राजनीति

कांग्रेसले संविधान संशोधनका लागि संवाद गर्न कार्यदल बनाउने

काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनका लागि संवाद गर्न कार्यदल बनाउने जनाएको छ । सो पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले संविधान संशोधनका लागि पार्टी इमान्दार रहेको भन्दै संवाद गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।कांग्रेस र एमालेको सरकार गठन गर्दा गरिएको साँत बुँदेमा संविधानमा आवश्यक संशोधन गरी कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने […]

२०८२ असार २४ गते, मंगलवार

प्रस्तावित न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद्का सदस्यको नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले सर्वोच्चको न्यायाधीशमा न्यायपरिषद्बाट सिफारिस मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेलको नाम अनुमोदन गरेको हो । यस्तै बैठकले न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको सभापति […]

२०८२ असार २३ गते, सोमबार

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । उनले स्पेन भ्रमणबारे जानकारी दिने उद्देश्यले सो सम्बोधन गर्न लागेका हुन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्क्री ओली शुक्रबार स्वदेश फर्किएका थिए । एक साता लामो स्पेन बसाइको क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसहित […]

२०८२ असार २३ गते, सोमबार

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन ५ दिन समय थप

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गराउन भन्दै आज बसेको समिति बैठकमा थप समय माग गरेका थिए । तर, सांसदहरूले भने आजै विधेयक पारित गर्नुपर्ने माग राखेका थिए ।यद्यपि समिति सभापति अम्मरबहादुर थापाले […]

२०८२ असार २२ गते, आईतवार

नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सो पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आज सभामुखलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएको जानकारी दिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने समय लिएको र आजै साँझ भेट्ने श्रेष्ठले जानकारी दिइन् । प्रधानमन्त्री ओली पुल उद्‍घाटनका लागि हुम्ला गएका छन् । त्यताबाट फर्किएपछि भेट्ने श्रेष्ठले […]

२०८२ असार २२ गते, आईतवार

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न ३:४५ बजे स्वदेश फर्कने बताइएको छ । प्रधानमन्त्री ओली विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए । स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन […]

२०८२ असार २० गते, शुक्रबार

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको बताएकी छन । उनले संघ र प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिने बताएकि हुन् । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको […]

२०८२ असार २० गते, शुक्रबार

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बताइएको छ। बैठकमा समसामयिक राजनीतिक विषय, पतञ्जलि जग्गा प्रकरणबारे छलफल हुने बताइएको छ। त्यस्तै अध्यक्ष माधवकुमार नेपाललाई लक्ष्य गरेर पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल हुने बताइएको छ । पार्टीसम्बद्ध युवा संगठनले बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा […]

२०८२ असार १९ गते, बिहीबार

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदर !

काठमाडौँ । सर्वोच्च अदालतले चार वर्षअघि दुई चरणमा गरी विभिन्न संवैधानिक निकायमा भएको ५२ पदाधिकारीको नियुक्ति सदर गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुँदा पहिलो चरणको ३२ जनाको नियुक्ति बहुमतको रायका आधारमा सदर भएको हो। दोस्रो चरणको २० जनाको नियुक्ति भने […]

२०८२ असार १९ गते, बिहीबार

पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैबाट राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्यागेकी छन्। उनले आफ्नो सचिवालयमा सरकारका तर्फ रहेका एक उपसचिव, एक शाखा अधिकृत, एक जना कार्यालय सहायक पनि फिर्ता गर्न गृहलाई पत्र लेखेको बताइएकाे छ।भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रूपैयाँ उपलब्ध गराएको […]

२०८२ असार १८ गते, बुधबार