राजनीति

आषाढ मसान्तसम्म सेना परिचालन गर्न स्वीकृति

काठमाडौं, ६ जेठ । राष्ट्रपति डा. रामवरण यादवले आषाढ मसान्तसम्म नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् ।यसअघि गत वैशाख १२ गतेदेखि नै सेना परिचालन हुँदै आएपनि राष्ट्रपति यादवले बुधबार मात्र स्वीकृत प्रदान गरेका हुन् ।विपदमा सेना परिचालनको सरकारी तौर–तरिकाबारे सेनाका परमाधिपति राष्ट्रपति यादवसमेतले असन्तुष्टि जनाएपछि सरकारले बल्ल वैधानिक प्रक्रियाबाट सेना परिचालनबारे सिफारिस गरेको […]

२०७२ जेष्ठ ६ गते, बुधबार

भारत चाहे जति सहयोग गर्न तयार छ : पीके मिश्र

काठमाडौं, ६ जेठ । नेपालमा गएको महाभुकम्पपछि पुर्‍याएको क्षतिवारे जानकारी लिन नेपाल आएका भारतका अतिरिक्त एवं प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सल्लहाकार पीके मिश्रले भारतले चाहे जति सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । आज विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै उनले यस्तो भएको हो । यसैगरि उनले महाभुकम्पपछि उद्दार कार्य र प्रभवित क्षेत्रको पुर्नस्थापनामा निकै चनौती […]

२०७२ जेष्ठ ६ गते, बुधबार

लाप्राकका बासिन्दालाई अन्यन्त्रै सार्ने तयारी

काठमाडाै‌,६ जेठ । महाभुकम्पको केन्द्रबिन्दु गोरखाका २२ गाउँका दुई हजार दुई सय १४ घरधुरीलाई अन्यत्र सार्ने निर्णय जिल्ला दैवी प्रकोप उद्धार समितिले गरेको छ । क्षेत्र नम्बर २ र ३ का ११ गाउं विकास समितिका गाउँमा भूकम्पले पहिरो जाने, जमिन भासिने भएपछि अन्यत्र पुर्नवास गराउने निर्णय भएको हो । स्थानीयले समितिमा दिएको निवेदन, अनुगमनका क्रममा […]

२०७२ जेष्ठ ६ गते, बुधबार

राष्ट्रिय संयन्त्र बनाउ : वैद्य

काठमाडौ, ५ जेठ। नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले विपद व्यस्थापन ठूलो चुनौती भएको भन्दै सर्वपक्षीय उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन । वैद्यले विपत व्यवस्थापन गर्न नसके देशमा ठूलो राजनीतिक भूकम्प आउने बताएका छन् । वैशाख १२ गतेको विनाशकारी महाभूकम्पपछि पार्टी गरेका काम कारबाहीबारे जानकारी दिन मंगलवार स्वयम्भूको भुइँखेलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै […]

२०७२ जेष्ठ ५ गते, मंगलवार

एमाले नेता नेपाललाई पितृ शोक

काठमाडाै‌, ५ जेठ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई पितृ शोक परेको छ । नेपालका पिता मंगलकुमार उपाध्यायको आज बिहान ७ बजेर ५ मिनेटमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । ९९ बर्षिय उपाध्यायको घरमै निधन भएको हो ।

२०७२ जेष्ठ ५ गते, मंगलवार

सरकारलाई राष्ट्रिय स्वरुप दिन प्रधानमन्त्री तयार – सञ्चारमन्त्री

काठमाडौँ, ४ जेठ । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले वर्तमान सरकारलाई राष्ट्रिय स्वरुप दिन प्रधानमन्त्री सुशील कोइराला तयार रहेको बताएका छन्।रिपोर्टर्स क्लब नेपालले भृकुटीमण्डपस्थित चौरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री डा रिजालले प्रधानमन्त्री कोइरालाले आफ्नो नेतृत्वको सरकार गठन भएदेखि नै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउन राष्ट्रिय स्वरुप दिनका लागि आह्वान गर्दै आउनुभएको […]

२०७२ जेष्ठ ४ गते, सोमबार

मदन-आश्रितको स्मृतिमा श्रद्धान्जली सभा

काठमाण्डौं, ३ जेठ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको चितवनको दासढुंगामा एमाले चितवनले श्रद्धाञ्जली सभा गरेको छ । श्रद्धान्जली सभामा बोल्ने एमाले नेताहरुले दासढुंगा हत्याकाण्ड पत्ता लगाउन नसकेकोमा दुःखेसो गरे । उनीहरुले मदन भण्डारीले देखाएको बाटोमा एमाले पंक्ति प्रतिवद्ध भएर लाग्नुपर्ने विचार राखे । एमाले […]

२०७२ जेष्ठ ३ गते, आईतवार

माओवादीको पत्रकार सम्मेलन खुल्लामञ्चमा

काठमाडौं,३ जेठ । नेकपा माओबादीले विनासकारी भुकम्पको समयमा आफ्रनो पार्टीले गरेका उद्धार, राहत वितरण तथा भुकम्प पिडितहरुका भत्किएका संरचना पुनःनिर्माण सम्बन्धि संचालन गरेको अभियानका बारेमा आज पत्रकार सम्मेलन गरि जानकारी गराउने भएको छ । माओवादीको हालै बसेको केन्द्रीय समितिको बैठकले लिएका निर्णय र महाविनासकारी भुकम्पमा पार्टीले संचालन गरेको अभियानका बारे जानकारी गराउन आज दिउसो १ […]

२०७२ जेष्ठ ३ गते, आईतवार

भारत सबै प्रकारका सहयोग गर्न तयार : राजदूत राय

काठमाडौं, २ जेठ । नेपालका लागि भारतका राजदूत रणजित रायले भारत नेपाललाई सबै प्रकारका सहयोग गर्न तयार रहेको बताएका छन् ।आज रिपोर्टस् क्लबले गरेको साक्षत्कारमा राजदूत रायले ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई स्वर्थरहित ढंगबाट सबै प्रकारका सहयोग गर्न तयार रहेको बताइसकेको’ भन्दै ‘कस्तो सहयोग लिने भन्ने कुरा नेपालको इच्छामा भरपर्ने’ बताए ।उनले भूकम्प प्रभावित क्षेत्रहरुमा […]

२०७२ जेष्ठ २ गते, शनिबार

गुगल ब्वाइ अर्थात आदित्य दाहालबारे भ्रामक प्रचार नगर्न अपील

काठमाडौं, २ जेष्ठ । आदित्य दाहाल अर्थात गुगल ब्याइले महाभूकम्पबारे भविष्यबाणी गरेको भन्दै भ्रामक खबर दिएकामा उनको परिवारजनले आपत्ति जनाएका छन् ।गत बैशाख १२ गतेको महाभूकम्प र पराकम्पनपछि आउने भूकम्पबारे आदित्यले त्यस्तो कुनै भविष्यबाणी नगरेको उनको परिवारजनले जनाएका छन् । भ्रामक खबर फैलाई आदित्यलाई बदनाम गर्न खोजेको भन्दै उनका परिवारले आपत्ती जनाएका हुन् । बैशाख […]

२०७२ जेष्ठ २ गते, शनिबार