मुख्य समाचार

नेकपाद्वारा चितवन मेडिकल कलेजमा विद्यार्थीको माग पूरा नगरे हस्तक्षेप गर्ने चेतावनी

काठमाडौं , ३ असोज । नेपाल कम्युनिस्ट पार्टीले चितवन जिल्लास्थित ‘चितवन मेडिकल कलेज (सिएमसी)’मा अध्ययनरत विद्यार्थीहरुले आफ्ना जायज मागहरु राखेर शान्तिपूर्ण र वैधानिक संघर्ष गर्दै आइरहँदा कलेज प्रशासनले विद्यार्थीका जायज माग सम्बोधन गर्नुको सट्टा समस्यालाई विषयान्तर गर्दै हाम्रो पार्टीसँग जोडेर विद्यार्थीहरुमाथि दमन गरेर आफ्नो कमजोरी र बदमासी ढाकछोप गर्ने षड्यन्त्र गर्दै केही दिनअघि कलेज प्रशासनद्वारा […]

२०७६ आश्विन ४ गते, शनिबार

खिमराज पुनलाई तत्काल रिहा गर्न माग

काठमाडौं , ३ असोज । नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्लाले जिल्ला कमिटी सदस्य तथा त्रिवेणी गाउँ कमिटी इन्चार्ज खिमराज पुन ‘प्रभात’लाई उपचारको शिलशिलामा दाङ गएको बेला बुधबार बेलुका विनाकारण गिरफ्तार गरेकोप्रति घोर भत्र्सना गरेको छ । रोल्पा जिल्ला सेक्रेटरी मानवले बिहीबार प्रेस विज्ञप्ति निकाली उपचारमा रहेका प्रभातलाई दलाल सत्ताका पालित–पोसित सिआइडी सुराकीले गिरफ्तार गर्न लगाएकोमा […]

२०७६ आश्विन ३ गते, शुक्रबार

सेक्रेटरी आलेलाई बिनाशर्त रिहा गर्न माग

काठमाडौं , ३ असोज । नेपाल कम्युनिस्ट पार्टीका जनकपुर ब्युरो सदस्य तथा महोत्तरी जिल्ला सेक्रेटरी भिम आले मगरलाई प्रहरीले गिरफ्तार गरेको छ । आफ्नै घरमा खाना खाइरहेको अवस्थामा बिहिबार गौशाला इलाका प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले गैरकानुनी तथा अमानवीय ढङ्गले गिरफ्तार गरेको नेकपाले जनाएको छ । नेकपाका जनकपुर ब्युरो इन्चार्ज अरुणले बिहिबार एक प्रेस विज्ञप्ति […]

२०७६ आश्विन ३ गते, शुक्रबार

सेक्रेटरी गुरुङलाई बिना शर्त रिहा गर्न माग

काठमाडौं , २ असोज । नेपाल कम्युनिस्ट पार्टीले बिनाकारण अपहरण शैलीमा गिरफ्तार गरिएका धादिङका जिल्ला सेक्रेटरी बुद्ध गुरुङलाई तत्काल रिहा गर्न माग गरेको छ । सो पार्टीको उपत्यका विशेष व्युरोले धादिङ जिल्ला सेक्रेटरी बुद्ध गुरुङलाई भदौं ३१ गते विहान पार्टी कामको सिलसिलामा काठमाडौँ आउँदै गरेको बेला बिनाकारण अपहरण शैलीमा धादिङको पिपला मोडबाट गिरफ्तार गरेकोप्रति घोर […]

२०७६ आश्विन २ गते, बिहीबार

नेकपाका बैतडीका सदस्य विक्रम पार्टीबाट निस्कासन

काठमाडौं , ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टीले बैतडीका जिल्ला सदस्य लोकेन्द्र राना ‘विक्रम’लाई निलम्बन गरेको छ । सो पार्टीका सेती–महाकाली व्युरो अन्तरगत बैतडी जिल्लाले पार्टीको नीति विपरीत बहु विवाह र आर्थिक अनियमितता गरेकोले जिल्ला सदस्य लोकेन्द्र राना ‘विक्रम’लाई निलम्बन गरेको हो । बैतडी जिल्ला सेक्रेटरी विवेकले शनिबार प्रेस विज्ञप्ति निकाली बहु विवाह तथा आर्थिक […]

२०७६ भाद्र ३१ गते, मंगलवार

जोशी र रावललाई तत्काल रिहा गर्न माग

काठमाडौं , ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले संगठनका बर्दिया जिल्ला अध्यक्ष लोकेशराज जोशी र हुम्ला जिल्ला संयोजक उपेन्द्र रावललाई तत्काल रिहा गर्न काग गरेको छ । अखिल (क्रान्तिकारी) भेरी–कार्णाली क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र लुहारले सोमबार विज्ञप्ति जारे गर्दै ‘कम्युनिस्ट विद्यार्थी अभियान–२’ अन्तरगत शैक्षिक क्षेत्रको सुधार र शैक्षिक नीजिकरण, व्यपारीकरण दलालीकरणको […]

२०७६ भाद्र ३१ गते, मंगलवार

मनिस र पोख्रेललाई तत्काल रिहाई नगरे प्रतिरोध गर्ने चेतावनी

काठमाडौं , ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टी मेची–कोशी ब्युरोले पार्टीका ब्युरो सदस्य एंव झापा जिल्ला सेक्रेटरी प्रबिण मिश्र ‘मनिस’ र जिल्ला सदस्य एंव मजदुर संगठनका ब्युरो संयोजक टीका पोख्रेललाई तत्काल रिहाई नगरे प्रतिरोध गर्ने चेतावनी दिएको छ । पार्टी कामको शिलसिलामा भद्रपुरबाट बिर्तामोड आउने क्रममा सोमबार बिहान सरकारले अपहरण गरेर बेपत्ता बनाएकोमा सो पार्टीले […]

२०७६ भाद्र ३१ गते, मंगलवार

नेकपाद्वारा पर्सा जिल्ला इन्चार्ज आर्जनको सदस्यता खारेज

काठमाडौं , ३० भदौ । नेपाल कम्युनिस्ट पार्टीले पर्सा जिल्ला इन्चार्ज आर्जनलाई निलम्बन गरेको छ । सो पार्टीका नारायणी व्युरोले पार्टीको नीति विपरीत गतिविधि गरेकोले नारायणी व्युरो सदस्य तथा पर्सा जिल्ला इन्चार्ज आर्जनलाई निलम्बन गरेको छ । नारायणी व्युरो इन्चार्ज मिलनले बिहीबार प्रेस विज्ञप्ति निकाली लामो समयदेखि पार्टी सम्पर्कमा नरहेका तथा पार्टी नीति, कार्यक्रम र […]

२०७६ भाद्र ३० गते, सोमबार

युवा संगठन चितवनद्वारा लामाको नेतृत्वमा आयोजक समिति गठन

काठमाडौं , २९ भदौ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, नारायणी व्युरो अन्तर्गत चितवन जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भरतपुर महानगरपालिकामा शनिबार रेम बोज्रे लामाको संयोजकत्वमा ७ जनाकाे कार्यालय समिति रहने गरी २५ सदस्यीय आयोजक समिति गठन भएको जनाइएको छ । भेलाको प्रमुख अतिथि नारायणी व्युरो संयोजक मदन केसी, अतिथिहरु […]

२०७६ भाद्र २९ गते, आईतवार

नेकपा बर्दिया जिल्ला इन्चार्जसहित २ जना गिरफ्तार

काठमाडाैँ, २८ भदाै । नेपाल कम्युनिस्ट पार्टी बर्दिया जिल्ला इन्चार्ज मीना चलाउने र अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य लोकेश जोशी गिरफ्तार परेका छन् । जिल्ला इन्चार्ज चलाउने र अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य जोशीलाई बाँसगढी नगरपालिका ९ माछागढबाट गिरफ्तार गरेको बताइएको छ । पञ्चदेवल विनायक नगरपालिका ४ अछामकी ३८ वर्षीया धामी र जोशीपुर गाउँपालिका १ कैलालीका २३ […]

२०७६ भाद्र २८ गते, शनिबार