राजनीति

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक बिदा

काठमाडौँ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने र उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो ।आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी […]

२०८० भाद्र २६ गते, मंगलवार

नेकपा ललितपुरले जनसंघर्ष चर्काउने

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ललितपुरले जनसंघर्ष चर्काउने निर्णय गरेको छ । सो पार्टीको दोश्रो आवधिक योजनाको प्रथम पूर्ण बैठक उक्त निर्णय गरेको बताइएको छ । बैठकले जनआधारित पार्टी, जनआधारित नेता/कार्यकर्ता तथा आत्मनिर्भर पार्टी, आत्मनिर्भर देश भन्ने केन्द्रीय नीतिको आधारमा पार्टी निर्माण गर्ने, नेपाली जनताको दु:खका मुख्य दुई पहाड : दलाल संसदीय पुँजीवाद र भुमण्डलीकृत साम्राज्यवादको […]

२०८० भाद्र २६ गते, मंगलवार

सीआइबीद्वारा सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ । पक्राउ परेकाहरुलाई थुनामा राख्ने हद म्यादका कारण सीआइबीले मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने भएको हो ।विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएपछि पक्राउ परेकाहरुलाई हिरासतमा राखेको मंगलबार ५६ दिन पुगेको छ । […]

२०८० भाद्र २६ गते, मंगलवार

एमाले उपाध्यक्ष नेम्वाङको निधन

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ । उनलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । तर उनको बाटोमै निधन भएको जनाइएको छ ।उपाध्यक्ष नेम्वाङको निधन लगत्तै प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत राजनैतिक दलका नेताहरु शिक्षण अस्पताल पुगेका […]

२०८० भाद्र २६ गते, मंगलवार

‘ नेपाली अनुहारका अमेरिकी एजेण्टलाई लखेट्नु पर्छ’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी, काठमाडौं जिल्ला नम्बर ३ का इन्चार्ज डिआर सीले सिंहदरबारमा बस्ने नेपाली अनुहारका अमेरिकी एजेण्टलाई लखेट्नु पर्ने बताएका छन। आइतबार जिल्ला अन्तरगतको चन्द्रागिरी नगर समितिको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।उनले एमसीसी कार्यान्वयन गर्ने खोज्ने नेपाली अनुहारका अमेरिकी एजेण्टहरुलाई लखेट्नुपर्ने बताउदै भने- ‘सिंहदरबारमा बसेका नेपाली अनुहारका अमेरिकी एजेण्टलाई लखेट्नु […]

२०८० भाद्र २५ गते, सोमबार

त्रिभुवन विमास्थलका कर्मचारी आन्दोलित

काठमाडौँ । सुन तस्करी प्रकरणमा कर्मचारीहरुलाई अनावश्यक दुख दिएका कारण काम गर्ने वातावरण नभएको भन्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी ५ बुँदे माग सहित आन्दोलनमा उत्रेका छन् । आइतबार विरोध स्वरुप भन्सारका कर्मचारीहरुले तीन घण्टा पेन डाउन गरेका थिए । विमास्थल कर्मचारीहरुले सोमबार र मंगलबार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण कार्य […]

२०८० भाद्र २५ गते, सोमबार

सहिद सबैका साझा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य वसन्त सीले सहिद सबैका साझा सम्पत्ति भएको बताएका छन । गैडहवा सहिद स्मृति पार्क विकास समितिको १३ औं वार्षिक साधारण भेलाको उद्घाटन गर्दै पार्क संरक्षक तथा परिकल्पनाकार वसन्त सीले सो कुरा बताएका छन।नेता वसन्त सीलेले सहिदहरुको सम्मानमा निर्मित पार्क इतिहासको प्रतिबिम्बन भएकोले त्यसैले यसको रक्षा र विकासमा […]

२०८० भाद्र २४ गते, आईतवार

ललिता निवास प्रकरणः १७ जना धरौटीमा रिहा

काठमाडौँ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासले ललिता निवास प्रकरणमा पक्राउ परेर कारागारमा रहेका १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले मिनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ भनेशिवजी भट्टसँग ३ लाख ३० हजार, रुद्र कुमार श्रेष्ठसँग ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग ७ लाख ५० हजार, […]

२०८० भाद्र २४ गते, आईतवार

‘एमसीसीका बारेमा किन बोल्दैनन् काठमाडौंका मेयर बालेन ?’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि अमेरिकी एजेण्ट भएको हुन सक्ने आशका व्यक्त गरेका छन् । नेकपा काठमाडौं जिल्ला नम्बर १ को दोश्रो आवधिक योजनाको पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै कृतिले बालेन एमसीसीको पक्ष वा विपक्षमा नबोलेर अमेरिकालाई सहयोग गरिरहेको हुन […]

२०८० भाद्र २४ गते, आईतवार

‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनता विषयक’ बृहत् अन्तरक्रिया सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रुपन्देही, क्रान्तिकारी कम्युनिस्ट पार्टी रुपन्देही, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रुपन्देही र नेकपा (मशाल) ले संयुक्तरुपमा आयिजना गरेको ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनता’ विषयक बृहत् अन्तरक्रिया शनिबार बुटवलमा सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल विरहीले प्रस्तुत गरेको ७ पृष्ठको अवधारणा पत्रमा विभिन्न दलका […]

२०८० भाद्र २४ गते, आईतवार