राजनीति

सूचना आयोगका आयुक्तद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराएका हुन् ।कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा […]

२०८१ मंसिर २६ गते, बुधबार

अबैधानिक ट्यूसन सेन्टरलाई तत्काल कारबाही गर

काठमाडौँ । नेपाल कस्युनिस्ट पार्टी सुर्खेतले अबैधानिक ट्यूसन सेन्टर ,भाषागत कक्षा र परामर्शदाता सम्बन्धि कार्यालयलाई तत्काल कारबाही गर माग गर्दै बिरेन्द्र नगर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । नेकपा सुर्खेतका सेक्रेटरी श्याम सिलगायतको टोलीले बिरेन्द्र नगर नगरपालिकालाई उक्त ज्ञापन पत्र बुझाएको हो ।

२०८१ मंसिर २५ गते, मंगलवार

दिपक सीद्वारा नेकपामै रहेको स्पष्टाेक्ति

काठमाडौँ । दिपक सीले आफ्नाे आबद्धता नेकपा र एकीकृत जनक्रान्तिमा नै रहेको स्पष्ट पारेका छन् । दिपक सीले एक प्रेस विज्ञप्ति जारी गरि पछिल्लो दिनमा राजनैतिक भेटघाट र छलफललाई पार्टी परित्यागको हल्लामा मोडेर आफ्नाे क्रान्तिकारी प्रतिष्ठा, राजनैतिक इतिहास प्रतिबद्धता, निष्ठामा पार्टीमा अन्योल पार्न खोजिएकोप्रति खेद प्रकट गर्दै उनलेे नेकपामै रहेको स्पष्ट पारेका छन् ।राजनैतिक पार्टी […]

२०८१ मंसिर २५ गते, मंगलवार

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक मङ्सिर २६ र २७ गते केन्द्रीय कार्यालय आलोक नगरमा बस्ने बताइएको छ । उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको जानकारी दिए […]

२०८१ मंसिर २५ गते, मंगलवार

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । आज डिसेम्बर १०, अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ ।कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार २०७५ सालदेखि हरेक वर्ष […]

२०८१ मंसिर २५ गते, मंगलवार

सिरियामा रहेका नेपाली सेना सुरक्षित

काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको जनाएको छ । नेपाली सेनाले प्रेस विज्ञप्ति जारी गर्दै सिरियामा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको जानकारी दिएको हो ।इस्लामी विद्रोही समूह हयात तहरिर अल साम (एच.टी.एस) ले सिरियामा सत्ता कब्जा गरिसकेको अवस्थामा यही मंसीर २२ गते संयुक्त राष्ट्र […]

२०८१ मंसिर २५ गते, मंगलवार

नेकपाकाे पाेलिट ब्युरो बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको पाेलिट ब्युरो बैठक आज मध्यान्हवाट पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा सुरु भएको छ । उक्त बैठकमा महासचिव विप्लव सीले ‘साम्राज्यवाद र दलाल पुजीवादका विरुद्ध सङ्घर्ष गराैँ! देशको नेतृत्वका लागि पार्टीलाई तयार पाराैँ!! चाैतर्फी पहलद्वारा जनसम्बन्धलाई सुदृढ पाराैँ!!!’ शिर्षककाे प्रस्ताव प्रस्तुत गरेको बताइएको छ । उक्त प्रस्तावमाथि पाेलिट ब्युरो सदस्यले भोलिबाट धारणा […]

२०८१ मंसिर २४ गते, सोमबार

नेकपाद्वारा पुनाराम चाैधरीकाे निधनप्रति दु:ख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय प्रतिनिधि सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय काेषाध्यक्ष जीवनी सीका ससुरा बुवा पुनाराम चाैधरीकाे निधनप्रति दु:ख व्यक्त गरेको छ । सो पार्टीका महासचिव विप्लव सीले साेमबार शाेक वक्तव्य जारी गर्दै पार्टीका एक अथक याेद्धा (कार्यकर्ता) पुनाराम चाैधरीकाे ६५ वर्षकाे उमेरमा यही मंसिर २३ गते क्यान्सरकाे राेगबाट आफ्नै निवास दाङ […]

२०८१ मंसिर २४ गते, सोमबार

बीआरआईमा अनुदान मात्रै स्वीकार्य !

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले चीनको बिकास परियोजना बीआरआई अन्तर्गतको अनुदान मात्र स्विकार गर्ने पूर्ववत् अडानमा फेरबदल नभएको प्रस्ट पारेको छ। सो पार्टीको सोमबार बसेको कार्यसम्पादन समितिको बैठकमा प्रधानमन्त्री चीन जाँदा भएको दुई पक्षीय समझदारी बारेमा छलफल भएको र पार्टीले अनुदान स्वीकार गर्ने तर ऋण स्वीकार नगर्ने कार्यसम्पादन समितिले यसअघि नै गरेको निर्णयअनुसार समझदारी भएको […]

२०८१ मंसिर २४ गते, सोमबार

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइदैं

काठमाडौं । आज डिसेम्बर ९ अर्थात् भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाहरुले नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।ति संस्थाले भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता एवं तिनको कार्यान्वयनमा देखिएका उल्झनले […]

२०८१ मंसिर २४ गते, सोमबार