मुख्य समाचार

‘नेपाल बन्द सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ‘

काठमाडौँ, ५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सबै देशभक्त, जनवादी तथा आमजनताको सहयोग समर्थन र ऐक्यबद्धतामा नेपाल बन्द सफल भएको भन्दै सबै व्यावसायी, उद्योगपति, शिक्षण संस्था, व्यापारी तथा सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्ति सबैलाई धन्यवाद दिएका छन् । विप्लवले सरकार र वर्तमान सत्ताले नेपाली जनता र देशको रक्षा गर्न नसक्ने भएकाले आफ्नो पार्टीले […]

२०७६ बैशाख ६ गते, शुक्रबार

पत्रकार महासंघद्वारा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र , विद्युतीय कारोबार ऐनको दफा ४७ खारेज नभएसम्म आन्दोलन नरोक्ने

काठमाडौँ, ५ वैशाख । नेपाल पत्रकार महासंघले विद्युतीय कारोबार ऐनको दफा ४७ खारेज नभएसम्म आफ्नो चरणबद्ध आन्दोलन नरोक्ने भएको छ । आज सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई ज्ञापन पत्र बुझाउँदै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले चेतावनी दिएका हुन् । पोखराका पत्रकार अर्जुन गिरिलाई समाचार लेखेकै आधारमा नेपाल प्रहरीले विद्युतीय कारोबार ऐनको दफा ४७ […]

२०७६ बैशाख ५ गते, बिहीबार

जताततै प्रधानमन्त्री प्रतिबन्धको ब्यानर !

काठमाडौँ, ५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको बन्दको कारण आज देशभरको जनजिवन प्रभावित बनेको छ । सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि प्रतिकारमा उत्रिएको नेकपाले आज देशभर नेपाल बन्द तथा भोलिदेखि प्रधानमन्त्री केपी वलीको हरेक कार्यक्रममा प्रतिबन्ध तथा बन्द गर्ने जनाएको छ । यस्तै आजको बन्दका कारण प्रधानमन्त्री केपी वलीको गृहजिल्ला झापा लगायत पुर्वको इलाम, […]

२०७६ बैशाख ५ गते, बिहीबार

आज नेपाल बन्द , ठाउँठाउँमा आगजनी र बिष्फोट

काठमाडौँ, ५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीमाथि गरिएको सरकारी दमन, प्रतिबन्द र नेता कार्यकर्ता गिरफ्तारीको विरुद्ध आज नेपाल बन्दको आव्हान गरेको छ । नेपाल बन्दको कारण राजधानीबाट बाहिरीने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन ठप्प भएका छन् । त्यस्तै राजधानी बाहिरका जिल्लाहरुमा पनि सवारी साधन, शैक्षिक संस्था, कलकारखाना, उद्योग, बजार बन्द […]

२०७६ बैशाख ५ गते, बिहीबार

जनपत्रकार संगठनद्वारा पत्रकार महासंघको आन्दोलनमा ऎक्यबद्दता

काठमाडौँ, ४ वैशाख । जनपत्रकार संगठन नेपालले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी एवम् अर्जुन गिरीसहितका पक्राउ गरिएका पत्रकारको विनाशर्त रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघले घोषणा गरेको आन्दोलनमा ऎक्यबद्दता जनाएको छ । सो संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रेले देशभर आफ्नो संगठनका केन्द्रिय समिती,क्षेत्रीय समन्वय समिति,जिल्ला समितिका पदाधिकारी तथा सदस्य र देशब्यापी […]

२०७६ बैशाख ४ गते, बुधबार

भोलि नेपाल बन्द , सफल पार्न आम जनसमुदायलाई अपिल

काठमाडौँ, ४ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले भोलि ( वैशाख ५ गते) बिहीबारको नेपाल बन्द सफल पार्न आम जनसमुदायलाई अपिल गरेको छ । यस बिषयमा उक्त पार्टीको केन्द्रीय कार्यालयद्वारा प्रकाशित अपिलमा भनिएको छ, ‘केपी सरकारको अति अत्याचार सहन नसकेर उसको प्रतिबन्ध, सुदर्शन कमरेडलगायतको रिहाइ, झूट्टा मुद्दा खारेजी, सारा भ्रष्टाचार, तस्करी, राष्ट्रघातका विरुद्ध बाध्य भई यही […]

२०७६ बैशाख ४ गते, बुधबार

प्रधानमन्त्रीको सम्बोधन मन्त्रीबाट ‘बहिष्कार’

काठमाडौं , ३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को शुभकामनासहित देशवासीको नामा गरेक सम्बोधनको बेला मन्त्रिपरिषदका प्रभावशाली मन्त्रीहरु नैै उपस्थित भएनन्। प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटारमा उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषदमा सहभागी गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत, […]

२०७६ बैशाख ३ गते, मंगलवार

अनेम संघको केन्द्रीय सदस्य कुमाल गिरफ्तार

काठमाडौं, २ बैशाख । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीले अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा नेपाल कम्युनिस्ट पार्टीकी गोरखा जिल्ला सदस्य अञ्जु कुमाललाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई गोरखा नगरपालिका-८, आयुर्वेदचोक नजिकैबाट पक्राउ गरेको हो । कुमालको साथबाट केही दस्तावेज र किताब बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए ।

२०७६ बैशाख ३ गते, मंगलवार

प्रतिवन्ध नहटाए प्रतिराेध अान्दाेलन

काठमाडौं, २ बैशाख । नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुरकाे बेलाैरी नगरपालिकाकाे कलकत्ता बजार र बेदकाेट नगरपालिकामा काेणसभा सम्पन्न गरेकाे छ । सरकारी प्रतिवन्धकाविच पनि नेकपाले खुल्ला रूपमा काेणसभा गरेकाे हाे । कलकत्ता बजारकाे काेणसभालाई सम्बाेधन गर्दै महाकाली ब्यूराे सदस्य रामबहादुर सिंहले बैशाख ६ गतेसम्म प्रतिवन्ध नहटाए प्रतिराेध अान्दाेलन अगाडि बढाउने बताए । उनले केन्द्रकाे नीति अनुसार […]

२०७६ बैशाख ३ गते, मंगलवार

नेकपाद्वारा सर्बसाधारणको घर खानतलासीप्रति आपत्ति

काठमाडौं , १ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले प्रशासनले बिभिन्न बहानामा सर्बसाधारणको घर खानतलासी गरेको प्रति आपत्ति जनाएको छ । नेकपा ताप्लेजुङका जिल्ला इन्चार्ज सक्कलले शनिबार बिज्ञप्ति जारि गर्दै केहि दिनअघि जिल्लाको फक्ताङ्लुङ गाउँपालिका २ नम्बर वडा, खेजेनिममा प्रशासनद्वारा बिभिन्न बहानामा सर्बसाधारणको घर खानतलासी गरि त्रास फैलाउने काम गरेको प्रति आपत्ति जनाएका हुन् । यस्तै […]

२०७६ बैशाख १ गते, आईतवार