मुख्य समाचार

अखिल क्रान्तिकारीका नेतालाई अस्पतालवाट गिरफ्तार

काठमाडौं, १७ जेठ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रामबहादुर तिरुवालाई प्रहरीले गिरफ्तार गरेको छ । आज दिउँसो लालितपुरस्थित किष्ट हस्पिटलबाट गिरफ्तार गरेको अखिल क्रान्तिकारीले बताएको छ । अखिल क्रान्तिकारीले तिरुवालाई तत्काल विना सर्त रिहाईको माग गर्दै रिहा नगरे कडा अान्दोलनमा जाने बताएको छ ।

२०७४ जेष्ठ १७ गते, बुधबार

एसपीद्वारा नेकपाका नेता-कार्यकर्तालाई अपराधीको संज्ञा

काठमाडौं, १७ जेठ । स्थानीय तहको निर्वाचन बहिस्कारको अभियानमा उत्रिएका नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यलय कैलालीले अपराधी संज्ञा दिई थुनामा राखेको छ । कैलाली जिल्लामा नेकपाका कार्यकर्ताहरु विभिन्न ठाउँबाट गरि हालसम्म १३ जनालाई थुनामा राखेको जिल्ला प्रहरी कार्यलयका एसपी अर्जुन चन्दले अपराधी नै हुन् भनी ठोकुवा गर्दै विभिन्न मुद्धा चलाई थुनामा राखेका हुन् […]

२०७४ जेष्ठ १७ गते, बुधबार

एमालेद्वारा सर्वदलीय बैठक वहिष्कार

काठमाडौं, १६ जेठ । नेकपा एमालेले आज बोलाइएको सर्वदलीय बैठक बहिस्कार गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनका लागि बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको हो । देउवाले ससदमा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बोलाएर सहमतीय सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका थिए । […]

२०७४ जेष्ठ १६ गते, मंगलवार

‘कृष्ण सेन निरन्तर क्रान्तिका योद्धा’

काठमाडौं, १३ जेठ । नेपाल कम्युनिस्ट पार्टीका नेता एवं स्थायी समिति सदस्य सन्तोष बुढा ‘विषम’ले पत्रकार कृष्ण सेन ‘इच्छुक’ निरन्तर क्रान्तिका योद्धा भएको बताएका छन् । दलाल संसदीय व्यवस्थाले थोपरिरहेको स्थानीय चुनाव खारेजीको सन्दर्भमा सेनको योगदानको स्मरणले क्रान्तिकारीहरुलाई ऊर्जाशील बनाउने बताए । १५औं कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवसमा अखिल नेपाल जनसाँस्कृतिक महासंघ उपत्यका विशेष ब्यूरोले […]

२०७४ जेष्ठ १३ गते, शनिबार

आज कृष्ण सेन स्मृति दिवस

काठमाडौं, १३ जेठ । आज जेठ १३ गते , १५ औं कृष्ण सेन इच्छुक स्मृति दिवस । आज देशैभरी विभिन्न कार्यक्रम गरी पत्रकार तथा साहित्यकार शहिद कृष्ण सेन इच्छुकको १५ औं स्मृति दिवस मनाइदैँछ । कृष्ण सेन इच्छुकको महेन्द्र पुलिस क्लबका तत्कालिन डिआइजी अमरसिंह शाह, तत्कालिन नगर प्रहरी प्रमुख बिक्रम सिंह थापालगायतको टोलीले २०५९ जेठ […]

२०७४ जेष्ठ १२ गते, शुक्रबार

मन्त्रीले घुस नपाएपछि …

काठमाडौं, १२ जेठ । सहरी विकास मन्त्री अर्जुननर सिंह के.सी.ले कर्मचारीसँग घुस मागेको खुलासा भएको छ । उनले मागेजति घुस दिन कर्मचारी तयार नभएपछि झोंकमा एक महाप्रबन्धकलाई पदबाट हटाइदिएका छन् । महाप्रबन्धक भएर बस्ने भए ५० लाख चाहिन्छ भनेर मन्त्री के.सी.ले घुस मागेका थिए । तर के.सी.ले ५० पैसा समेत पाएनन् । घुस नदिएपिछ उनलाइ […]

२०७४ जेष्ठ १२ गते, शुक्रबार

नेकपाका जिल्ला नेता गिरफ्तार

काठमाडौं, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरका जिल्ला सेक्रेटरी अर्जुन दयाललाई प्रहरीले गिरफ्तार गरेको छ । विहीबार प्रहरीले सुडास्थित घरबाटै गिरफ्तार गरेको हो । नेकपाका कञ्चनपुर इन्चार्ज अग्नीले विज्ञप्ति जारी गरेर सेक्रेटरी दयाल जनताको घर निर्माणमा सहयोग गरिरहेको बेला गिरफ्तार गरेको बताएका छन् । बिना कारण गिरफ्तार गरिएका सेक्रेटरी दयाललाई तत्काल रिहा गर्न समेत […]

२०७४ जेष्ठ १२ गते, शुक्रबार

‘प्रचण्डको राजीनामा भारतीय ईशारामा ‘

काठमाडौ, ११ जेठ । भारतबाट प्रकाशित हुने द हिन्दुस्तान टाईम्सले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा भारतीय ईशारामा भएको उल्लेख गरेको छ । प्रचण्ड भारततिर ढल्किएको र शक्तिको साझेदारीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासित मिलेको उल्लेख गरेको छ । सो पत्रिकाले मधेशीहरुले माग राखेअनुसार संविधान संशोधन गरेर अर्को चरणको निर्वाचन गर्ने सहमतिमा सरकारको नेतृत्व […]

२०७४ जेष्ठ ११ गते, बिहीबार

‘कर्मचारीकै कारण मालकोट घटना'(प्रतिवेदनसहित )

काठमाडौं, १० जेठ । कालिकोटको मालकोट घटना निर्वाचन कर्मचारीकै कारण भएको खुलासा भएको छ । चुनाव खारेजी अभियानमा रहेका स्थानीय मतदाताको नाममा मत खसालेपछि उत्पन्न भएको विवादलाई निर्वाचन अधिकृतले बेवास्ता गरेकै कारण मालकोटको सेरापाटास्थित नन्दादेवी माविमा राखिएको मतदान केन्द्रमा गत बैशाख ३१ गते उक्त हत्याकाण्ड भएको खुलासा भएको हो । घटनाको स्थलगत अध्ययन गर्न अधिवक्ता […]

२०७४ जेष्ठ १० गते, बुधबार

नेकपाद्वारा घरजग्गा कब्जा

काठमाडौं, १० जेठ । नेपाल कम्युनिष्ट पार्टी झापाले घरजग्गा कब्जा गरेको छ । साथै उसले झापामा जनसरकार लागू भएको जिकिर गरेको छ । राजनीतिक दलहरु स्थानीय तह निर्वाचनमा तल्लिन रहेका समयमा नेकपाले धमाधम आफ्नो जनसत्ता स्थापना गर्ने र लागू गर्ने कार्यमा सकृय बनेको छ । यसैक्रममा सो पार्टीको झापा जिल्लाले गौरादह साविक ८ का इलाइ […]

२०७४ जेष्ठ १० गते, बुधबार