बिज्ञान तथा प्रबिधि

तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य ४० प्रतिशत सम्पन्न

काठमाडौ २८ भदौ । तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य ४० प्रतिशत पूरा भएको छ ।पर्वत जिल्लामा मनाङ टेड लिङ्कले निर्माण गरिरहेको २० मेघावाट क्षमताको उक्त आयोजनाको २०६९ साउनदेखि निर्माण कार्य सुरु भएको थियो । आयोजनाको सुरुङ निर्माण कार्य ५७ प्रतिशतभन्दा बढी सकिएको छ । चार किलोमिटर लामो मुख्य सुरुङ मार्गको ५७ प्रतिशतभन्दा बढी काम […]

२०७२ भाद्र २८ गते, सोमबार

सामसुङको ‘ग्यालेक्सी ए ८’ नेपाली बजारमा

काठमाडौँ । कोरियाली स्मार्टफोन उत्पादक सामसुङले आफ्नो अहिलेसम्मको सवैभन्दा पातलो स्मार्टफोन ‘ग्यालेक्सी ए ८’ सोमबारदेखि नेपाली बजारमा बिक्री सुरु गरेको छ । ५.९ एमएम मोटाइ रहेको यो मोबाइल सामसुङले उत्पादन गरेका स्मार्टफोनमध्ये सवैभन्दा पातलो हो । ५.७ इन्चको एचडी डिस्प्लेयुक्त स्क्रिन रहेको यो मोबाइलमा १६ मेगापिक्सेल क्यामेरा प्रयोग गरिएको छ । ‘स्टाइलिस डिजाइन र पावरफुल […]

२०७२ भाद्र २६ गते, शनिबार

पत्रकार महासंघ आन्दोलित

काठमाडौ, २४ भदौ । ‘नेपालको संविधानको परिमार्जित विधेयक–२०७२’ प्रेस स्वतन्त्रताको हकको विभिन्न धाराप्रति असहमति जनाउँदै आएको नेपाल पत्रकार महासंघले आजदेखि आन्दोलन गर्दैछ । हिजो बसेको महासंघको बैठकले बन्दै गरेको संविधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बनेको निष्कर्ष निकाल्दै आन्दोलन गर्न लागेको जनाएको छ । आन्दोलनका कार्यक्रम अनुसार पत्रकार महासंघका सबै सदस्यहरूले एकैसाथ आज बिहान ११ […]

२०७२ भाद्र २४ गते, बिहीबार

असोजदेखि विद्युतीय शवदाह गृह

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले नेपालकै पहिलो विद्युतीय शवदाह गृह असोज १ देखि सञ्चालनमा ल्याउने भएको छ । वि.सं. २०६८ मङ्सिरमा सुरु भएको शवदाह गृह निर्माणको काम २०७० असार मसान्तमै सकिनुपर्ने थियो । बीचमा पटक–पटक समय थपिए पनि काम सकिएन । यसै वर्षको भदौ अन्तिम साता निर्माण सम्पन्न हुने भएपछि असोज १ देखि शवदाह […]

२०७२ भाद्र १९ गते, शनिबार

मङ्सिरभित्र सवारी चालक अनुमतिपत्र स्मार्ट कार्डमा

काठमाडौँ, १८ भदौ । सरकारले आगामी मङ्सिरभित्र सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्डमा परिणत गर्ने योजनालाई तोकिएको समयमा पूरा गर्ने भएको छ । ती परियोजनाअन्तर्गतका सबै कार्यक्रम आगामी फागुन–चैततिर सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुक्रबार सरोकार भएका निकायबीच भएको छलफलमा सचिव शान्तराज सुवेदीले सहज र सरल ढङ्गले सेवाग्राहीलाई सेवा प्रदान गर्न […]

२०७२ भाद्र १८ गते, शुक्रबार

पूर्वमा पानी पर्ने सम्भावना

काठमाण्डौ, १८ भदौ । मौसमविद् समिर श्रेष्ठले आज पूर्वका केही ठाउँमा मेघ गर्जन सहित भारी वर्षा हुनसक्ने बताएका छन । श्रेष्ठले पानी पार्ने न्यूनचापीय रेखा पूर्वी पहाड नजिकै रहेको र पश्चिम बंगालमा पनि पानी पार्ने प्रणाली विकसित भैरहेकाले पूर्वमा यसको असर देखिएको बताए । उनका अनुसार पश्चिममा भने यसको प्रभाव कम पर्ने भएकाले पानी पर्ने […]

२०७२ भाद्र १८ गते, शुक्रबार

गुगलले लोगो फेर्यो

काठमाडौं,१६ भदौ । गुगलले आफ्नो पुरानो लोगो फेरेर नयाँ लोगो जारी गरेको छ । नयाँ लोगो पुरानो जस्तै रंगिन भएपनि अक्षरको बनावट भने फरक छ । अहिले डेक्सटप भन्दा मोबाइलमा गुगल चलाउने बढेकाले लोगोमा परिवर्तन गर्न आवश्यक भएको गुगलले जनाएको छ । गुगलले आफ्नो आधिकारिक ब्लगमा लोगोमा हुने परिवर्तनका बारेमा घोषणा गर्दै नयाँ लोगो व्यवस्थित, […]

२०७२ भाद्र १६ गते, बुधबार

काबेलीको परिक्षण प्रसारण सुरु

काठमाडौं, भदौ १२ । १ सय ३२ के.भी.ए क्षमताको काबेली करिडोर प्रशारण लाइनको परिक्षण प्रसारण सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरणले करिडोर सम्पन्न भएपछि इलाममा सानीमा माई हाइड्रो पावरद्वारा उत्पादित २२ मेगावट विद्युत पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिने काबेली करोडोरका प्रवन्ध निर्देशक वसन्त कुमार नेम्बाङले जानकारी दिए । उनका अनुसार इलामको गोदकदेखि झापाको दमकसम्म […]

२०७२ भाद्र १२ गते, शनिबार

सामसुङको ग्यालेक्सी ट्याब ई सार्वजनिक

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा नयाँ ट्याब्लेट सार्वजनिक गरेको छ । कम्पनिले मध्य (मिड) रेञ्जको ग्यालेक्सी ट्याब ई सार्वजनिक गरेको हो । यो एण्ड्रोइड सञ्चालन प्रणालीमा आधारित ट्याब्लेट हो । ग्यालेक्सी ट्याब ईमा भ्वाइस कलिङ, क्यामरा, किड मोडलगायत सुविधा उपलब्ध छ । नयाँ ट्याब्लेटले नेपाली स्मार्ट उपकरण प्रयोगकर्ता माझ अत्यधिक लोकप्रियता पाउने सामसुङ नेपालको […]

२०७२ भाद्र १२ गते, शनिबार

बनस्पति ‘डटेलो’को तेलबाट राम्रो आम्दानी

काठमाडौ, १० भदौ । कालिकोट र जुम्लाका जंगलमा पाइने एक प्रकारको बनपस्ती झार ‘डटेलो’को तेलबाट यहाँका मानिसहरुले राम्रो आम्दानी लिने भएका छन् । जंगलमा पाइने यो तेल बिगतमा त्यत्तिकै खेर जाने गरेको भएपनि अहिले यहाँका किसानहरुले प्रसोधन गरेर काठमाडौंलगाएतका शहरमा यसको राम्रो माग भएका कारणले यसको राम्रो मुल्य पाउने भएका हुन् । कालिकोटका किसानहरुले जंगलमा […]

२०७२ भाद्र १० गते, बिहीबार