राजनीति

युवा संगठन नेपाल गोरखाद्वारा सरकारी गाडी नियन्त्रण !

काठमाडौँ । युवा संगठन नेपालले गोरखामा चारवटा सरकारी गाडी नियन्त्रणमा लिएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गरेकोले नियन्त्रणमा लिएको हो । युवा संगठन नेपाल गोरखाका इन्चार्ज राजकुमार गुरुङले गोरखा नगरपालिका चोक आसपासबाट दुई वटा मोटरसाइकल र दुई चारपांग्रे गाडी नियन्त्रणमा लिइएको बताए ।संगठनले जिल्ला समन्वय समितिको बा […]

२०८० आश्विन १३ गते, शनिबार

आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति

काठमाडौँ । आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुंदे सहमती भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा हिजो भएको वार्तामा ६ बुँदे सहमति भएको हो ।सहमतिपत्रमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने, त्यसका लागि सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउने, दोषीलाई कानुनअनुसार कारबाही गर्ने, कानुन संशोधन गरेरै भए पनि दोषीलाई हदैसम्मको […]

२०८० आश्विन १४ गते, आईतवार

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन्। अमेरिकामा राष्ट्र संघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चिनको भ्रमणमा निस्केका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किएका हुन्। गत भदौ २० गते राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड गत शनिवार त्यताबाट सोझै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा गएका थिए।प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा आम बहस, जलवायु सम्मेलनलगायत […]

२०८० आश्विन १३ गते, शनिबार

‘एमसीसी कार्यान्वयन भए नेपाल आधुनिक दास बन्नेछ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले यदि एमसीसी कार्यान्वयन भए नेपाल आधुनिक दास बन्ने ठोकुवा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी दक्षिण कर्णाली व्यूरोले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको “वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद” भन्ने शिर्षकको अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै यस्तो ठोकुवा गरेका हुन् ।उनले साम्राज्यवादको हस्तक्षेपकारी एमसीसीले […]

२०८० आश्विन १३ गते, शनिबार

संसदीय समितिद्वारा चिकित्सकका माग सम्बोधन गर्न निर्देशन

काठमाडौँ । संसदीय समितिले आन्दोलनरत चिकित्सकहरुका माग वार्तामार्फत सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित बनाई निर्बाध रुपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो । बैठककका निर्णय सार्वजनिक गर्दै समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि […]

२०८० आश्विन १२ गते, शुक्रबार

‘जनसङ्घर्षद्वारा एमसीसीकाे लिखत बदर गर्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले राष्ट्रघात र जनविरोध हुँदाहुँदै षड्यन्त्रपूर्ण ढंगले पारित गरिएको एमसीसीकाे लिखत जनसङ्घर्षकाे बलमा बदर गर्नुपर्ने बताएका छन् । बिहिबार बागलुङ जिल्लाको बागलुङ बजारमा एमसीसी परियाेजना र राष्ट्रिय स्वाधीनताकाे प्रश्न’ विषयक अन्तरक्रियात्मक गाेष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उनलेे साे कुरा बताएका हुन् ।उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) नेता […]

२०८० आश्विन १२ गते, शुक्रबार

‘अमेरिकी साम्राज्यवादका विरुद्ध युवाशक्ति शतिसाल बन्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्यूरो सदस्य तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज सन्जिव सीले अमेरिकी साम्राज्यवादका विरुद्ध यूवाशक्ति शतिसाल बन्नुपर्ने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीनिकट यूवा संगठन नेपाल पुर्वी र पश्चिम लुम्विनी व्यूरोको संयूक्त बैठकलाई बिहिबार सम्वोधन गर्दै सो कुरा बताएका हुन् ।नेता सन्जिव सीले देश यतिबेला संकटमा परेकोले देशलाई मुक्त गर्न युवाहरुले एक […]

२०८० आश्विन १२ गते, शुक्रबार

डा.प्रकाश सी र डा.मान्यता सी बीच प्रगतिशील विवाह

काठमाडौँ । डाक्टर प्रकाश सी र डाक्टर मान्यता सीबीच प्रगतिशील विवाह भएको छ । बुधवार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय शिवगढीमा उनीहरूको विवाह भएको हो । उक्त विवाहमा नेपाल कम्युनिस्ट पार्टीका शिर्षस्थ नेताहरू, परिवारका सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो भने समारोहमा उपस्थित सबैले नवदम्पतिलाई टीका-खादा लगाएर शुभकामना दिएका थिए । उक्त समारोहमा सामना परिवारले […]

२०८० आश्विन ११ गते, बिहीबार

एमसीसी नेपाललाई यूक्रेनको अवस्थामा पु-याउने अमेरिकी षड्यन्त्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज सञ्जिव सीले नेपाललाई यूक्रेनको अवस्थामापु-याउने अमेरिकी षड्यन्त्र रहेकोले अमेरिकी साम्राज्यवादको विरुद्ध सिंगो देश एकढिक्का बनेर जाई लाग्नुपर्ने बताएका छन् ।नेपाल कम्यूनिष्ट पार्टी पश्चिम लुम्विनी व्यूरो अन्तरगत पुर्वी कपिलवस्तुमा मंगलबार आयोजित जिल्ला स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता सञ्जिव सीले यस्तो विचार व्यक्त गरेका […]

२०८० आश्विन १० गते, बुधबार

समाजवादी मोर्चा लुम्बिनी प्रदेशको अध्यक्षमा बसन्त सी

काठमाडौँ । समाजवादी मोर्चा, नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा नेकपाका पिबिएम एवं पूर्वी लुम्बिनी ब्युरो इन्चार्ज बसन्त सी चयन भएका छन् । मंगलबार बुटवलमा बसेको मोर्चाको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।बैठकले ‘नेपाली विशेषताको समाजवाद’ बारे बृहत अन्तरक्रिया गर्ने भएको छ । अन्तरक्रियाको मिति मोर्चाको बैठकले ठोस गर्ने अध्यक्ष वसन्त सीले बताए । अन्तरक्रिया लुम्बिनी […]

२०८० आश्विन १० गते, बुधबार