मुख्य समाचार

भारतले नेपाली रेडियो प्रशारणमा रोक लगायो

काठमाडौं, ६ कार्तिक । भारतको दैनिक अखबार ‘हिन्दूस्तान टाइम्स’ का अनुसार भारतले नेपाली रेडियोबाट सीमा सुरक्षामा खतरा देखिएको भन्दै प्रशारणमा रोक लगाएको छ । उसले उत्तराखण्ड, उत्तर प्रदेश र बिहारसँग सीमा जोडिएका नेपाली क्षेत्रमा केही नेपाली रेडियोले भारतविरोधी प्रचार गरेका कारण प्रहरीले केबल अपरेटरलाई त्यस्ता रेडियो प्रशारण बन्द गराउन निर्देशन दिएको हो । नेपालसँग सीमा […]

२०७५ कार्तिक ६ गते, मंगलवार

चीनले कृत्रिम चन्द्रमा बनाउने

काठमाडौं, ४ कार्तिक । चीनले सन् २०२० सम्ममा फेक मुन अर्थात् ‘कृत्रिम चन्द्रमा’ बनाउने भएको छ । चीनको सरकारी पत्रिका पिपुल्स डेलीले जनाए अनुसार चीनको एक कम्पनीले सन् २०२० सम्ममा सडकका बत्तिलाई विस्थापित गर्दै राती आकाश उज्यालो बनाउने गरिको कृत्रिम चन्द्रमा बनाउने घोषणा गरेको छ । यस्तो कृत्रिम चन्द्रमा चीनको आकाशबाट हरेक रात देख्न सकिने […]

२०७५ कार्तिक ४ गते, आईतवार

एसपी विष्टलाई निष्काशन गर्न सिफारिस

काठमाडौं, ४ कार्तिक । प्रहरी प्रधान कार्यालयले निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए […]

२०७५ कार्तिक ४ गते, आईतवार

नक्कली नोट बनाउने कारखाना !

काठमाडौं, ४ कार्तिक । महानगरीय प्रहरी परिसर काठमाडौंले रातोपुलमा नक्कली नोट बनाउने कारखाना भेटिएको जनाएको छ । गएराति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेपछि खोजी गर्दा नक्कली नोट बनाउने कारखाना नै फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले ३ लाख नेपाली रुपैयाँ नक्कली नोट पनि बरामद गरेको प्रहरी प्रवक्ता मोहन थापाले जानकारी दिए । […]

२०७५ कार्तिक ४ गते, आईतवार

डलरकाे भाउ घट्याे

काठमाडौं , ३ कार्तिक । राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ६२ पैसा तोकेको छ । हिजो १ अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ६ पैसा थियो । केही दिनयता बढिरहेको अमेरिकी […]

२०७५ कार्तिक ३ गते, शनिबार

आज विजयादशमी, टिकाको साइत ०९ः५१ मा

काठमाडौं , २ कार्तिक । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दसैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाईन्छ । आज विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ः५१ बजेदेखि जुरेको […]

२०७५ कार्तिक २ गते, शुक्रबार

दशैँमा उपत्यकाभित्र निशुल्क बस सञ्चालन

काठमाडौं , ३१ असोज । नेपाल प्रहरीले अाजबाट काठमाडाैँ उपत्यकाभित्र निशुल्क बस सञ्चालन गरेकाे छ । टीकाकाे दिनसम्म तीन दिन चल्ने बसमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सर्वसाधारणले निःशुल्क यात्रा गर्न पाउनेछन् । नेपाल प्रहरीले जनाए अनुसार निःशुल्क बस ३ वटा रुटमा नियमित चल्नेछन् । प्रहरीले अष्टमी, नवमी र दशमीसम्म राजधानीका मुख्य तीन रुटमा […]

२०७५ आश्विन ३१ गते, बुधबार

वडाध्यक्षको खुकुरी प्रहारबाट पत्रकार घाइते, दोषीलाई कारबाही नगरे अान्दोलन

काठमाडौं , ३० असोज । प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष टेक बहादुर भट्टराईको आकमणमा परी सख्त घाइते भएका पत्रकार केन्द्रप्रकाश पिविलाई थप उपचारका लागि आज मध्ये राती नै लुम्बिनी अंचल अस्पताल बुटवलमा ल्याईएको छ । बुटवलमा उपचाररत स्वर्गद्वारी माडी मिडिया ग्रुप प्रालिका अध्यक्ष, माडी खबर साप्ताहिक पत्रिकाका सम्पादक तथा क्रान्तिकारी पत्रकार […]

२०७५ आश्विन ३० गते, मंगलवार

बुटवलको ‘रातो घर’लाई नेकपाले स्मृती भवन बनाईने

काठमाडौं , ३० असोज । नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले विगतदेखी प्रयोग गर्दै आएको आफ्नो पार्टी कार्यालय ‘रातो घर’लाई सहिद स्मृती भवन बनाउने भएको छ । १० बर्षे महान जनयुद्ध लगायतका आन्दोलनहरुमा बलिदान दिने रुपन्देहीका झण्डै ७० जना सहिदहरुको स्मरणमा नेपाल कम्युनिष्ट पार्टीले सहिद स्मृती भवन निर्माण गर्न लागेको हो । सोमबार नेकपाको पार्टी कार्यालय रुपन्देहीको […]

२०७५ आश्विन ३० गते, मंगलवार

मलेसिया र नेपाल एमओयूमा हस्ताक्षर गर्दै

काठमाडौं , २८ असोज । मलेसिया सरकारले नेपाली श्रमिक आपूर्तिका लागि पठाएको समझदारी–पत्र (एमओयू) मा दुवै देशका सरकारी अधिकारीबीच कात्तिक १२ गते हस्ताक्षर हुने भएको छ । हस्ताक्षरका लागि मलेसियाका मानव संशाधन मन्त्री कुलासेगरन नेपाल आउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको हो । एमओयू मस्यौदामाथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छलफल […]

२०७५ आश्विन २८ गते, आईतवार