राजनीति

टुटफुट र खण्डित कुरा नगर…

काठमाडौँ । टुटुफुटको अन्तहीन शृङ्खलाबाट दलहरू गुज्रिरहेका बेला कलाकारले भने एकताको स्वर मुखरित गरेका छन्। समाज बदल्ने अभिष्ट पूरा गर्न नेताहरूलाई एकतामा समाहित हुन उनीहरूले गीतमार्फत आह्वान गरेका हुन्।‘राष्ट्रका लागि संगीत अभियात्रा’अन्तर्गत मंगलबार पोखरामा आयोजित सांगीतिक प्रस्तुतिमा कलाकारले गीत, नृत्य र अभिनयका माध्यमबाट समाजका विसंगतिमाथि खबरदारी गरे।क्रान्तिका लागि सँगै लडेका कम्युनिष्ट एकापसमा विभक्त भएकामा चिन्ता […]

२०७९ चैत्र २९ गते, बुधबार

‘गिरफ्तार नेतालाई तत्काल रिहा गर’

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले महासंघका केन्द्रीय सदस्य लालबहादुर तामाङ,अस्सिम किरण महर्जन, दिनेश नेपाल, सुनिल थिङलाई विना कारण गिरफ्तार गरि झुट्टा मुद्दामा फसाउने काम गरेको भन्दै उनीहरुलाई तत्काल बिनासर्त सरसम्मान रिहा गर्न माग गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष श्याम सी ले विज्ञप्तिमार्फत माग गरेका हुन् । उनले राज्यले जेलनेल र हिरासतको […]

२०७९ चैत्र २८ गते, मंगलवार

‘क्षेत्रिय उत्पीडन, उपेक्षा, असमानता र सामाजिक भेदभावको अन्त्य गर ‘

काठमाडौँ । कर्णाली मुक्ति मोर्चा नेपालले कर्णालीका जनतामाथि हुने क्षेत्रिय उत्पीडन, उपेक्षा, असमानता, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगायत विभिन्न क्षेत्रमा हुने सामाजिक विभेदको अन्त्यको माग गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय कालिकोट मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाउदै कर्णाली मुक्ति मोर्चाले राज्यको वेवास्ता, उपेक्षा, विभेदकारी नीति, घुवित्त, मिटरव्याजी चर्को शोषण आतंक, महंगी, भ्रष्टाचारी, कालोबजारी, कमिशन, […]

२०७९ चैत्र २८ गते, मंगलवार

तातोपानी नाका बन्द !

काठमाडौं। नेपालस्थित चिनियाँ दूतावासका अनुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पूर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखि बैशाख २ गतेसम्म बन्द हुने भएको छ । ‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिँदै भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता […]

२०७९ चैत्र २८ गते, मंगलवार

‘संक्रमणकालीन न्यायको विषय अदालत र न्यायाधीशले हस्तक्षेप गर्ने विषय होइन’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्यायको विषय अदालत र न्यायाधीशले हस्तक्षेप गर्ने विषयवस्तु नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएक हुन् । उनले संक्रमणकालीन न्यायको विषय सत्य निरुपण आयोगद्वारा निरुपण हुनुपर्ने बताउदै माओवादी जनयुद्धकालीन केही नेताहरु […]

२०७९ चैत्र २७ गते, सोमबार

‘माल्काेटे महिलाहरूकाे साहसिक प्रतिरोधले जनयुद्धलाई अन्तर्राष्ट्रियकरण गर्‍यो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले माल्काेटे महिलाहरूकाे शाहसीक प्रतिरोधले नेपालमा मात्रै होइन जनयुद्धलाई अन्तर्राष्ट्रियकरण गरेको बताए । नेकपा कालिकोटले जिल्लाकाे सदरमुकाम मान्ममा आइतबार विथलडाँडा घटनाको स्मरणमा आयाेजित विरता दिवसलाई सम्बाेधन गर्दै नेता भरत सीले प्रहरीको जनदमनका विरूद्व आक्राेशित भएका महिलाहरूकाे प्रतिकारले जनयुद्धलाई नेपालमा मात्रै हैन अन्तर्राष्ट्रियस्तरमा समेत चिनाएकाे बताएका हुन […]

२०७९ चैत्र २७ गते, सोमबार

जसपा बाराका अध्यक्ष पटेल जेल चलान

काठमाडौं । जिल्ला अदालत बाराले जसपा जिल्ला अध्यक्ष अजय पटेललाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । आइतबार भएको थुनछेक बहस पछि जिल्ला अदालत बाराका न्यायाधिश प्रकाश राउतको एकल इजलासले यस्तो आदेश दिएको हो । राउतमाथि बाराको परवानीपुरमा रहेको जग्गा कीर्ते गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो […]

२०७९ चैत्र २७ गते, सोमबार

समाजवादी गणतान्त्रिक मञ्चद्वारा केन्द्रिय सदस्य कटुवालको सदस्यता खारेज

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीनिकट समाजवादी गणतान्त्रिक मञ्चका केन्द्रिय सदस्य दिपक कटुवाल निलम्बित भएका छन।संगठनको अनुशासन विपरीत काम गरेको भन्दै कटुवाललाई निलम्बन गरेको मञ्चका अध्यक्ष रत्न मगर विज्ञप्तीमार्फत जानकारी दिएका हुन।यस बिषयमा समाजवादी गणतान्त्रिक मञ्चका अध्यक्ष रत्न मगरले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ – ‘उपर्युक्त सम्बन्धमा हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध […]

२०७९ चैत्र २७ गते, सोमबार

‘बिशाल आगोको ज्वाला बनेर निस्कन पर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टिका पोलिटब्युरो सदस्य तथा जनसाँस्कृति महासंघका केन्द्रीय अध्यक्ष माईला सी ले अब नेपालमा बिशाल आगोको ज्वाला बनेर निस्किनु पर्ने बताएका छन । शनिबार काठमाडौको कपुरधारास्थित पार्टी ब्युरो कार्यालयमा अखिल नेपाल जनसाँस्कृति महासंघको उपत्यका ब्युरोले आयोजना गरेको प्रथम भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुनउनले नेपाली जनताको नजरबाट गिरी सकेको दलाल […]

२०७९ चैत्र २६ गते, आईतवार

एकीकृत समाजवादी अछामका नेता भण्डारी नेकपामा समाहित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी जिल्ला समिति अछामका सचिवालय सदस्य लोक बहादुर भन्डारी नेकपामा समाहित भएका छन। शनिबार कमलबजारमा आयोजित एक कार्यक्रम भण्डारीले एकिकृत समाजवादी पाटीलाई परित्याग गरी नेकपामा प्रवेश गरेका हुुन ।नवप्रबेशि भण्डारीलाई नेकपा केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मिना सी,युवा संगठन नेपालका सेती ब्युरो संयोजक सुशिल सीले टिका सहित खाँदा […]

२०७९ चैत्र २६ गते, आईतवार