राजनीति

नेकपाले देशमा परिवर्तन ल्याउछ भन्नेमा जनता बिश्वस्त छन् ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शितल सीले नेकपाले देशमा परिवर्तन ल्याउन सक्छ भन्ने जनताको बिश्वास रहेको बताएका छन् । बिहिवार नेकपा पश्चिम दाङको तुलसीपुर-१५ कन्ज्वारमा करिव २ बिघा जमिनमा धान रोपाइँको उद्घाटन गर्दै नेता शितल सीले उक्त कुरा बताएका हुन् । धान रोपाइँमा संक्षिप्त मन्तव्य राख्दै नेता शितल सीले भने– ‘आम जनताको बुझाईमा […]

२०८० असार २२ गते, शुक्रबार

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्नु भ्रष्टाचारविरोधी अभियान रोक्ने मनसाय

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले असार १५ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गर्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्नु भ्रष्टाचारविरोधी अभियान रोक्ने मनसाय भएको जनाएको छ।प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले एक विज्ञप्ति जारी गर्दै जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेश लगत्तै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको बताएको […]

२०८० असार २१ गते, बिहीबार

शिवगढीको हिलाम्य खेतमा फरफराईरहेका झण्डा नियाल्दा

काठमाडौं । मिर्मिरे विहानी हुँदै थियो । पूर्व क्षितिज खुल्दै थियो । कुखुराका भालेहरूले कुखुरी काँ को आवाज निकालिरहेका थिए । त्यो दिन शिवगढीमा असार १५ को धान दिवस थियो ! अथवा यसलाई एउटा श्रमउत्सवका रूपमा मनाउने दिन थियो ! म नेकपाका महासचिव विप्लव निवास शिवगढी नजिकै थिए । धान दिवसलाई उत्सवको रुपमा मनाउने भन्दै […]

२०८० असार २१ गते, बिहीबार

नेकपा र जि.प्र.का.अछामबीच वित्तीय संस्थाहरुलाई कानुन विपरीत कार्य गर्न नदिने सहमती

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अछाम र जिल्ला प्रशासन कार्यालय अछामबिच जिल्लामा देखिएका लघुबित्त संघ/ संस्थाहरुले कानुन बिपरित कर्जा लगानी र कर्जाको ऋण असुली लगाएतका कार्यहरू गर्न नदिने सहमति भएको छ।प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानेको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो।बैठकले “लघुवित्त तथा वित्तीय संघ संस्थाहरुले प्रचलिनत ऐन, नियम, […]

२०८० असार २१ गते, बिहीबार

‘एकीकृत जनक्रान्ती र कृषि उत्पादनबिच नङ र मासुको सम्बन्ध छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा उत्पादन संयोजक आधार सीले एकीकृत जनक्रान्ती र कृषि उत्पादनमा नङ र मासुको सम्बन्ध भएको बताएका छन् । नेकपाले देशभर गरिरहेको उत्पादन कार्यको बिसयमा डेलिन्युजराप्तीसंग फोन संवादमा बोल्दै नेता आधारले उक्त कुरा बताएका हुन् । उनले भने – ‘एकीकृत जनक्रान्ती भनेको जनताको जिवनलाइ बदल्ने कार्यदिशा हो । हामिले […]

२०८० असार २० गते, बुधबार

घोराही सिमेन्टको IPO रद्द गरी सर्वसाधारण जनताको लगानी फिर्ता गर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ललितपुरले घोराही सिमेन्टको आईपीओ रद्द गर्न माग गरेको छ। सो पार्टीले मंगलवार नेपाल धितो पत्र बोर्ड खुमलटार पुगी बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठ समक्ष ज्ञापनपत्र बुझाउँदै विना शर्त घोराही सिमेन्ट आइपीओ प्रकृया रद्द गरी सर्वसाधारणको लगानी फिर्ता गर्नुपर्ने माग गरेको हो। नेकपा ललितपुरका जिल्ला इन्चार्ज विपिन सी ले हस्ताक्षर गरेको उक्त […]

२०८० असार २० गते, बुधबार

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बरमा

काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डले आगामी अगस्टमा चीन भ्रमण गर्ने खुलासा गरेका छन् । आज प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिएका हुन् । मन्त्री साउदले चीन र भारतको उदाउँदो अर्थतन्त्रबाट नेपालले लाभ लिनुपर्ने पनि बताए ।‘प्रधानमन्त्रीजीको चीन भ्रमण हुँदैछ । सेप्टेम्बरमा प्रधानमन्त्रीको आसन्न […]

२०८० असार १८ गते, सोमबार

बारले आज बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने !

काठमाडौं । नेपाल बार एशोसिसनले आज र देशैभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएको छ। आइबार विज्ञप्ति जारी गर्दै बारले घुस माग्ने कर्मचारीको पक्ष लिएर कानुन व्यवसायीलाई फसाएको भन्दै देशभरीका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने घोषणा गरेको हो।बारका अध्यक्ष गोपाकृष्ण घिमिरे र महासचिव अञ्जीता खनालद्वारा हस्ताक्षारित विज्ञप्तिमा गत असार १३ गते […]

२०८० असार १८ गते, सोमबार

नेपाल कम्युनिष्ट पार्टी सेती ब्युराेद्वारा कैलालीमा धान रोपाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी सेती ब्युराेले कैलालीको घोडाघोडी नगरपालिका ८ दिपनगरको करिब १ बिघा जमिनमा धान रोपेको छ ।देशमा आम जनतालाई कृषि खेती प्रतिको उत्प्रेरणा जगाउन र आत्मनिर्भरताको नीतिमा लैजान आफूहरु प्रत्यक्ष रुपमा उत्पादन कार्यमा लागेको नेकपा सेती ब्युरो इन्चार्ज भगत सीले बताए । इन्चार्ज भगत सीले भने, “पार्टीले लिएको आत्मनिर्भरताको नीति अन्तर्गत श्रम […]

२०८० असार १६ गते, शनिबार

नेकपा पाँचथरले लियो संरक्षणबिहिन चिया बगानको जिम्मा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी पाँचथरले फाल्गुनन्द गाउँपालिका वाड नम्बर ४ स्थित देउराली तिनचुले भन्ने ठाउँमा रोपिएका लगभग ३५ हजार चियाको बिरुवालाई संरक्षण र उत्पादन गर्ने घोषणा गर्दै पार्टीको नियन्त्रणमा लिएको इन्चार्ज सन्तोष सीले जानकारी दिए।जनयुद्धको दौरान तत्कालीन नेकपा (माओवादी) ले आफ्नो नियन्त्रणमा लिएको अन्दाजी ७५/८० रोपनी जमिनमा रोपिएको ३५ हजार चियाका बिरुवाहरु र गोब्रे […]

२०८० असार १६ गते, शनिबार