मुख्य समाचार

समाजवादी माेर्चाकाे उद्देश्य दलाल पूँजीवादको अन्त्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सन्ताेष सी विषमले अहिले बनेकाे समाजवादी माेर्चाकाे मुख्य उद्देश्य दलाल पुँजीवादकाे अन्त्य गर्दै वैज्ञानिक समाजवाद सम्म पुग्ने रहेकाे बताएका छन्। आइतबार पुर्वी राेल्पाकाे अगुवा कार्यकर्ताहरूका लागि आयाेजित राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिदै यस्ताे बताएका हुन् । यसका साथै भुमण्डलिकृत साम्राज्यवाद विभिन्न बहानामा प्रत्यक्ष नेपालमा आइसकेकाले […]

२०८० असार ११ गते, सोमबार

नेकपा झापाद्वारा मिटरब्याजी नबराज विमलीको घर कब्जा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले झापा विर्तामोडका मिटरब्याजी नबराज विमलीको घर कब्जामा लिएको छ। महिनौंदेखि लघुवित्त, बैंक तथा बित्तीय संस्था र मिटरब्याजी विरुद्ध संघर्ष र चेतावनी दिँदै आएको उक्त पार्टीले आज विर्तामोडमा प्रदर्शन सहित विमलीको घर कब्जामा लिएको हो। नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सी को नेतृत्वमा गएका नेताकार्यकर्ताहरुले विमलिको घरमा कालो ब्यानर […]

२०८० असार ९ गते, शनिबार

समाजवादी विद्यार्थी मोर्चा घोषणा हुँदै

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी) केन्द्र,एकिकृत समाजवादी, जसपा संबद्ध संयुक्त विद्यार्थी संगठनहरुले असार १३ गते समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्ने भएका छन्। शुक्रबार चार वटा विद्यार्थी संगठनको वैठकले सो निर्णय गरेको हो। संयुक्त विद्यार्थी संगठनहरुको बैठकले चार राजनितिक दलहरुले घोषणा गरेको समाजवादी मोर्चाको स्वागत गर्दै विद्यार्थी समुदायको हक, अधिकारको संरक्षण र समाजवादी शिक्षा प्राप्तिको […]

२०८० असार ९ गते, शनिबार

युवा संगठन नेपालद्वारा राष्ट्रिय स्वाधीनताका लागि लाखौ हस्ताक्षर सङ्कलन

काठमाडौं । राष्ट्रिय स्वाधीनताका लागि तपाईंको योगदान भन्ने मूल नाराका साथ हस्ताक्षर अभियान थालेको युवा संगठन नेपालले लाखौ हस्ताक्षर सङ्कलन गरेको छ । एमसीसी सम्झौता खारेज गर्न र नेपालको लुम्बिनी क्षेत्र समेटी भारतीय साम्राज्यवादले कथित सांस्कृतिकका नक्सा प्रकाशन गरेको हुँदा उक्त नक्सा खारेजी, महङ्गी, भ्रष्टाचार, कमिसन, लघुवित्त मिटरब्याजीहरुको ज्यादतीका विरुद्ध र नक्कली भुटानी शरणार्थी प्रकरण […]

२०८० असार ९ गते, शनिबार

यी हुन् समाजवादी मोर्चाको सहमति पत्र तयार पार्ने नेता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मिलेर समाजवादी मोर्चा गठन भएको छ। उक्त मोर्चा गठनका निम्ति नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी, नेकपा माओवादी केन्द्रका महासचिव देब गुरुङ , नेकपा (एकीकृत समाजवादी) का नेता प्रनेश हमाल र जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठसहितको कार्यदल गठन […]

२०८० असार ८ गते, शुक्रबार

नेकपाका महासचिव विप्लव सी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रधानमन्त्री तथा नेकपा (माओवादी )केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा हालै गठन भएको समाजवादी मोर्चा नेपालको आगामी कार्यक्रम के कस्तो बनाउने भन्ने बारे कुराकानी भएको बताइएको छ। देशको राष्टिय स्वाधीनताको गम्भीर सवाल र विद्यमान आर्थिक ,राजनीतिक संकटको अग्रगामी […]

२०८० असार ७ गते, बिहीबार

नेकपाका महासचिव बिप्लव सी लगायतका नेता – कार्यकर्ता धान रोपाइँमा (भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव सी लगायतका नेता – कार्यकर्ता धान रोपाइँमा लागेका छन। महासचिव बिप्लव सी लगायतका नेता – कार्यकर्ता बुधबार बिहान ललितपुरको खुमलटारमा करिब ५ रोपनी जग्गामा धान रोपाइँ गरेका छन । नेकपा उपत्यका ब्युरोको सहयोगमा गरिएको उक्त धान रोपाइँ महासचिव बिप्लव सी ले धान रोप्दै सुरुवात गरेका थिए । उक्त […]

२०८० असार ६ गते, बुधबार

‘क्रान्तिकारी मजदुरहरु संघर्ष र उत्पादन दुबै मोर्चामा लड्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा ज व स फ्रयाक्सन इन्चार्ज उमा सी ले क्रान्तिकारी श्रमिकहरुले पेशागत हक हितको लागि संघर्ष र उत्पादन कार्यमा काम गर्नुपर्ने बताएकी छ्न। अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासँकाे एकता बिशेष बैठक लाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन।उक्त बैठकले पदाधिकारीलाई पुर्णता दिदै संगठन, सर्घष र […]

२०८० असार ६ गते, बुधबार

नेकपा केन्द्रिय कार्यालयद्वारा ललितपुरको खुमलटारमा धान रोपाइँ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय कार्यालयले ललितपुरको खुमलटारमा करिब ५ रोपनी जग्गामा धान रोपाइँ गरेको छ। नेकपा उपत्यका ब्युरोको सहयोगमा गरिएको उक्त धान रोपाइँ महासचिव बिप्लव सी ले धान रोप्दै सुरुवात गरेका थिए । उक्त धान रोपाइँमानेकपाका महासचिव विप्लव सी, स्थायी समिति सदस्य उमा सी, उपत्यका ब्यूरो इन्चार्ज कृतिलागायत पार्टीका केन्द्रिय सदस्य लगायत दर्जनौ […]

२०८० असार ६ गते, बुधबार

प्रतिगमन र यथास्थितिविरुद्ध एकताबद्ध हुन समाजवादी मोर्चा

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमन र यथास्थितिविरुद्ध एकताबद्ध हुन समाजवादी मोर्चा गठन भएको बताएका छन। सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दा अध्यक्ष नेपालले सो कुरा बताएका हुन्।अध्यक्ष नेपालले समाजवादी मोर्चा स्वार्थमा नबनेको बताएउदै केहीले भनेजस्तो कसैलाई तर्साउन वा कसैसँग मुकाबिला गर्न पनि मोर्चा नबनाएको दाबी गरे । उनले अगाडि भने, […]

२०८० असार ४ गते, सोमबार