राजनीति

‘राज्यले नागरिकलाई अभाव, अफ्ठ्यारा र दुख:मात्र दिएको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलीटब्युरो सदस्य माइल सीले राज्यले नागरिकलाई अभाव, अफ्ठ्यारा र दुख:मात्र दिएको ठोकुवा गरेका छन् । राज्यद्वारा हत्या गरिएका नेकपा भोजपुरका नेता निरकुमार राइको छैठौं स्मृति दिवसमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।नेता माइल सीले एकीकृत जनक्रान्ति जनयुद्धको भिन्न र उच्च तरिकाको निरन्तरता भएको बताउदै तत्कालीन सरकारले […]

२०८१ असार २५ गते, मंगलवार

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ।कांग्रेस र एमालेबीच सरकारको आलोपालो नेतृत्व, संविधान संशोधनलगायतका विषयमा समझदारी भएको छ। यही असार १७ गते भएको उक्त सहमति र भावी रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ। […]

२०८१ असार २५ गते, मंगलवार

नेकपा (एस)ले भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय सदस्य चयन गर्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटी सदस्य चयनका लागि सिफारिस गर्ने जिम्मेवारी प्रदेशका इन्चार्ज र सचिवहरुलाई दिएको छ। सो पार्टीको आज पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकले भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर क्षमताका आधारमा केन्द्रीय कमिटी सदस्य चयनका लागि प्रदेशका इन्चार्ज र सचिवहरूलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।सो पार्टीका नेता जगन्नाथ […]

२०८१ असार २३ गते, आईतवार

नेकपा गण्डकी प्रदेशद्वारा २२ रोपनी खेतमा रोपाइँ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशले २२ रोपनी खेतमा धान रोपाइँ सम्पन्न गरेको छ ।शनिबार तनहुँको बन्दिपुरमा नेकपा गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरुबाट सय हाराहारीका नेता कार्यकर्ताहरुको सहभागितामा बर्षे धान रोपाइँ सम्पन्न गरेको हो ।नेकपाको केन्द्रीय नीति अन्तर्गत श्रमलाई सम्मान गरौं! श्रम संस्कृतिको निर्माण गरौं !! भन्ने मूल नाराका साथ सुरु भएको एकीकृत उत्पादन प्रणाली […]

२०८१ असार २३ गते, आईतवार

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

काठमाडौँ। प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत माग्‍ने भएका छन्। प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयमा पत्राचार गर्दै असार २८ गते प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने जानकारी सचिवालयमा पठाएका हुन्।पत्रमा उक्त दिनको कार्यसूचीमा विश्वासको मतको प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गरिएको छ।कांग्रेस एमालेबीच नयाँ गठबन्धनको सहमति बनेपछि एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएको […]

२०८१ असार २१ गते, शुक्रबार

नेकपा (एस)द्वारा ९३ सदस्यीय कार्यसमिति घोषणा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का ९३ जना केन्द्रिय सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शुक्रबार काठमाडौंमा ९३ सदस्यीय केन्द्रिय कार्यसमिति घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । सबै केन्द्रिय कार्यसमिति सदस्यहरुलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेले शपथग्रहण गराएका थिए ।हिजो मात्र अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ […]

२०८१ असार २१ गते, शुक्रबार

कपिलवस्तु डिभिजन वन कार्यालयलाई जनविरोधी कार्य बन्द गर्न आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कपिलबस्तुले कपिलवस्तु डिभिजन वन कार्यालयको गैरजिम्मेवार तथा अनुचित योजना अन्तर्गत पटना सव डिभिजन कायर्यालयले खाल्डो (ट्रेन्च) खन्ने नाममा गरेको जनविरोधी कार्य अन्यन्तै निन्दनिय भएको बताएको छ । सो पार्टीले बुधबार एक बिज्ञप्ति जारी गर्दै बाणगंगा न.पा. वडा नं.-३ र वडा नं.-१० पटनामा मायादेवी साभ्नेदारी बन र राजापानी सामुदायिक वन संरक्षणको […]

२०८१ असार २० गते, बिहीबार

नेकपा (एकीकृत समाजवादी)को नयाँ नेतृत्व चयन हुँदै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुँदै छ । राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहनेछन् । केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ । […]

२०८१ असार २० गते, बिहीबार

नेकपा (एमाले) सरकारबाट बाहिरियो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा एमालेको तर्फबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामा पदम गिरी, कृषि तथा पशुपंक्षी विकासमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमा बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, महिला, बालबालिका […]

२०८१ असार २० गते, बिहीबार

रास्वपा महामन्त्री एवं प्रवक्ता डा. ढकाल निलम्बित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा उनलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो । बुधबार राति अबेरसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई बैठकमा अमर्यादित र अनुशासनहीन काम व्यवहार गरेको भन्दै कारबाहीका लागि निर्णय गरेको थियो […]

२०८१ असार २० गते, बिहीबार