अमेरिकाद्वारा कोरोना संक्रमितको उपचारमा रेम्डेसिभिर प्रयोग गर्न स्वीकृति

काठमाडौं । अमेरिकाले कोरोना भाइरस संक्रमितको उपचारमा एन्टिभाइरल औषधि रेम्डेसिभिरको प्रयोगका लागि पूर्ण स्वीकृति दिएको छ । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन ‘एफडिए’ले संक्रमितको उपचारमा प्रभावकारी देखिएको भन्दै औषधि प्रयोगको अनुमति दिएको हो । रेम्डेसिभिरले बिरामीको अस्पताल बसाई औषतमा पाँच दिनले कम गराएको पाइएको भन्दै उपचारमा त्यसको प्रयोगलाई पूर्ण स्वीकृति दिईएको एफडिएले जनाएको छ । […]
२०७७ कार्तिक ७ गते, शुक्रबार