राजनीति

‘बसिखाने वर्गका विरुद्ध अन्तिम क्रान्ति गर्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा जनवर्गिय सँगठन फ्याक्सन इन्चार्ज शिलु सीले बसिखाने वर्गका विरुद्ध मजदुरले अन्तिम र निर्णायक क्रान्ति गर्नुपर्ने बताएका छन् ।शुक्रबार काठमाडौँको हात्तिसारमामा सम्पन्न अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासँघ अन्तर्गतको पेशागत सँगठन अखिल नेपाल सेकुरेटी सँघको केन्द्रीय कमिटी बैठकमा सँगठनका पदाधिकारी र सदस्यहरुलाई प्रशिक्षणको क्रममा यस्तो बताएका हुन् […]

२०७९ चैत्र २५ गते, शनिबार

कामपाका मेयर बालेनद्वारा सिंहदरबारको फोहोर नउठाउने घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आजबाट सिंहदरबारको फोहोर नउठाउने बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले सिंहदरबारको फोहोर आजदेखि नउठाउने बताएका हुन् । उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ – ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’यसैगरी […]

२०७९ चैत्र २५ गते, शनिबार

बैंकको ब्याजदर १ अंकमा कायम गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतका सेक्रेटरी जित सी ले बैंकको ब्याजदरलाई १ अंकमा कायम गर्न सरकारलाई आग्रह गरेका छन । शुक्रबार देशभक्त समाजवादी माेर्चा नेपालले सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो आग्रह गरेका हुन् ।सेक्रेटरी जित सी ले सरकारले व्यवसायीलाई मार पर्नेगरि बैंकले बढाएको चर्को ब्याजदरलाई १ अंकमा कायम गर्नुपर्ने , सुदखाेरले चलाएको लघुवित […]

२०७९ चैत्र २५ गते, शनिबार

‘सामन्तवाद र साम्राज्यवादको मिलेमतोमा दलाल पूँजीवाद आयो ‘

काठमाडौँ । राष्ट्रिय बामपन्थी मञ्चका अध्यक्ष दीर्घ सीले नेपालमा सामन्तवाद र साम्राज्यवादको मिलेमतोमा दलाल पूँजीवाद स्थापना भएको बताएका छन् । शुक्रबार समाजवादी देशभक्त मोर्चाको आयोजनामा लघुवित्त, मिटरर्व्याजी र महङ्गीका विरुद्ध भएको जनप्रदर्शन पछिको कोणसभामा उनले यस्तो कुरा बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टीका सल्लाहकार समिति अध्यक्षसमेत रहेका नेता दिर्घ सीले जनताले गरेको व्यवस्था परिवर्तनको आन्दोलनमा […]

२०७९ चैत्र २५ गते, शनिबार

मिटरब्याज पीडित पक्राउ

काठमाडौं । प्रहरीले मिटरब्याज पीडितलाई पक्राउ गरेको छ । प्रहरीले सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका अवदेश कुशवाह, सौरभ श्रेष्ठ, अभिषेक भूल, बोध कुमारी खड्का, जैस्तला कोइरी, विकेश चौधरी, रविता खातुन, सन्तोषी देवी केवट, रामशुभक मुसहर, नवाब सरिफ, उमेश, अंकित खनाल, अम्बिका चौधरी, तिलेशोइरी देवी यादव, देवसरा देवी रजभक, अकबर मियाँ, मोहरलाल यादवलाई पक्राउ गरेको हो […]

२०७९ चैत्र २४ गते, शुक्रबार

मन्त्रिपरिषदद्वारा पदम लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय

काठमाडौं । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बसेको मन्त्रिपरिषद्को बैठकले कोशी नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ । ‘कोशी नामकरण सन्दर्भमा कोशी प्रदेशमा आन्दोलनको क्रममा […]

२०७९ चैत्र २४ गते, शुक्रबार

`किसान र कृषिप्रतिको मनोविज्ञान बदल्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा राप्ती ब्यूरोका इन्चार्ज सविन सीले देशलाई आत्मनिर्भर बनाउने पेशा कृषि भएको भन्दै किसान र कृषिप्रतिको मनोविज्ञान बदल्नुपर्ने बताएका छन् । बिहीबार घोराहीमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) पूर्वी र पश्चिम दाङको संयुक्त विस्तारित बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।नेता सविनले युवालाई नेपालको कृषिमा विश्वास नभएपछि […]

२०७९ चैत्र २४ गते, शुक्रबार

निजी सवारी साधनलाई भाडामा यात्रु बोक्न नदिन निर्देशन

काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै निर्देशन दिएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले केही दिन अघि निजी सवारी साधनहरुले भाडामा यात्रु बोक्ने गरेको गुनासो गरेपछि मन्त्रालयले कारबाहीका लागि परिपत्र जारी गरेको हो । निजी सवारी साधनहरुले भाडा लिएर यात्रु ओसार पसार गर्दा […]

२०७९ चैत्र २३ गते, बिहीबार

सडक दुर्घटनामा परेका वोगटीको निधन : नेकपाका प्रवक्ता प्रकाण्डद्वारा श्रद्धान्जली

काठमाडौँ । गत सोमबार मध्यान्ह सुर्खेतबाट कालीकोटतिर गइरहेको बोलेरो जीप दैलेख जिल्ला आठबीसकोट गाउँपालिका वडा नं. १ डावमा दुर्घटना हुँदा गम्भीर घाइते भएका दुर्ग वोगटीको उपचारको क्रममा मगलबार निधन भएको छ। सडक दुर्घटना हुँदा गम्भीर घाइते भएका दुर्ग वोगटीको उपचारको क्रममा निधन भएपछि दुर्घटना गराउने बोलेरो जीपका धनिसंग वोगटीका परिवारले क्षतिपूर्ति दावी गरेका थिए । […]

२०७९ चैत्र २३ गते, बिहीबार

नेकपा बहुमतका नेता नेकपामा समाहित

काठमाडौं । नेकपा बहुमत उदयपुरका नेता अगम मगर सो पार्टी परित्याग गरी नेकपामा समाहित भएका छन् । त्रीयुगा नगरपालिका-१४ बस्ने अगम मगरले बुधबार प्रेस बिज्ञप्ती जारी गरी नेकपामा समाहित भएका हुन् ।नेता अगम मगरले नेकपा बहुमत परित्याग गरेको बिज्ञप्तिमा भनिएको छ – ‘नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को जिल्ला कमिटी सदस्यमा रहेर केही समय काम गरे […]

२०७९ चैत्र २२ गते, बुधबार