मुख्य समाचार

राष्ट्रिय स्वाधिनताको विपक्षमा सास रहुन्जेल सम्झौता गर्देनौ: गौरब

काठमाडौं । मे दिवसको अवसरमा झापाको बिर्तामोडमा पार्टीले आयोजना गरेको कार्यक्रममा नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले मंसिरमा पनि संविधानसभाको निर्वाचन हुन नसक्ने बताएका छन् । संबिधानसभाको निर्वाचनले यसअघिका सरकारले गरेका राष्ट्रघाती सन्धी–सम्झौतालाई बैधानिकता दिने भएकाले निर्वाचन हुनै नदिने उनले बताए । उपाध्यक्ष गौरबले संविधानसभाबाट संविधान नआउने प्रमाणित भईसकेको अवस्थामा फेरी चुनावको कुरा गर्नुको कुनै अर्थ […]

२०७० बैशाख १९ गते, बिहीबार

अव राष्ट्रघातिहरूविरुद्ध लडाइँ हुनेछ: विप्लव

काठमाडौं । एकसय चौबिसौ मे दिवसको अवसरमा नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द बिप्लवले सेना, प्रहरी, देशभक्त जनता र आफ्नो पार्टी मिलेर राष्ट्रियताको लडाइँ लड्नुपर्ने बेला आएको बताएका छन ।अखिल नेपाल टे्रड युनियन महासङ्घले मे दिवसको >सरमा आयोजना गरेको कार्यक्रममा सम्वोधन गर्दै सचिव बिप्लवले नेपालबाट विदेशीका दलालहरूलाई लखेट्न आवश्यक रहेको उल्लेख गरे। उनले भने -” देश गुमे […]

२०७० बैशाख १९ गते, बिहीबार

मजदुर दिवस मनाइदै

काठमाडौं, आज १ सय २४ औं अन्तराष्ट्रिय मजदूर दिवस, मजदूर दिवसको अवसरमा सरकारले सार्बजनिक विदा दिएको छ। अमेरिकाको सिकागो सहरमा मजदुहरुले आठ घण्टा काम र आठ घण्टा आरामको नारा सहित गरेको आन्दोलन सफल भएको दिनको सम्झनामा सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिकमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो। नेपालमा भने २००३ […]

२०७० बैशाख १८ गते, बुधबार

३३ दलले दल दर्ता प्रक्रिया बहिस्कार गर्ने

काठमाडौं । मंगलबारबाट सुरु भएको दल दर्ता प्रक्रिया नेकपा-माओवादीसहितका ३३ दलले बहिस्कार गर्ने भएका छन् । माओवादी पार्टी कार्यालय बुद्धनगरमा बसेको ३३ दलको बैठकले २५ बुँदे बाधा अड्काउ फुकाउ ओदश खारेज नभएसम्म दल दर्ता नगर्ने निर्णय गरेको हो । ‘चैत्र १ गतेको २५ बुँदे प्रतिगामी र असंवैधानिक आदेश बदर नहुँदासम्म कुनैपनि दलले दल दर्ता नगर्ने […]

२०७० बैशाख १७ गते, मंगलवार

एमाओवादी र एमालेबीच झडप

काठमाडौ । निर्वाचन आयोगमा पार्टी दर्ताको बिषयलाइ लिएर एकीकृत नेकपा माओवादी र एमालेबीच झडप भएको छ । निर्वाचन आयोगमा पार्टी दर्ताको बिषयलाई लिएर दुई पार्टीबीच झडप भएको हो । पहिलो नम्बरमा पार्टी दर्ता गर्न पाउनु पर्ने भन्दै एमाले र माओवादी कार्यकर्ताबीच निर्वाचन आयोग परिसरमै झडप भएको हो । पहिलो नम्बरमा पार्टी दर्ता हुनु पर्ने माग […]

२०७० बैशाख १७ गते, मंगलवार

अवैधानीक माहबाणिज्य दुताबास खारेज गर: ३३ दल

काठमाडौं , नेकपा माओवादी लगायतका ३३ दलले आज भारतीय दुतावासमा बिरोध पत्र बुझउँदै अवैधानीक ढंगले स्थापना गरेको माहबाणिज्य दुताबास खारेज गर्न माग गर्दै छन् । माओवादी लगायत ३३ दलले बिराटनगरमा भारत सरकारले माहबाणिज्य दुताबास खारेज गर्न माग गरेका हुन् । दिउसो २ बजे र्याली सहित दुतावासको कार्यालय लैनचौरमा पुगि बिरोध पत्र बुझाउने नेकपा माओवादीले जनाएको […]

२०७० बैशाख १६ गते, सोमबार

नेकपा-माओवादीमा थप भएका वैकल्पिक केन्द्रीय समिति सदस्यहरु

काठमाडौ, । नेकपा-माओवादीले केन्द्रीय समितिमा १ सय ८ जना वैकल्पिक केन्द्रीय सदस्य थप गरी जम्मा १५१ जनाको पूर्ण केन्द्रीय समिति बनाएको छ । माओवादीले सल्लाहकार समितिमा पनि केही सदस्य थप गरेको छ । थप गरीएका वैकल्पिक केन्द्रीय समिति सदस्य र थप भएका सल्लाहकार सदस्यहरु: वैकल्पिक केन्द्रीय समिति सदस्य : १) शरद सिंह भण्डारी २) शंकर […]

२०७० बैशाख १४ गते, शनिबार

वार्ताको कुनै औचित्य छैन : माओवादी

काठमाडौं , नेकपा – माओवादीले सरकारले प्रस्ताव गरेको वार्ताको कुनै औचित्य नभएको प्रष्ट पारेको छ ।वर्तमान सरकार ‘असंवैधानिक’ भएको भन्दै माओवादीले चुनावी विषयमा वार्तामा नबस्ने स्पष्ट पारेको हो । ‘असंवैधानिक सरकारद्वारा प्रायोजित निर्वाचनका विषयमा मात्र गरिने वार्ताको कुनै औचित्य नहुने भएकाले हामी वार्तामा बस्न असमर्थ रहेको जानकारी गराउन चाहन्छौँ,’ माओवादी अध्यक्ष वैद्यद्वारा जारी विज्ञप्तीमा भनिएको […]

२०७० बैशाख ८ गते, आईतवार

माओवादीको नेतृत्वमा आन्दोलनको घोषणा

काठमाडौं , नेकपा-माओवादीलगायत ३३ दलीय मोर्चाले औपचारिकरुपमै सरकारको वार्ता प्रस्ताव अस्वीकार गर्दै चौथो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । माओवादीको पार्टी कार्यालयमा सम्पन्न मोर्चाको कार्यदलको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो । आन्दोलनका क्रममा चुनाबी प्रक्रियालाई रोक्नेदेखि लिएर लैनचौरस्थित भारतीय दूताबास घेराऊसम्म गर्ने भएको छ । आन्दोलनका कार्यक्रमहरु यस प्रकार रहेको छ : -बैशाख […]

२०७० बैशाख ७ गते, शनिबार

दमन गरेर त हेर, परिणाम कस्तो निस्कन्छ: बिप्लब

काठमाडौ, । नेकपा-माओवादी सचिव नेत्रविक्रम चन्द ‘बिप्लब’ले आफूहरूको आन्दोलनलाई दमन गर्ने प्रयास गरे बन्दुक उठाउन तयार रहेको चेतावनी दिएका छन । नेकपा-माओवादीलगायत ३३ दलद्वारा आयोजित विरोधसभामा सचिव ‘बिप्लब’ले भने, ‘दमन गरेर त हेर, परिणाम कस्तो निस्कन्छ।चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मी नेतृत्व सरकारको खारेजी नभएसम्म वार्तामा नबस्ने उनले बताए । असंवैधानिक जगमा बनेको सरकारसँग वार्तामा बस्नुको […]

२०७० बैशाख ५ गते, बिहीबार