मुख्य समाचार

३३ दलिय मोर्चा बार्तामा नजाने

काठमाडौ, १५ साउन – नेकपा–माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले उच्चस्तरीय राजनीतिक समितिसँग वार्ता नगर्ने निर्णय गरेको छ ।नेकपा–माओवादीको कार्यालय बुद्धनगरमा आज बसेको बैठकले समितिले पठाएको पत्र राजनीतिक प्रकृतिको नभएको भन्दै मोर्चाले वार्तामा नबस्ने निर्णय गरेको हो । संविधानसभा चुनावलाई मात्रै केन्द्रीत गरेर समितिले पत्र पठाएको भन्दै आफूहरुको समग्र राजनीतिक मुद्धाबारे छलफल तय गर्न तयार नदेखिएको […]

२०७० श्रावण १५ गते, मंगलवार

माओवादी कार्यकर्तामाथि प्रहरी धरपकड

काठमाडौ, १५ साउन – नेकपा–माओवादीका दुईजना कार्यकर्तामाथि प्रहरीले धरपकड गरि पक्रेको छ । ललितपुरको कुपण्डोलबाट राज्य समिति सदस्य श्याम बर्जाचार्य र सिर्जना रार्ई चुनाब विरोधी प्रचार प्रसार गरेको भन्दै प्रहरीले पक्राउ गरेको नेकपा–माओवादीले जनाएको छ ।भित्तेलेखनमा रहेका नेकपा–माओवादी कार्यकर्तालाई प्रहरीले लाठी प्रहार गरेपछि केहीबेर झडप भएको थियो । झडपमा ७ जना घाईते भएका छन् । […]

२०७० श्रावण १५ गते, मंगलवार

माओबादी नआएसम्म निर्वाचन हुन सक्दैन : शेखर

काठमाडौं ,१४ साउन, । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको लहडमा मुलुक चल्दा समस्या उत्पन्न भएको भन्दै रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु पर्ने बताएका छन् । रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिने र संविधानसभाको संख्या तथा अनुपात पुरानो बनाउने वित्तिकै उपेन्द्र यादव र अशोक राई निर्वाचनमा आउने भन्दै उनले त्यसले नेकपा-माओवादीलाई निर्वाचनमा आउन बाध्य […]

२०७० श्रावण १४ गते, सोमबार

‘ प्रचण्ड ‘जथाभाबी नबोल्नुस्:महरा

पाल्पा,१३ साउन – एकीकृत नेकपा माओबादीका केन्द्रीय सदस्य जोगबहादुर महराले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जथाभाबी अरु दललाई गाली नगर्न सुझाब दिएका छन् ।आज पाल्पाको तानसेनमा भएको कार्यक्रममा पूर्ब सभासद महराले नेताहरुले जथाभावी बोल्दा सहमति र समझदारीमा अफ्ठेरो पर्ने भन्दै सचेत गराएका हुन् । बनेपामा प्रचण्डले नेकपा–माओबादीलाई इन्गित गर्दै ‘चुनाब भाड्न केही स्यालहरु गाउँ पसेको […]

२०७० श्रावण १३ गते, आईतवार

भुमाफियालाइ कालोमोसो

काठमाडौं, ११ साउन।राष्ट्रिय जनस्वयंसेवक व्युरोले भुमीराज निरौलामाथी कारवाही गरेको छ । काठमाडौको कान्तिपुर पव्लीकेसन अगाडी निरौलामाथी कालोमोसो दलिएको जनस्वयंसेवकले जनाएको छ । निरौला भुमाफिया, दलाल र विभिन्न किसिमका विकृतिमा संलग्न भएकाले उनिमाथी जनकारवाही गरिएको राष्टिय जनस्वयंसेवकका अध्यक्ष उदय वहादुर चलाउनेले जानकारी दिए ।निरौला ले पुर्व क्षेत्रको इटहरी, काठमाडौ उपत्यका, चितवन, महोत्तरी लगायतका क्षेत्रमा भु माफियाको […]

२०७० श्रावण ११ गते, शुक्रबार

यथास्थितिमा चुनाव बहिस्कार गरिन्छ :किरण

काठमाडौं, १० साउन। नेकपा – माओवादीले पार्टी मुख्यालय बुद्धनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्य किरणले साउन १० देखि चुनाव बहिस्कारको प्रचारात्मक अभियान शुरु भएको जनाउँदै यथास्थितिमा चुनाव बहिस्कार गर्ने बताएका छन् । चारदलीय संयन्त्रले पठाएको पहिलो पत्र शर्तसहितको भएको र विहीबार प्राप्त दोस्रो पत्र सकारात्मक भएको उनले बताए । तर, सरकारले मंसिर ४ […]

२०७० श्रावण १० गते, बिहीबार

मत पेटिका फुटाएर सुरु भयो बहिस्कार आन्दोलन

काठमाडौं ,१० साउन। नेकपा-माओवादीले आजबाट संविधानसभा चुनाव बहिस्कार अभियान सुरु गरेको छ ।रत्नपार्क शान्तिबाटिकामा भएको बहिस्कार सभामा माओवादी महासचिव रामबहादुर थापा बादलले मत पेटिका फुटाएर आन्दोलनको सुरुवात गरेका छन् । सभामा प्रतिकात्मक रुपमा बनाइएको संविधानसभा निर्वाचन मत पेटिका बादलले हम्वरले हानेर फुटाएका थिए । यसैगरी , नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द बिप्लवले बिहीबार भक्तपुरमा निर्वाचनको बिरोधमा […]

२०७० श्रावण १० गते, बिहीबार

आजवाट चुनाव बहिस्कार आन्दोलन

काठमाडौं,१० साउन, । नेकपा-माओवादीले आजबाट संविधानसभा चुनाव बहिस्कार अभियान सुरु गर्दैछ । यथास्थितिको चुनाव बहिस्कार गर्ने पोखरा बैठकको निर्णय अनुसार माओवादीले आज देशभर एकसाथ आमसभा गरेर चुनाव बहिस्कार आन्दोलन सुरु गर्न लागेको छ । माओवादीका अनुसार आज दिउँसो २ बजेपछि काठमाडौंको शान्तिबाटिकामा हुने बहिस्कारसभालाई महासचिव रामबहादुर थापा बादलले सम्बोधन गर्ने छन् भने भक्तपुरमा हुने सभालाई […]

२०७० श्रावण १० गते, बिहीबार

कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुरको निधन

काठमाण्डौं,९ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको आज बिहान निधन भएको छ । उहाँको काठमाण्डौं मोडेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कम्युनिस्ट पार्टीका संस्थापक क.नरबहादुर कर्मचार्यको सम्मानमा क्षेप्यास्त्र साप्ताहिक ले २०६६ बैशाख २० गते प्रकाशित गरेको वहा को अन्तर्वार्ता यहा प्रस्तुत गरेका छौ । मार्क्सवाद, लेनिनवाद र माओवाद अनि र्सवहारा सांस्कृतिक […]

२०७० श्रावण ९ गते, बुधबार

सच्चा देशभक्तसँग संयुक्त मोर्चा बनाएर जान सकिन्छ : किरण

नुवाकोट , ८ साउन — नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले राष्ट्रियता,राष्ट्रिय स्वाधिनता र स्वाभिमानका लागि सहकार्य गर्न संसदवादी दलहरुभन्दा सच्चा देशभक्तसँग संयुक्त मोर्चा बनाएर जान सकिने बताएका छन्। पार्टी प्रशिक्षणका लागि नुवाकोट आएका उनले हिजोको पञ्चहरुदेखि राजावादी र विभिन्न पार्टीभित्र रहेका सच्चा देशभक्तसँग संयुक्त मोर्चा बनाएर जान सकिने उल्लेख गरे। नेकपा माओवादी नुवाकोटले आज बिदुरमा […]

२०७० श्रावण ८ गते, मंगलवार