उत्तर कोरियाद्वारा शक्तिशाली क्षेप्यास्त्र सार्वजनिक
काठमाडौं । उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ७५औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेडसँगै शक्तिशाली क्षेप्यास्त्र सार्वजनिक गरिएको छ । ‘आइसीबीएम’ नामको क्षेप्यास्त्रले अमेरिकासम्म मार हान्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उत्तर कोरियाली नेता किम जोङ उनले शत्रुको संभावित खतराबाट जोगिन युद्ध क्षमताको सुदृढीकरणका लागि हतियार प्रदर्शन गर्नुपरेको बताए । […]
२०७७ आश्विन २५ गते, आईतवार