राजनीति

‘मिटर ब्याजी र लघुवित्तका विरूद्वकाे संघर्षकाे नेतृत्व युवाले लिनुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य जागृति सीले बैंक तथा वित्तीय संस्थाकाे चर्को शाेषण र मिटर ब्याजीहरूकाे अवैध धन्दाका विरूद्वकाे संघर्षको नेतृत्व युवा संगठन नेपालले लिन निर्देशन दिएका छन । आइतबार युवा संगठन नेपाल प्युठानकाे तेस्राे पुर्ण वैठकलाई सम्बाेधन गर्दै नेता जागृत सीले यस्तो निर्देशन दिएका हुन । प्युठान जिल्ला इन्चार्ज समेत रहेका जागृत […]

२०७९ फाल्गुन २९ गते, सोमबार

माओवादी आन्दोलन सम्बद्ध आठ पार्टीले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । माओवादी आन्दोलन सम्बद्ध आठ कम्युनिस्ट पार्टीले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलन दिउँसो २ बजे प्रज्ञा प्रतिष्ठानमा शुरु हुने जनाइएको छ । पछिल्लो समय माओवादी आन्दोलन तथा जनयुद्ध सम्बन्धी घटनाको सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट मुद्दा सम्बोधन गर्न थालेपछि माओवादी घटकहरु एकजुट हुन थालेका छन् । सर्वोच्चको उक्त पहलकदमी विस्तृत शान्ति सम्झौताको […]

२०७९ फाल्गुन २८ गते, आईतवार

‘समाजवादी मोर्चा बनेर फेरि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छ’

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरु गरिने […]

२०७९ फाल्गुन २७ गते, शनिबार

‘माओवादीहरुलाई मुद्दा हाल्नु विस्तृत शान्ति सम्झौता विपरित’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले माओवादीहरुलाई मुद्दा हाल्नु विस्तृत शान्ति सम्झौता विपरित भएको उल्लेख गर्दै संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडी बढाउनुपर्ने बताएका छन । शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नेपाल सरकार र तत्कालिन माओवादी पार्टीका बीचमा २०६३ साल मंसिर ५ गते भएको विस्तृत […]

२०७९ फाल्गुन २७ गते, शनिबार

दश दलित सङ्गठनहरुद्वारा छुवाछूत गर्ने गाउँपालिकाअध्यक्षलाई कारवाहीको माग

काठमाडौ । संयुक्त दलित राजनीतिक संघर्ष समितिले सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले आफ्नी आमाको १३ औं दिनको पुन्यतिथिको क्रियाभोजममा दलितहरुमाथि छुवाछूत गरेको घटनाप्रति कार्वाहीको माग गरेको छ। संघर्ष समितिमा आवद्ध १०वटा संघ/ सङ्गठनहरुले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन। विज्ञप्तीमा-” सिरहा भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवले फाल्गुन २२ गते आमाको […]

२०७९ फाल्गुन २७ गते, शनिबार

महिला हिंसा अन्त्यको लागि संघर्ष अनिबार्य

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समर सीले समाजमा हुने सबै खाले महिला हिंसाको अन्त्यको लागि क्रान्तिकारी महिलाहरुले संघर्ष गर्नुपर्ने बताएका छन । बुधबार कञ्चनपुरको झलारिमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काे जिल्ला भेलालाई सम्बाेधन गर्दै नेता समर सीले दलाल संसदीय व्यवस्थाबाट महिला हिंसा लगायत कुनैपनि हिंसाको अन्त्य नहुने भन्दै यसको अन्त्यको लागि क्रान्तिकारी […]

२०७९ फाल्गुन २५ गते, बिहीबार

‘महिलाको अधिकार अझै पूरा भएको छैन’

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य राप्तीब्यूरो इन्चार्ज सविन सीले नेपालमा महिलाको अधिकार अझै पूरा नभएको बताएका छन् । अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको बुधबार घोराहीको राप्ती इन्जिनियरिङ कलेजमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका इन्चार्ज सविन सीले नेपाल थुप्रै […]

२०७९ फाल्गुन २५ गते, बिहीबार

सत्य निरुपण संशोधन विधेयक संसदमा दर्ता गर्ने निर्णय

काठमाडौं । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलापसम्बन्धि संशोधित विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा द्वन्दकालिन मुद्धा दर्ता भएलगत्तै सरकारले संशोधन विधेयक दर्ता गर्ने निर्णय गरेको हो । यसैगरी, खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि […]

२०७९ फाल्गुन २५ गते, बिहीबार

‘दलाल पुंजिवादले देश र जनताको शोषण गर्यो ‘

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा इलामका इन्चार्ज मौसमले देशमा दलाल पुंजिवादले देश र जनतालाई शोषण गरेको र अशान्ती फैलाएको ठोकुवा गर्दै देशमा शान्ति कायम गर्न संसदीय ब्यवस्थाको अन्त्य गरेर बैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्नु पर्ने बताएका छन ।नेकपा इलामले आयोजना गरेको लघुबित्त, बैंक र मिटरब्याजिको आतंक बिरुद्ध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै सो […]

२०७९ फाल्गुन २५ गते, बिहीबार

जनयुद्धलाई अपराधिकरण गर्ने षड्यन्त्र !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कालिकाेटका सेक्रेटरी शाहासीले जनयुद्धलाई अपराधिकरण गर्ने षड्यन्त्र भएकाे भन्दै त्यस षड्यन्त्रबिरुद्ध अर्काे जनयुद्ध गर्ने चेतावनी दिएका छन । सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रमलाई सम्वाेधन गदै सेक्रेटरी शाहासीले सो कुरा वताएका हुन । उनले अहिले दलाल संसदीय पूजीवादी व्यवस्था महान जनयुद्ध र जनआन्दाेलनकाे विरुद्धमा साम्राज्यबादी र राष्ट्रघातीहरूले लादेकाे व्यावस्था भएकाे […]

२०७९ फाल्गुन २४ गते, बुधबार