राजनीति

सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई कारबाही !

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई कारबाही गर्न अख्तियारलाई पत्राचार गरेको छ । केन्द्रले राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ को नियम १० (२) बमोजिम सम्पत्ति विवरण नबुझाउनेहरुका लागि जरिवानाका तिराउन अख्तियारलाई पत्राचार भएको जनाएको छ ।३ हजार ३८६ जना निजामती कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जनाएको छ । भ्रष्टाचार निवारण ऐन, […]

२०८१ बैशाख ३१ गते, सोमबार

अशोक राई नेतृत्वको जसपालाई आधिकारिकता नदिन माग

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राई नेतृत्वको जसपालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन। जसपा नेपालबाट विभाजित राई नेतृत्वको जसपाले वैशाख २४ गते आयोगबाट आधिकारिकता पाएको थियो ।यादवले रिटमा नयाँ दल दर्ताका लागि राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीमा केन्द्रीय समिति […]

२०८१ बैशाख ३१ गते, सोमबार

एकीकृत जनक्रान्ति नेपालको मौलिक कार्यदिशा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य शितल सीले एकीकृत जनक्रान्ति नेपालको मौलिक कार्यदिशा भएको ठोकुवा गरेका छन् । आइतबार नेकपा दाङको तेस्रो आवधिक योजनाको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।नेता शितलले एकीकृत जनक्रान्ति विश्वको तेस्रो कार्यदिशा भएको ठोकुवा गर्दै भने- ‘ एकीकृत जनक्रान्ति नेपालको मौलिक कार्यदिशा हो । यो […]

२०८१ बैशाख ३१ गते, सोमबार

नेपाली कांग्रेसद्वारा प्रधानमन्त्रीले छानबिन समिति बनाउने अपेक्षा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सोमबार बिहान बसेको शीर्ष नेताको बैठकले प्रधानमन्त्री प्रचण्डले संसदीय छानबिन समिति बनाउने अपेक्षा राख्दै टुंगिएको छ । बैठकले आज साँझसम्म प्रधानमन्त्री प्रचण्डले छानबिन समिति बनाउने निर्णय लिने आशा राखेको बताइएको छ । बैठकमा सहभागी एक नेताले ले भने- ‘छानबिन समिति बनाउन प्रधानमन्त्रीलाई खासै आपत्ति छैन । […]

२०८१ बैशाख ३१ गते, सोमबार

जसपा नेपाल सरकारबाट बाहिरियो

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएको छ। आज बस्न लागेको पार्टीको कार्यकारिणी समितिको बैठक अगाडि नै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा बुझाएका हुन् । उनीसंगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका […]

२०८१ बैशाख ३१ गते, सोमबार

नेपाली कांग्रेसको संसदीय दलको बैठक सर्यो

काठमाडौं। आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक भोलि बिहान मात्र बस्ने भएको छ। बैठक मंगलबार संसदीय कार्यसमिति बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ। बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा […]

२०८१ बैशाख ३१ गते, सोमबार

नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसले आज दिउँसो १ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ भने दिउँसो २ बजे संसदीय दलको बैठक पनि बस्ने भएको जनाएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने जनाइएको छ । आइतबार बसेको पार्टी पदाधिकारी बैठकले गृहमन्त्री रवि लामिछानेको […]

२०८१ बैशाख ३१ गते, सोमबार

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय कार्यलयको विस्तारित बैठक सम्पन्न

काठमाडौँ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय कार्यलयको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टीको नवौं केन्द्रीय समितको पाचौँ पूर्ण बैठकका योजना सम्प्रेषण तथा कार्यन्वयनमा महासंघले खेल्नु पर्ने भूमिका र दायित्व लागायतका बारेमा छलफल भएको छ ।बैठकले पार्टीको पछिल्लो बैठकले निर्णय गरेको पार्टीको संगठनात्मक भाैगाेलिक संरचना अनुसार महासङ्घका संरचनाहरुलाई व्युरोबाट प्रदेश स्थरमा विस्तार गरेको छ […]

२०८१ बैशाख ३१ गते, सोमबार

जनपत्रकार संगठनका केन्द्रीय सदस्य सरगम रिहा

काठमाडौँ । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य सुमन श्रेष्ठ (सरगम) रिहा भएका छन् । आइतबार भोजपुर जिल्ला अदालतको आदेश पछि उनी रिहा भएका हुन् । २०७९ साल असोज २० गते पक्राउ परेका सरगम १८ महिनाको बन्दी जीवन बिताएर रिहा भएका हुन् । । भोजपुर जिल्ला पौवादुङ‌मा गाउँपालीका वडा न २ तिवारीभन्ज्याश्रमा हुने सत्ता गठबन्धनको चुनावी […]

२०८१ बैशाख ३० गते, आईतवार

प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन सकारात्मक

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक भएको जानकारी दिएका छन् । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र नेपाली काँग्रेसका नेताहरुबीचको बैठकमा प्रधानमन्त्री सहकारी प्रकरणको अनुसन्धान समिति बनाएर गर्न सकारात्मक भएका हुन् । छलफलपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली काँग्रेसका सचेतक लेखकले प्रधानमन्त्रीसँग […]

२०८१ बैशाख ३० गते, आईतवार