते, बिहीबार

हेलिकप्टर दुर्घटना, पर्यटनमन्त्री अधिकारीसहित ६ जनाको मृत्यु

काठमाडौं, १५ फागुन । ताप्लेजुङको दारेगौंडामा एयर डाइनेस्टीको एच वान–२५ (H1-25) हेलिकप्टर दुर्घटना भएको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनास्थलमा ६ वटा शव फेला परेकाे छ। सबै जलेको अवस्थामा निकालिएको शवको पहिचान भएको छैन। हेलिकप्टरमा ७ जना सवार थिए। प्रहरी नायव उपरीक्षक (डिएसपी) सञ्जय सिंह थापाले ६ वटा शव भेटिएको बताए। […]

२०७५ फाल्गुन १५ गते, बुधबार

‘नेता–कार्यकर्ता रिहा नगरे सशक्त आन्दोलन ‘

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीका नेता-कार्यकर्तालाई बिनाशर्त रिहा नगरे सशक्त आन्दोलन गर्ने र उक्त आन्दोलनबाट निस्कने परिणामको जिम्मेवार स्वयं यो सत्ता हुने चेतावनी दिएका छन । महासचिव विप्लवले फागुन १५ गते बुधबार एक विज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन् । उनले विज्ञप्तिमा भनेका छन् “एनसेल माथि भएको भनिएको […]

२०७५ फाल्गुन १५ गते, बुधबार

सहिद सप्ताह सुरु, जनयुद्धका सहिदहरुको सम्झनामा विविध कार्यक्रम गरिदै

काठमाडौँ, १४ फागुन । २०५२ साल फागुन १ गतेबाट तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा सुरु गरिएको महान जनयुद्ध वीरता, बलिदान, सहादत अनि अमरताको ऐतिहासिक घटनाको सम्झनामा आजबाट सहिद सप्ताह शुरु भएको छ । जनयुद्ध सुरु भएको १३ औँ दिनमा नै गोरखाका एघार वर्षिय दिलबहादुर रम्तेललाई तत्कालिन राज्यसत्ताले कायतापूर्ण तरिकाले हत्या गरेको थियो । दासताका विरुद्ध […]

२०७५ फाल्गुन १४ गते, मंगलवार

क्रान्तिकारी पत्रकार संगठन जनपत्रकार संगठनमा परिणत

काठमाडौं, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठनको नाम परिवर्तन गरेर जनपत्रकार संगठन,नेपाल बनाईएको छ । संगठनले मंगलबार काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर संगठनको नाम परिवर्तन गरिएको जानकारी दिएको छ । गत पुस ७ र ८ गते बुटवलमा बसेको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठक र मातृ पार्टीको निर्णय अनुसार संगठनको नाम परिवर्तन गरिएको […]

२०७५ फाल्गुन १४ गते, मंगलवार

ने.क.पा. पर्साका सेक्रेटरी यादवसहित २ जना गिरफ्तार

काठमाडौँ, १४ फागुन । नेपाल कम्युनिस्ट पार्टीका दुई जना नेताकार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा नेकपा पर्साका जिल्ला सेक्रेटरी बुकी यादव, अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक राधेश्याम शाह छन् । उनीहलाई शनिबार पर्शाबाट प्रहरीले गिरफ्तार गरेको नेकपा नारायणी ब्युरोले जनाएको छ । ब्युरोका इन्चार्ज मिलनले विज्ञप्ति प्रकाशित गर्दै जनताको न्यायिक आन्दोलनमा सरकार दमनको […]

२०७५ फाल्गुन १४ गते, मंगलवार

‘झुठा मुद्वा लगाउदैमा क्रान्तिकारीहरू विचलित हुँदैनन्’

काठमाडौं, १२ फागुन । अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले आफुलाई राजनीतिक पूर्वाग्रहकै कारण नियोजित रुपमा फसाउन खोजेको प्रतिकृया दिएका छन् । २५ दिनको हिरासत बसाईपछि आज (आईतवार) अदालतको आदेशमा रिहा भएका विकले राजनितिक पूर्वाग्रह कै कारण गृहप्रशासनले नियोजित रुपमा फसाउनेगरी आफुमाथि झुठा मुद्धा लगाएको बताए । उनलाई माघ १७ गते साँझ मोरङको विराटनगर विमानस्थलबाट […]

२०७५ फाल्गुन १३ गते, सोमबार

‘ क्रान्तिबिना देश र जनताको मुक्ति असम्भव ‘

काठमाडौं, १२ फागुन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले क्रान्तिबिना देश र जनताको मुक्ति असम्भव भएको ठोकुवा गरेका छन् । उनले क्रान्तिलाई निर्णायक बनाउनु अहिलेको आवश्यकता भएको र त्यो आवश्यकता पूरा गर्नको निम्ति आफ्नो पार्टी क्रियाशील रहेको बताउँदै नेता कार्यकर्ताहरू प्रतिबद्ध भएर लागि राखेको बताएका छन् । उनले भने– “कुनैबेला देश र जनताको पक्षमा खडा […]

२०७५ फाल्गुन १२ गते, आईतवार

विद्यार्थी नेतालाई झुठा मुद्दामा फसाउने प्रपन्च

काठमाडौं, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई भूmठा मुद्दामा फसाउने षड्यन्त्र भइरहेको छ । कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई गत माघ १७ गते विराटनगर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । संगठनले आयोजना गरेको विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्कने क्रममा विश्वकर्मालाई पक्राउ गरिएको हो । पछिल्लो समय अखिल क्रान्तिकारीले कर […]

२०७५ फाल्गुन ११ गते, शनिबार

एनसेल मुख्यालयमा विस्फोट एकको मृत्यु

काठमाडौं, ११ फागुन । एनसेलको मुख्यालयमा भएको बम विष्फोटमा घाइते भएका तीन जनामा मध्ये एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ । ललितपुर नक्खुस्थित मुख्यालयमा बम विष्फोटवाट गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको उपचारको क्रममा गएराति १२ः२५ बजे मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । लम्जुङ भर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको मेडीसिटी […]

२०७५ फाल्गुन ११ गते, शनिबार