राजनीति

सिंहदरबारभित्रै कर्मचारी आन्दोलन !

काठमाडाैं। सर्वोच्च अदालतको आदेशबिरुद्ध कर्मचारीहरुले सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेका छन्। नेपाल विविध सेवाका प्राविधिक कर्मचारीलाई स्वतः बढुवा गरी समायोजन गर्ने सर्वोच्चको आदेशबिरुद्ध कर्मचारीहरुले सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेका हुन् ।सर्वोच्चको आदेशबाट प्रशासन सेवाका समग्र पदहरुमा बढुवाको अवसर खोसिन सक्ने भन्दै उनीहरुले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध प्रदर्शन गरेका हुन्।त्यस्तै प्रतिस्पर्धाका आधारमा सेवा […]

२०८१ कार्तिक २५ गते, आईतवार

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

काठमाडौँ । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई विराटनगरबाट पक्राउ गरिएको छ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारी मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराइ जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएकोमा जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काएको थियो । कात्तिक १३ गते जापान उडेका उनलाई टोकियो विमानस्थलमा ४८ घण्टा […]

२०८१ कार्तिक २५ गते, आईतवार

निरौला र पाण्डे सर्वोच्चको न्यायाधीशमा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा १२९ (२) बमोजिम नृपध्वज निरौला र नित्यानन्द पाण्डेय आइतबार न्यायाधीश नियुक्त गरेका हुन् ।योग्यता, क्षमता र अनुभवसमेतको आधारमा निरौला र पाण्डे दुवैको नाम अनुमोदन गर्ने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले जानकारी दिए […]

२०८१ कार्तिक २५ गते, आईतवार

राष्ट्रपति पौडेल अजरबैजान जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दै छन् ।अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकु जान लागेका हुन् । राष्ट्रपति पौडेलले यही कात्तिक २७गते हुने उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको […]

२०८१ कार्तिक २५ गते, आईतवार

एमालेद्वारा मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई निलम्बन

काठमाडौँ । नेकपा एमाले कोशी प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेको जानकारी गराएको छ ।एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै अधिकारीलाई लागेको आरोप निरुपण नभएसम्मका लागि पार्टीका कुनै पनि तहमा रहन नपाउने गरी कारबाही गरिएको हो।उनलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि […]

२०८१ कार्तिक २४ गते, शनिबार

सिन्धुलीगढी विजय उत्सव मनाइँदै

काठमाडौँ । आज कात्तिक २४ सिन्धुलीगढी विजय उत्सव। तत्कालीन गोर्खाली फौजले अंग्रेजलाई परास्त गरेको सम्झनामा आज सिन्धुली जिल्लाको सिन्धुलीगढीमा २५७ औं उत्सव मनाइँदैछ । भारतबाट आएको इष्ट इण्डिया कम्पनीको अंग्रेज फौजलाई सिन्धुलीगढीको युद्धमा गोर्खाली फौज र स्थानीय मिलेर पराजित गरेको दिनको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते सिन्धुलीगढीमा विजय उत्सव मनाउने गरिएको छ ।गोर्खाली फौजले […]

२०८१ कार्तिक २४ गते, शनिबार

विश्व स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौँ । आज नोभेम्बर ९ अर्थात् विश्व स्वतन्त्रता दिवस । नेपालमा पनि स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै विविध कार्यक्रम गरी मनाइँदैछ। सन् १९४७ देखि मनाउन थालिएको यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिएको छ। विश्वभरका नागरिकलाई स्वतन्त्रताको मौलिक अधिकारबारे सचेत गराउनु तथा शान्ति, सहिष्णुता र आपसी सम्मानको […]

२०८१ कार्तिक २४ गते, शनिबार

सत्य निरूपण र बेपत्ता छानबिन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान

 काठमाडौँ ।   बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिला आयोगको अध्यक्ष तथा सदस्य नियुक्त गर्न आवेदन आह्वान भएको छ। शुक्रबार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयले सूचना प्रकाशन गरी आवेदन आह्वान गरेको हो। इच्छुक व्यक्तिलाई छनोट प्रक्रिया बमोजिम अध्यक्ष वा […]

२०८१ कार्तिक २३ गते, शुक्रबार

‘वैज्ञानिक साम्यवादी समाज निर्माणको ऐतिहासिक कार्यभार पुरा गरौ’

काठमाडौँ । अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले वैज्ञानिक साम्यवादी समाज निर्माणको ऐतिहासिक कार्यभार पुरा गर्न आम क्रान्तिकारीलाई आग्रह गरेको छ। सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले अक्टुवर क्रान्तिले १०७ वर्ष पुरा गरेको अवसरमा एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन्।यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको बिज्ञप्ती […]

२०८१ कार्तिक २२ गते, बिहीबार

प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री मनाङेलाई ५ वर्ष कैद सजाय

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको छ । सर्वोच्चले दुई ग्याङस्टारबीचको झगडामा तरबार प्रहार गरेर ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङेविरुद्ध मुद्दा चलेको २० वर्षपछि मंगलबार अन्तिम फैसला गरेको हो ।तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध १२ वर्षअघि सुनाएको […]

२०८१ कार्तिक २१ गते, बुधबार