बिज्ञान तथा प्रबिधि

फाइजर र बायोएनटेकको खोपले स्वीकृती पाउने सम्भावना

काठमाडौं । जर्मनीका दुई उत्पादक कम्पनी फाइजर र बायोएनटेकले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको खोपलाई युरोपेली तथा अमेरिकी नियामक निकायले स्वीकृत प्रदान गर्ने सम्भावना रहेको छ । खोपलाई अमेरिकी तथा युरोपेली निकायले मध्य डिसेम्बरसम्ममा स्वीकृति प्रदान गर्ने उत्पादकका प्रमुख कार्यकारीले बताएका छन् । रोयटर्स टिभीसँगको कुराकानीमा खोप निर्माता तथा जर्मन बायोटेक्नोलोजी कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी उगुर […]

२०७७ मंसिर ४ गते, बिहीबार

बेर्न मिल्ने फोन !

काठमाडौं । ओप्पोले रोलेबल अर्थात बेर्नमिल्ने डिस्प्ले भएको कन्सेप्ट फोन ओप्पो एक्स २०२१ ल्याएको छ । यो रोलेबल डिस्प्ले भएको विश्वकै पहिलो फोन हो र एउटा टचबाट नै यसको डिस्प्लेको आकार बदल्न सकिन्छ । चिनियाँ प्रविधि कम्पनी इन्नो डे २०२० कार्यक्रमको दौरान ओप्पो एक्स २०२१ सार्वजनिक भएको हो । यसमा युनिक एक्सटेन्ड गर्न सकिने स्क्रिन […]

२०७७ मंसिर ३ गते, बुधबार

कोरोना भाइरसविरुद्ध मोडेर्नाको खोप ९५ प्रतिशत सुरक्षित !

काठमाडौं । कोरोना भाइरसविरुद्धको नयाँ खोप ९५ प्रतिशत सुरक्षित रहेको दावी गरिएको छ । अमेरिकी कम्पनी मोडेर्नाका अनुसार नयाँ खोपले कोभिड–१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कले देखाएको छ । फाइजर कम्पनीले विकास गरेको खोपका नतिजा सार्वजनिक भएलगत्तै आएको पछिल्लो परिणामबाट ती खोपले कोरोनाभाइरस महामारी अन्त्य गराउन सघाउने कुरामा आत्मविश्वास बढेको हो । […]

२०७७ मंसिर २ गते, मंगलवार

मेलम्चीको सुरुङमा पानी पठाउने तयारी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ । गत असारमा परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको हो । त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार त्रुटि सच्याउने काम मंसिरको […]

२०७७ कार्तिक ३० गते, आईतवार

‘स्मार्ट लाइसेन्स’का लागि १४ लाख कार्ड खरिद गरिदै

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक रामचन्द्र पौडेलले ‘स्मार्ट लाइसेन्स’ छपाइका लागि १४ लाख कार्ड खरिद गर्नका लागि केही समय पहिला ठेक्का आह्वान गरिएकामा प्राप्त आवेदनमा मूल्याङ्कन भइरहेको बताएका छन । उनले दुई वर्ष पहिले करिब १० लाख कार्ड खरिद गरेपछि यो वर्ष खरिद प्रक्रिया अघि बढाएको र अहिले विभागसँग झण्डै ६० हजार कार्ड मात्रै […]

२०७७ कार्तिक २९ गते, शनिबार

५१ वर्षीया महिलाले जन्माइन् नातिनी !

काठमाडौं । अमेरिकामा ५१ वर्षीया एक महिलाले नातिनिलाई जन्म दिएकी छिन् । जुली लोभिंगले नोभेम्बर २ मा इलिनोइस अस्पतालमा एक स्वस्थ बच्चालाई जन्म दिएकी हुन् । आफ्नी छोरी ब्रेना लकवुडका लागि उनले एक स्वस्थ बच्चाको जन्म दिएकी हुन् । नवजात शिशुको नाम ब्रायर जुलियट लकवुड राखिएको छ ।जुलीकी छोरी लकवुड र उनका पति आरोन बच्चाका […]

२०७७ कार्तिक २६ गते, बुधबार

फाइजरले बनाएको कोरोनाविरुद्धको खोप ९० प्रतिशत प्रभावकारी !

काठटमाडौं । अमेरिकी औषधी कम्पनी फाइजरले आफुहरुले बनाएको कोरोना भाइरसविरुद्धको खोप ९० प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ । विभिन्न ६ मुलुकका ४३ हजार मानिसमा गरिएको परिक्षण प्रभावकारी सावित भएको फाइजरले जनाएको छ । खोप अनुमोदनका लागि नोभेम्बरको अन्त्यसम्म सम्बन्धित निकायमा पेश गरिने फाइजरका अध्यक्ष डा.अल्बर्ट बोर्लाले बताए ।जर्मन कम्पनी बायोएन टेकसंगको सहकार्यमा फाइजरले बनाएको […]

२०७७ कार्तिक २५ गते, मंगलवार

आइस्पानको अध्यक्षमा सुधिर पराजुली चयन

काठमाण्डौ । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठनको रुपमा रहेको आइस्पानको अध्यक्षमा सुधिर पराजुली सर्बसम्मतरुपमा चयन भएका छन् । पराजुली सुबिसु केबलनेट प्रालिका अध्यक्ष हुन् । आज जूम मिटिङ्गमार्फत सुधिर पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हाे । पराजुलीको नेतृत्वमा १० सदस्यिय कार्यसमिति समेत गठन भएको छ । जसको उपाध्यक्षमा प्रमेश खरेल चयन भएका छन् भने […]

२०७७ कार्तिक १९ गते, बुधबार

इजरायलमा पनि कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सुरु

काठमाडौं । इजरायलले आइतबार एउटा कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन् । साथै इजरायल सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ ।“हामी सुरुङ्को अन्त्यमा प्रकाश देख्न सक्छौं,” प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अवीव नजिकै शेबा मेडिकल सेन्टरमा पत्रकारहरूसँग भन्नुभयो ।महामारीको सुरुमै नेतान्याहूले इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च ९आईआईबीआर० […]

२०७७ कार्तिक १७ गते, सोमबार

क्लिन फिडले पूर्णता पाउदै

काठमाडौं । बढीमा दुई हप्ताभित्र नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारण पूर्णरूपमा विज्ञापनरहित ‘क्लिन फिड’ कार्यान्वयनमा आउने भएको छ । क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा बन्द रहेको कतिपय विदेशी च्यानल बढीमा पन्ध्र दिनभित्र उपलब्ध गराउने तयारी टेलिभिजन वितरकहरुले गरेका छन् ।कात्तिक सात गतेदेखि नेपालमा विदेशी टेलिभिजन च्यानलहरू विज्ञापनरहित हुनुपर्ने व्यवस्था गरेकोमा त्यसको कार्यान्वयन […]

२०७७ कार्तिक १५ गते, शनिबार