राजनीति

आगामी आर्थिक वर्षको नीति,बजेटको तयारी अन्तिम चरणमा

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको बताए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसको अवसरमा अवसरमा आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम निर्माणको अन्तिम तयारीमा जुटेको र बजेट वक्तव्यको तयारी पनि अन्तिम चरणमा पु-याएको […]

२०८१ बैशाख २३ गते, आईतवार

अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा मार्क्सप्रति उच्च सम्मान व्यक्त

काठमाडौँ । अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले कार्ल मार्क्सप्रति उच्च सम्मान व्यक्त गरेको छ। सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले कार्ल मार्क्सको २०७ औं जन्म दिवसको अवसरमा एक बिज्ञप्ति जारी गर्दै सो सम्मान व्यक्तगरेका हुन् ।यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ – […]

२०८१ बैशाख २३ गते, आईतवार

वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बागमती प्रदेशको बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारी काम काजको भाषा शुभारम्भ भएको अवसरमा वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।सरकारले वैशाख १२ गते गरेको निर्णय राजपत्रमा प्रकाशन गर्दै २४ गते दिने सार्वजनिक बिदाको पुष्टि गरेको हो ।काठमाण्डौंको […]

२०८१ बैशाख २२ गते, शनिबार

अग्नी पीडितलाई गास बासको व्यवस्था गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले अग्नी पीडितलाई गास बासको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ । सो संगठनका अध्यक्ष दिनेश सीले शुक्रबार विज्ञप्ति जारी गर्दै ४८ जिल्लाका अग्नी पीडिलाई राहत, उद्धार तथा गास बासको व्यवस्था गर्न माग गरेका हुन् ।संगठनका अध्यक्ष दिनेश सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘चैतको अन्तिम […]

२०८१ बैशाख २२ गते, शनिबार

‘सरकारले ऐतिहासिक काम गरेको छ’

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन्। नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।प्रधानमन्त्री प्रचण्डले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गर्दै भने- “मैले पदभार ग्रहण गर्दा भनेको थिएँ, देश र जनताको हितमा राम्रा कामहरू […]

२०८१ बैशाख २१ गते, शुक्रबार

भारतद्वारा  बिआरआई लागू नगर्न ब्यापक दबाव

काठमाडौँ ।  भारतले चिनियाँ सरकारको प्रत्यक्ष संलग्नतामा बन्न लागेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना कार्यान्वयन नगर्न    ब्यापक दबाव दिएको खुलाशा भएको  छ । नेपाल कम्युनिस्ट पार्टीले  कछुवा गतिमा नै भएपनि अघि बढिरहेको बिआरआईलाई रोक्न एमसीसी र अमेरिकी कुटनीतिज्ञहरुसँगै भारतले सरकारमाथि दबाव दिइरहेको जनाएको छ ।  भारतले  बिआरआई कार्यान्वयन नगर्न नेता र कर्मचारीलाई काम नगर्न […]

२०८१ बैशाख २१ गते, शुक्रबार

बजेट अधिवेशन वैशाख २५ गते बोलाउने तयारी

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संसद्को आगामी बजेट अधिवेशन वैशाख २५ अथवा २६ गते बोलाउने तयारी गरिएको बताए । उनले आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरूलाई छिट्टै टुंग्याएर संसदमा लैजाने तयारी भइरहेको बताए । उनले संविधान र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा थुप्रै ऐनहरू संशोधन गर्नु आवश्यक रहेको भन्दै ऐन […]

२०८१ बैशाख १९ गते, बुधबार

सामाजवादी व्यवस्था ल्याउन उत्पादन पनि एउटा साधन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती व्यूरो इञ्चार्ज सविन सीले सामाजवादी व्यवस्था ल्याउनको लागि उत्पादन पनि एउटा साधन भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङको दोस्रो आवधिक योजनाको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। नेता सविन सीले पार्टीको नीति ठिक ढंगले बुझेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने र […]

२०८१ बैशाख १९ गते, बुधबार

अन्तराष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौँ । आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस ’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ […]

२०८१ बैशाख १९ गते, बुधबार

सहिद मित्रमणी आचार्यको विचारलाई मर्न दिदैनौं

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य सन्देश सीले मित्रमणी आचार्यले बाेकेको विचार आमश्रमजीवि वर्गको पक्षमा रहेको बताउदै आचार्यले बाेकेको विचारलाई मर्न नदिन दृढतापूर्वक लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अखिल (समाजवादी) द्वारा मित्रमणी आचार्यको ३९ औ स्मृति दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्दै सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।नेता सन्देश सीले नेकपाले मित्रमणीको शालिकसहितको […]

२०८१ बैशाख १९ गते, बुधबार