राजनीति

एमसीसीविरुद्ध आन्दोलनमा प्रहरी हस्तक्षेप !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले एमसीसीलाई कायान्वयनमा लैजाने विषय सम्पूर्णरुपले अस्वीकार्य एवं असैह्य भएको भन्दै चलाएको आन्दोलान्माठी प्रहरी दमन भएको छ। एमसीसी सम्झौता विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले साताव्यापी कार्यक्रम अन्तर्गत हिजो बिहीबार भएको एमसीसीकाे पुत्ला दहन तथा जनप्रदर्शनकाे विरुद्ध प्रहरी प्रशासन दमनमा उत्रिएको छ ।विरेन्द्र नगरपालिका २ सुर्खेतको विरेन्द्रचाेकमा भएको कार्यक्रमस्थलबाट नेकपा केन्द्रीय सदस्य गणेश […]

२०८० भाद्र ८ गते, शुक्रबार

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम तत्काल कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकारले बजेमार्फत ल्याएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । संसद विकास कोष अर्थात संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम तत्काल कार्यान्वयन नगराउन बुधबार सर्वोच्च अदालतले आदेश दिएको हो । आर्थिक वर्ष २०८०–८१ को बजेटमा सरकारले सांसदहरुले आफैले आफ्नो संसदीय निर्वाचन क्षेत्रको पूर्वाधार विकासको नाममा […]

२०८० भाद्र ७ गते, बिहीबार

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुने

काठमाडौं । आजको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ । बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन यही भदौ अन्तिम साता अमेरिका जान लागेका हुन् ।यसैगरी, मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११६ […]

२०८० भाद्र ६ गते, बुधबार

वैज्ञानिक समाजवादी माेर्चा, नेपालद्वारा एमसीसी खारेज गर्न माग

काठमाडौं । वैज्ञानिक समाजवादी माेर्चा, नेपालले एमसीसी परियोजना खारेज गर्न सरकारसँग जाेडदार माग गरेको छ । उक्त माेर्चाका प्रवक्ता डि. बि. सर्बश्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गरी एमसीसी खारेज गर्न माग गर्दै यदि यो सम्झौता खारेज गर्ने प्रक्रियामा नगए आफुहरु जस्तोसुकै आन्दाेलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । माेर्चाले सम्पूर्ण राष्ट्रप्रेमी देशभक्तहरुलाई देशभक्ति आन्दाेलनमा […]

२०८० भाद्र ६ गते, बुधबार

पर्यटनमन्त्री किराँतीलाई पितृ शोक

काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री सुदन किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको निजी सचिव डाक्टर डिजन भट्टराईले जानकारी दिए । उनी लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित थिए ।मन्त्री किरातीले पनि बुवाको निधन भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका […]

२०८० भाद्र ६ गते, बुधबार

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक स्थगित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक एजेण्डामै प्रवेश नगरी स्थगित भएको छ । सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन र संसद्को अवरोध खुलाउने विषयमा आज दिउँसो तीन दलका शीर्ष नेताहरू बसेर टुंग्याउने तयारी रहेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट भएको तस्करीको […]

२०८० भाद्र ५ गते, मंगलवार

प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो । एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान […]

२०८० भाद्र ५ गते, मंगलवार

‘संविधानको जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा सधैँ चिन्तित छु’

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको उल्लेख गर्दै संविधानमा रहेको यो जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा आफू सधैँ चिन्तित रहेको बताएका छन्। उनले आज आफैले बोलाएको सर्वदलीय बैठकमा संविधान र राजनीतिक प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको छ […]

२०८० भाद्र ५ गते, मंगलवार

सिआईबीले ललिता निवास प्रकरणसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझायो

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललिता निवास जग्गा हिनामिना प्रकरणसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ । सिआईबीले जग्गा हिनामिना प्रकरणको सबै अनुसन्धान सकेर ५७औं दिनमा जिल्ला सरकारी वकिललाई प्रतिवेदन बुझाएको हो । सिआईबीका एसपी नवराज अधिकारीले ठगी र कीर्तेमा करिब ३०० प्रतिवादीलाई मुद्दा चलाउन रायसुझाव दिएको जानकारी दिए । […]

२०८० भाद्र ५ गते, मंगलवार

सर्वदलीय बैठकमा एमाले अनुपस्थित !

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएको छ । राष्ट्रिय राजनीतिमा राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको भन्दै एमालेले उक्त बैठक बहिस्कार गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, रास्वपाका सभापति रवि लामिछाने, जसपा नेता प्रदीप यादव, जनमत पार्टीका नेता अब्दुल खान, जनमोर्चाका अध्यक्ष […]

२०८० भाद्र ५ गते, मंगलवार