मुख्य समाचार

ओली–प्रचण्ड छलफलमा जुट्दै

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी विषय टुंगो लगाउन आजपनि छलफल गर्दै छन् । दुई नेताबीचको छलफलबाट एकताको बाँकी विषयमा मोटामोटी समझदारी जुट्ने र त्यसपछि पार्टी एकता संयोजन समिति बैठकबाट निर्णय गर्ने तयारी छ । एकताका विषयमा दुई पार्टीबीच ९५ प्रतिशत टुंगो लागिसकेको बताइए पनि सैद्धान्तिक–वैचारिक […]

२०७४ फाल्गुन ५ गते, शनिबार

ओलीलाई दोहो-याएर सपथ लिन सुझाव

काठमाडौं, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई दोहो-याएर पद तथा गोपनीयताको सपथ लिन सुझाव दिएका छन् । ओलीले सपथ लिने क्रममा ‘देश’ छुटाएको भन्दै उनले सो सुझाव दिएका हुन् । थापाले ट्वीट गर्दै भनेका छन्, ‘अमेरिकी राष्ट्रपति ओवामाले सपथमा सामान्य त्रुटि हुँदा भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहो¥याएर सपथ लिएका […]

२०७४ फाल्गुन ४ गते, शुक्रबार

सरकारलाई कर नतिर्न अपिल

काठमाडौं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले सरकारलाई कर नतिर्न अपिल गरेको छ । सो पार्टीका बिभिन्न जिल्ला जनपरिषदहरुले विज्ञाप्ति जारी गर्दै सरकारलाई कर नतिर्न अपिल गरेका छन् । समानान्तर सत्ता चलाइरहेको नेकपानिकट जिल्ला जनपरिषदहरुले दलाल पुँजीवादी राज्यसत्ताले बढाएको अत्यधिक महंगी, भ्रष्टाचार र जनघातका विरुद्ध आपत्ति जनाउदै सो अपिल गरेका हुन् । यसैक्रममा अवध स्वायत्त […]

२०७४ फाल्गुन ३ गते, बिहीबार

प्रधानन्यायाधीश पराजुलीविरुद्ध प्रदर्शन

काठमाडौं, २ फागुन । कानुन व्यवसायी तथा कानुनका विद्यार्थीले प्रधानन्यायाधीश गोपाल पराजुलीबिरुद्ध न्यायपरिषदको सचिवालय अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले प्रधानन्यायाधीशमाथिको विवाद निरुपण नभई उनको अध्यक्षतामा न्यायपरिषदको बैठक डाँक्न नहुने भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथिको आरोप छानबिन हुनुपर्ने र त्यसअघि उनले नै न्यायाधीश नियुक्ती गर्ने परिषदको बैठकमा अध्यक्षता गर्नु गलत हुने […]

२०७४ फाल्गुन २ गते, बुधबार

जनयुद्धको कार्यभार पुरा गरेरै छोड्ने उदघोष

काठमाण्डौ , १ फागुन । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)ले संयुक्त रुपमा जनयुद्ध दिवस मनाएका छन् । नेकपा र क्रान्तिकारी माओवादीले काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रम अायोजना गरि संयुक्त रुपमा जनयुद्ध दिवस मनाएका हुन् । सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्यले वाम गठबन्धनका नाममा दक्षिणपन्थी संशोधनवादको हैकम तिव्र हुदै […]

२०७४ फाल्गुन १ गते, मंगलवार

नेकपाद्वारा खुलालु – माल्कोट सडक निर्माण सुरु

काठमाण्डौ , १ फागुन । नेपाल कम्युनिष्ट पार्टीले आफ्नै लगानीमा कालिकोट जिल्लाको खुलालु मालकोट सडकखण्ड निर्माण कार्य थालनी गरेको छ । नेकपाको केन्द्रिय योजना अनुसार कालिकोटको खुलालु देखि लैफूसम्मको सडक खण्डमध्ये माल्कोटसम्मको सडक निर्माण गर्न लागीएको जनाईएको छ । यहि फागुनको पहिलो हप्ताबाट नै निर्माण कार्य सुरु गरिने उक्त सडकको आज उद्घाटन गरिएको छ । […]

२०७४ फाल्गुन २ गते, बुधबार

देशैभरका एनसेल टावरमाथि तोडफोड तथा आगजनि

काठमाण्डौ , १ फागुन । नेपाल कम्युनिस्ट पार्टीले नीजि क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलमाथि कारवाही सुरु गरेको छ । एनसेलले जनतासँग पैसा उठाएर राज्यलाई तिर्नुपर्ने कर नतिरेर राज्य र जनतालाई ठगी गर्ने र ढाँटने गरेकाे भन्दै कारवाही कारबाही सुरु गरेको बुझिएको छ । नेकपाले राज्यलाई तिर्न पर्ने २२ अर्ब राजस्व बुझाउन पटक पटक गरेको […]

२०७४ फाल्गुन १ गते, मंगलवार

आज तेइसौं जनयुद्ध दिवस ( सैद्धान्तिक प्रतिबद्धताहरूसहित )

काठमाण्डौ , १ फागुन । आज फागुन एक गते अर्थात जनयुद्ध दिवस । तत्कालिन नेकपा माओवादीले सशस्त्र विद्रोह थालेको दिन नेपालका माओवादीले विभिन्न कार्यक्रम गरी २३ औं जनयुद्ध दिवस मनाउँदैछन । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्ध दिवस मनाउने गर्दछन् । नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित बन्दुक उठाएको तत्कालिन […]

२०७४ फाल्गुन १ गते, मंगलवार

प्रचण्ड र ओली वार्ता निष्कर्षहिन

काठमाडौं, २९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ललितपुरको एक घरमा ३ घण्टासम्म चलेको ‘वान टु वान’ वार्ता निष्कर्षहिन भएको छ । प्रचण्डको सचिवालयले वार्ता सकारात्मक भएको जनाए पनि बार्तामा पार्टी एकताले गति लिन नसकेको स्रोतले बताएको छ ।

२०७४ माघ २९ गते, सोमबार

नेकपाद्वारा गिरफ्तार कार्यकता रिहा नगरे शसक्त संघर्ष गर्ने उदघोष

काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टीले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी जिएमआरको सुर्खेतस्थित कार्यालयमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ताको तत्काल रिहा गर्न माग गरेको छ । आज बिहान प्रहरीले जीएमआरको कार्यालयमाथि आक्रमण गरेको आरोपमा नेकपा सुर्खेतका जिल्ला कमिटी सदस्य टेक्निकल , प्रगतिशील लेखक संघका केन्द्रिय सदस्य तथा शिक्षक संगठन सुर्खेतका […]

२०७४ माघ २८ गते, आईतवार