मुख्य समाचार

वार्ता र आन्दोलन सँगसँगै : ३३ दलीय मोर्चा

काठमाडौँ, ४ भदौ । आन्दोलनरत तेत्तीस दलीय मोर्चाको बैठकले वार्ता प्रक्रिया र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय गरेको छ ।नेकपा–माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको मोर्चाको बैठकले सरकारसँग हिजो वार्तामा सरकार नकारात्मकरुपमा प्रस्तुत भएको ठहर गर्दै आन्दोलनलाई अगाडि बढाउने निर्णय गरेको बताइएको छ ।आजको बैठकमा सरकार र उच्चस्तरीय राजनीतिक समितिसँगको वार्ताको क्रममा भएको प्रगति र छलफलबारे वार्तामा […]

२०७० भाद्र ४ गते, मंगलवार

३३ दलिय मोर्चाको बैठक बस्दै

काठमाडौं, ४ भदौ । नेकपा-माओवादी नेतृत्वको३३ दलिय मोर्चाको बैठक आज बस्दैछ । नेकपा-माओवादीको पार्टी कार्यलय बुद्धनगरमा अपरान्ह ३ बजेपछि बस्ने बैठकमा सरकार र उच्चस्तरिय राजनीतिक समितिसँग भएको बार्ताका बिषयमा छलफल हुने बताइएको छ ।साथै बैठकले मोर्चाको आगामी रणनीति पनि तय गर्नेछ । मोर्चाले हिजो सरकारसँग भएको वार्तामा राजनीतिक निकाशका लागि निर्वाचन प्रक्रिया स्थगन गरी गोलमेच […]

२०७० भाद्र ४ गते, मंगलवार

माओवादी मोर्चा र सरकारबीचको वार्ता निष्कर्षहिन

काठमाडौँ, ३ भदौ । नेकपा—माओवादी नेतृत्वको मोर्चा र सरकारबीचको वार्ता विना निष्कर्ष सकिएको छ ।करिब ३ घण्टा चलेका छलफलमा चुनाव सार्ने विषयमा कुरा नमिलेपछि वार्ता विना निष्कर्ष सकिएको माओवादी सचिव देव गुरुङले जानकारी दिए । वार्तामा सरकारले मंसिर ४ मै चुनाव हुनु पर्ने अडान राखेपछि मोर्चाका सहभागि दलहरुले वार्ताको औचित्य सकिएको भन्दै आपत्ति जनाएका थिए […]

२०७० भाद्र ३ गते, सोमबार

१८ बुँदे माग पुरा गरिए चुनाब हुन्छ : गौरव

जनकपुर,३ भदौ – नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरवले आफुहरुको माग पुरा गरेपनि मंसिर ४ गते चुनाब हुन नसक्ने बताएका छन । आज बिहान जनकपुरमा भएको पत्रकार सम्मेलनमा उनले मोर्चाले राखेको १८ बुँदे माग पुरा गरिए चुनावको मिति पनि सार्नुपर्ने भएकाले मंसिर ४ चुनाव नहुने निश्चित रहेको बताए ।सरकारले जवरजस्ती बल प्रयोग गरी चुनाव गराउने प्रयास […]

२०७० भाद्र ३ गते, सोमबार

सरकार र ३३ दलिय मोर्चा बिच आजपनि बार्ता हुने

काठमाण्डौं, २ भर्दौ। सरकारर नेकपा-माओवादीसहितका ३३ दलिय मोर्चाबीच आजपनि वार्ता हुने भएको छ ।आज दिउँसो शान्ति कोषको सचिवालय बबरमहलमा हुने वार्तामा यसअघि भएको छलफललाई आधार बनाएर कुराकानी हुनेछ ।यसअघि भएका २५ र ११ बुँदे सहमतिको संसोधन, समानुपातिक सिट संख्या लगायतका विषयमा पनि आज छलफल हुनेछ । राष्ट्रिय सहमतिका साथ चुनावमा जान सरकार सकारात्मक रहेकाले आज […]

२०७० भाद्र २ गते, आईतवार

चुनाव नाटक हो, धोका हो: प्रकाण्ड

संखुवासभा, ३२ साउन- नेकपा-माओवादी संखुवासभाले दोस्रो संविधानसभा चुनावलाई औचित्यहिन भएको दावी गर्दै सशक्त रुपमा निर्वाचन बहिस्कार आन्दोलनको उद्घाटन गरेको छ। सो कार्यक्रमको उद्घाटन माओवादी नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले संखुवासभा जिल्ला सदरमुकाम खाँदवारीमा एक सभाको बीचमा गरे । उनले सोही कार्यक्रमको उद्घाटन गर्दै भने, ‘प्रचण्ड, सुशिल कोइराला र झलनाथजीहरुले नेपाली जनता र नेपाललाई धोका दिएर नयाँ […]

२०७० श्रावण ३२ गते, शुक्रबार

सहमतिमा नआए संघर्षमा जान्छौः विप्लव

पोखरा, ३२ साउन । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले सबै राजनीतिक दलहरूबीच उच्चस्तरीय सहमति मा नआए पार्टी सङ्घर्षमा जाने बताएका छन् ।संयुक्त आन्दोलन परिचालन समिति तमुवानद्वारा पोखरामा आयोजना गरिएको अन्तरक्रियामा उनले संविधानका अन्तरवस्तुबारे पहिला प्याकेजमा सहमति हुनुपर्नेमा जोड दिए ।विश्वका धेरै मुलुकमा संविधानसभाबाहेक सहमतिबाट पनि संविधान बनेका र ती संविधान वषौंसम्म चलेको उदाहरण पेस गर्दै […]

२०७० श्रावण ३२ गते, शुक्रबार

विमानस्थलका घुस्याहा कर्मचारी अख्तियारको फन्दामा

काठमाडौं ,३२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई शाखा अधिकृत घुस लिएकै बेलामा रंगे हात पक्राउ परेका छन् । पक्राउ पर्नेमा शाखा अधिकृत मिनर्भा अधिकारी र शान्तराज रेग्मी रहेका छन् ।गैरकानूनी फाइदा हुने गरी रकम लिई आफूसँग राखेका छन् भन्ने प्राप्त सूचनाका आधारमा अख्तियारको विशेष टोलीले खनतलासी गरेको थियो । […]

२०७० श्रावण ३२ गते, शुक्रबार

३३ दलिय मोर्चासग वार्ता हुँदै

काठमाडौं, ३२ साउन । उच्चस्तरीय राजनीतिक समिति र नेकपा–माओवादीसहितको ३३ दलिय मोर्चावीच आज वार्ता हुने भएको छ ।हिजो मधेसी मोर्चासँगको वार्ताका कारण स्थगित वार्ता आज हुन लागेको हो । वार्तामा ३३ दलीय माओवादी नेतृत्वको मोर्चाले मंसिर ४ गतेका लागि तय गरिएको चुनावको मिति सानुपर्ने र नयाँ बन्ने संविधानका अन्र्तवस्तुलाई पनि पहिला नै सहमति जुटाउनुपर्ने अडान […]

२०७० श्रावण ३२ गते, शुक्रबार

चुनावको मिति सार्न तयार

काठमाडौं,३० साउन – नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चासँगको वार्तामा उच्च स्तरीय राजनीतिक समिति चुनावको मिति सार्न तयार भएको छ । मोर्चाले चुनाव सार्न माग गरेपछि समितिले अहिलेकै विधि र प्रकृयामा हुने चुनावमा भाग लिने हो भने आफू चुनाव सार्न तयार रहेको बताएको छ । वार्तापछि पत्रकारसित कुरा गर्दै एमाले नेता रघुजी पन्तले नेकपा माओवादी […]

२०७० श्रावण ३० गते, बुधबार