राजनीति

सरकारी कार्यालयहरु आजबाट खुल्ने

काठमाडौं, ४ कार्तिक । दशैंको अवधिभर बन्द रहेका सरकारी कार्यालयहरु आजदेखि खुल्दैछन् । अघिल्लो वर्षसम्म द्धादशीको दिन पनि विदा हुने गर्दथ्यो । तर सरकारले यो वर्षदेखि घटस्थापना र द्धादशीको विदा कटौती गरेपछि फूलपातिको दिनदेखि बन्द रहेका सरकारी कार्यालयहरु आजबाट सुचारु हुन लागेका हुन् । विजयादशमीको टीका लगाउन नपाएका वा नभ्याएकाहरुले आज पनि मान्यजनको हातबाट टीका, […]

२०७५ कार्तिक ४ गते, आईतवार

पूर्व गृहमन्त्री पक्राउ

काठमाडौं , ३ कार्तिक । मलेशियाको भ्रष्टाचार विरुद्धको आयोग (मलेशियन एन्टी करप्सन कमिसन) ले त्यहाँका पुर्व उपप्रधान एवम गृहमन्त्री अहमद जाहिद हमिदीमाथि भ्रष्टाचार आरोपमा कारबाही थालेको छ। मे २०१३ देखि मे २०१८ सम्म गृहमन्त्री र जुलाई २०१५ देखि २०१८ सम्म उपप्रधानमन्त्री रहंदा पदको दुरुपयोग गरि करोडौं सम्पति आर्जन गरेको आरोपमा हमिदीबिरुद्द बिभिन्न ८ मुद्दा दायर […]

२०७५ कार्तिक ३ गते, शनिबार

कार्की र क्षेत्री रिहा

काठमाडौं , २९ असोज । नेपाल कम्युनिस्ट पार्टीका धनुषा इन्चार्ज काजु कार्की र धनुषाकै सेक्रेटरी अमर क्षेत्री सोमबार रिहा भएका छन् । उनीहरुलाई प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै रिहाइको माग गर्दै कार्कीकी श्रीमती पवित्रा केसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । रिट निवेदनको सुनुवाई गर्दै माननीय न्यायधीश विषम्बरप्रसाद श्रेष्ठको एकल इजलासको आदेशमा […]

२०७५ आश्विन ३० गते, मंगलवार

बाँस्तोलाको अन्त्येष्टि गरिदै

काठमाडौं , २८ असोज । नेपाली कांग्रेसका दिवंगत नेता चक्रप्रसाद बाँस्तोलाको आज अपराह्न ४ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । गएराति निधन भएका बास्तोलाको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा १ बजेदेखि ४ बजेसम्म राखिने र त्यसपछि अन्त्येष्टि गरिने नेपाली कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बाँस्तोलाको शव अहिले उनकै निवास […]

२०७५ आश्विन २८ गते, आईतवार

२९ गतेबाट श्रीपेच प्रदर्शनीमा

काठमाडौं, २७ असोज । बन्द दराजभित्र राखिएको श्रीपेच सर्वसाधारणका लागि खुला गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो सोमबार बुलेटप्रुफ सिसाभित्र राखिएको श्रीपेचको पहिलो अवलोकन गर्ने भएका छन् । नारायणहिटी दरबारलाई संग्राहलय बनाइएको एक दशकपछि श्रीपेच खुल्ला गर्न लागिएको हो । संग्राहलयको श्रीपेच, राजदण्ड, दुईवटा मेस, ढाल तरबार, रानीले लगाएको मुकुट(टायरा), एउटा झारी, […]

२०७५ आश्विन २७ गते, शनिबार

मानवअधिकारवादीद्वारा निर्मला पन्तका हत्यारामाथि कारवाही गर्न माग

काठमाडौं,२६ असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारवाही गर्न दबाब दिने उद्देश्यले विभिन्न मानव अधिकारवादी संघ–संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना र प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले बलात्कारी र हत्यारालाई जोगाएर सरकारले कानुनी शासनको खिल्ली उडाएको आरोपसमेत लगाए । उनीहरुले सरकारले […]

२०७५ आश्विन २६ गते, शुक्रबार

प्रधानसेनापति थापाद्वारा सेनाभित्र भ्रष्टाचार भइरहेको स्वीकार

काठमाडौं, २५ असोज । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र केही भ्रष्टाचार भइरहेको स्वीकार गरेका छन् । सेनाभित्रको भ्रष्टाचार जरैदेखि हटाउन आफू लागिपरेको भन्दै उनले यसका लागि समय भने लाग्ने बताए । नेपाली सेनाले दसै, तिहारका उपलक्ष्यमा बिहीबार सैनिक मुख्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानसेनापति थापाले सेनाले अस्पताल, पेट्रोलपम्प सन्चालन गरेर व्यापार गर्न नखोजेको भन्दै […]

२०७५ आश्विन २६ गते, शुक्रबार

‘हरेक प्रकारको अपराध नियन्त्रणका लागि नेपाल प्रहरी सक्षम छ तर धैर्य चाहिन्छ’

काठमाडौं, २५ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई नमूना सङ्गठनका रुपमा विकास गर्न आफू लागिरहेको बताएका छन । ६३ औँ प्रहरी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने – ‘हरेक प्रकारको अपराध नियन्त्रणका लागि नेपाल प्रहरी सक्षम छ, घटनाको अनुसन्धानका लागि समय र धैर्यता आवश्यक छ ।’ महानिरीक्षक खनालले मुलुकको शान्ति सुरक्षाका लागि […]

२०७५ आश्विन २५ गते, बिहीबार

यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं, २४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाग्मती अञ्चलको यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । लिखित अनुत्तीर्ण एवं प्रयोगात्मक परीक्षामा सामेल नभएका २०८ जनालाई कार, जिप र डेलिभरी भ्यानजस्ता हलुका सवारी हाँक्न प्रदान गरिने समूह ‘बी’को सवारीचालक अनुमतिपत्र जारी गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो […]

२०७५ आश्विन २४ गते, बुधबार

सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिने

काठमाडौं, २२ असोज । इलामको भारतीय सीमा क्षेत्रमा अब सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । सीमा क्षेत्रको सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले बोर्डर अब्जरवेसन पोष्ट (बिओपी) राख्ने तयारी भएको हो । इलामको छब्बिसे, पशुपतिनगर, मानेभञ्ज्याङ र सन्दकपुरमा सशस्त्रको बिओपी क्याम्प बस्ने भएको हो । गुल्मबाट गणमा स्तरोन्नति भएपछि सशस्त्र […]

२०७५ आश्विन २२ गते, सोमबार