समाज

विश्व दूध दिवस मनाइँदै

काठमाडौं । आज जुन १ अर्थात विश्व दूध दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ । विश्व खाद्य संगठनले सन् २००१ बाट अन्तर्राष्ट्रिय दूध दिवस मनाउने निर्णय गरेकोमा नेपालले सन् २०११ बाट दिवस मनाउन थालेको हो । यस वर्ष ‘दीर्घ जीवन, गुणस्तरीय दुध तथा दुग्ध पदार्थको सेवन’ भन्ने मुल नारासहित विश्व दूध दिवस मनाइँदैछ । […]

२०७९ जेष्ठ १८ गते, बुधबार

मेलम्चीको पानी ल्याउन बन्द !

काठमाडौं । मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षायाम सुरु भएको भन्दै आजदेखि मुल ढोका (गेट) बन्द गरेको छ । आयोजनाको मुल ढोका बन्द भएसँगै यही बैशाख ११ गतेदेखि काठमाडौं ल्याईएको पानी बन्द भएको छ । बैशाख १८ गतेदेखि बन्द गर्ने तयारी गरेकोमा एक दिन अगाडी नै बन्द भएको आयोजनाले जनाएको छ । आयोजनाका सूचना अधिकारी […]

२०७९ जेष्ठ १७ गते, मंगलवार

दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स भेटियो

काठमाडौं । दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स भेटिएको जनाएको छ । टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो । टोलीका ७ सदस्यमध्येका एक विनायकजय मल्लले हवाईजहाजको ब्ल्याक बक्स भेटाएको जानकारी दिए । ब्ल्याक बक्समा पाइलटले गरेका कुराकानीको […]

२०७९ जेष्ठ १७ गते, मंगलवार

तारा एयरको विमान दुर्घटना छानविन गर्न छानविन समिति गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार भएको तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी समिति गठन गरेको हो । समिति सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद […]

२०७९ जेष्ठ १६ गते, सोमबार

तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौँ – आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएका हुन् । पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो । स्थलमार्गबाट गएको टोलीले जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटेको हो । मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट […]

२०७९ जेष्ठ १६ गते, सोमबार

हिमपातले यार्सागुम्बा सङ्कलन रोकियो

काठमाडौं । औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलन रोकिएको छ । हिमाली जिल्ला मनाङमा हिमपात भएपछि यार्सागुम्बा सङ्कलनका लागि खर्कमा पुगेका सङ्कलक फर्किएका हुन् । हिमपातले गर्दा यार्सागुम्बा सङ्कलन गर्न सक्ने अवस्था नभएपछि बेँसी फर्किएको धादिङका मिलन तामाङले बताउनुभयो । “मनाङमा पानी परेपछि भ्राताङ लेकमा हिउँ पर्दा यार्सागुम्बा सङ्कलन गर्न नसकेर बेँसीतर्फ फर्र्किएका हौँ, ठेक्कामा काम गर्न […]

२०७९ जेष्ठ १३ गते, शुक्रबार

‘विनायक दुर्घटनाका घाइतेहरुको उपचारको व्यवस्था गर’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अछामले अछामको पञ्च्देवल विनायक नगरपालिकाको वडा नं. ४ मा भएको गाडि दुर्घटनामा परि घाइते भएका व्यक्तिको यथाशीघ्र उपचारको व्यवस्था गर्न माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीका जिल्ला सचिव मिना धामी सरिताले घाइतेहरूको उपचार गर्न स्थानीय सरकारसँग माग गर्दै ज्यान गुमाउने धमाला दाजु भाईहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त […]

२०७९ जेष्ठ १२ गते, बिहीबार

करिब ९ प्रतिशत बालबालिकामा कुपोषण !

काठमाडौं । काभ्रे जिल्लामा करिब २ हजार बालबालिकामा पोषणको अवस्था जाँच गर्दा करिब ९ प्रतिशमा कुपोषण देखिएको छ । एक महिनाको अवधिमा १ हजार ९९३ जना बालबालिकाको पोषणको अवस्था जाँच गर्दा १ सय ७३ जना कुपोषित भेटिएका हुन् । जसमध्ये १४ जना अर्थात शुन्य दशमलव ७ प्रतिशतमा कडा खालको कुपोषण देखा परेको छ भने १ […]

२०७९ जेष्ठ ११ गते, बुधबार

गड्डाचौकी नाका बन्द हुदै !

काठमाडौं । भारतको उत्तराखण्डको चम्फावत विधानसभा क्षेत्र ५५ को उपनिर्वाचनका लागि पश्चिमी सीमानाका गड्डाचौकी बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार यही जेठ १४ गते बेलुकी ५ बजेदेखि जेठ १७ गते बेलुकी ५ बजेसम्मका लागि सीमानाका बन्द हुने भएको हो । गड्डाचौकीलगायत भारतको चम्फावत जिल्लासँग जोडिएका […]

२०७९ जेष्ठ १० गते, मंगलवार

लाटोकोसेरोसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले लाटोकोसेरोसहित दुई भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी १ का ४२ वर्षीय मृतुन्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी–३ का ३५ वर्षीय शेख अनवर रहेको पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरको गोरेटो बाटो हुँदै […]

२०७९ जेष्ठ ९ गते, सोमबार