समाज

‘ध्वनि र सङ्केत बुझ्न नसक्नेलाई पनि चालक अनुमतिपत्र’

काठमाडौंँ , १० असोज । सडकमा ध्वनि सुन्न नसक्ने र सङ्केत बुझ्न नसक्ने व्यक्तिहरूले पनि अबदेखि सवारीचालक अनुमतिपत्र पाउने भएका छन् । व्यवस्थापिका संसद्ले सवारी तथा यातायात व्यवस्था ऐन संशोधन विधेयक पारित गर्दै तोकिएको सडकमा सवारी चलाउन पाउने गरी इजाजत पत्र पाउने व्यवस्था गरेको हो । सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पेस […]

२०७३ आश्विन १० गते, सोमबार

पूर्व गृहमन्त्री घिमिरेको अवस्था अज्ञात

काठमाडौँ, १० असोज । पूर्व गृहमन्त्री माधव घिमिरे चढेको जीप आइतबार अपराह्न त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने घिमिरेसहित तीन जना भने नदीमा वेपत्ता भएका छन् । वेपत्ता भएकाहरुको खोजी आज विहानैदेखि फेरि थालिएको छ । खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । मुग्लिन र कुरिनटारको बीचमा […]

२०७३ आश्विन १० गते, सोमबार

सप्तकोशीमा पानीको बहाव बढ्यो

काठमाडौँ, ९ असोज । पूर्वी पहाडी जिल्लाहरुमा लगातार बर्षा भएपछि सप्तकोशी नदीमा फेरि पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि नदीमा खतराको संकेतस्वरुप रातो बत्ति बालिएको छ । आइतबार बिहान ७ बजे गरिएको मापन अनुसार पानीको बहाव १ लाख ९० हजार ५ सय क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले जानकारी दिए । […]

२०७३ आश्विन ९ गते, आईतवार

सार्वजनिकस्थानमा सिसिटिभीवाट निगरानी

काठमाडौँ, ८ असोज । के तपाईँ सार्वजनिकस्थानमा गलत कार्य गर्दै हुनुहुन्छ ? गर्दैहुनुहुन्छ भन्ने सचेत हुनुहोस्, तपार्इँ क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराको निगरानीमा हुनुहुन्छ । काठमाडौँ उपत्यकाको अति व्यस्तस्थल, संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्रमा सिसिटिभी जडान गर्ने कार्यलाई प्रहरीले तीव्रता दिएको छ । दुई सय ४१ ठाउँमा सिसिटिभी जडान रहेकोमा अब थप ९४ स्थानमा […]

२०७३ आश्विन ८ गते, शनिबार

तामाङ जातिको संंस्कृति संरक्षण गरिने

काठमाडौँ, ८ असोज । नयाँ शक्ति पार्टी नेपालको भ्रातृ सङ्गठन तामाङ राष्ट्रिय परिषद् नेपालको प्रथम राष्ट्रिय भेलाले शुक्रबार सुवास तामाङको संयोजकत्वमा १५१ सदस्यीय परिषद्को केन्द्रीय समिति गठन गरेको छ । देशभरबाट करिब ३०० प्रतिनिधि सहभागी उक्त भेलाले अन्तरिम कार्यविधि अनुसार आठ जना सहसंयोजक चयन गरेको छ । भेलाले खड्कबहादुर जिम्मा, जोशीमाया तामाङ, राजीव लामा, पासाङनिमा […]

२०७३ आश्विन ८ गते, शनिबार

प्रहरी महानिरीक्षक समक्ष समाजमा असुरक्षा बढ्न थालेको गुनासो

काठमाडौं, ८ असोज । काठमाडौंको टुँडालदेवीमा शनिबार नागरिक र प्रहरीबीच गरिएको सार्वजनिक बहस कार्यक्रममा समाजमा फेरि असुरक्षा बढ्न थालेको गुनासो सर्वसाधारण नागरिकले गरेका छन् । सर्वसाधारण नागरिकले लुटपाट र विद्यालयहरुमा बम आतंकका कारण निर्धक्क बालबालिकालाई विद्यालय पठाउने वातावरण नभएको गुनासो प्रहरीसमक्ष गरेका हुन् । कुनै राजनीतिक दबाब वा प्रलोभनमा नपरी सुरक्षा व्यवस्था कडा गर्न उनीहरुले […]

२०७३ आश्विन ८ गते, शनिबार

दसैंको टीकाको उत्तम साइत ८:४५ मा

काठमाडौं, ८ असोज । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैंको टीकाको उत्तम साइत विजया दशमी (२५ असोज) को बिहान ८ बजेर ४५ मिनेटमा रहेको जनाएको छ । समितिले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैंको साइत सार्वजनिक गरेको हो । विजया दशमीको दिन बिहान ८ बजेर ४५ मिनेटको समयलाई टीकाको उत्तम साइत तोकिएको समितिका अध्यक्ष […]

२०७३ आश्विन ८ गते, शनिबार

छोराले अस्पतालमै छोडेपछि ….

काठमाडौं, ७ असोज । आर्थिक अभावका कारण छोराले अस्पतालमै छोडेर भागेपछि भक्तबहादुर सार्कीको बिराम निको भएपनि जाने ठाउँ नभएर अलपत्र परेका छन् । धनकुटा जिल्ला अस्पतालमा अचेत अवस्थामा उनकै छोरा गोविन्दले छोडेर भागेपछि अस्पतालले स्याहारसम्भार गरेर निको भएका जिल्लाकै खोकु–१ घर बताउने भक्तबहादुरको बिराम त निको भयो तर अब कता जाने भनेर अलपत्र परेको बताउँछन् […]

२०७३ आश्विन ७ गते, शुक्रबार

पत्रकार आचारसंहिता २०७३ जारी

काठमाडौं, ६ असोज । पत्रकारिता पेसालाई थप मर्यादित बनाउनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले संयुक्तरुपमा ‘पत्रकार आचारसंहिता, २०७३ जारी गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा विहीबार प्रेस काउन्सिल नेपालको ४७औं वार्षिकोत्सवको अवसरमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र महासंघ अध्यक्ष डा. महेन्द्र विष्टले संयुक्तरुपमा आचारसंहिता जारी गरेका हुन् । आचारसंहिता जारी गरेपछि […]

२०७३ आश्विन ६ गते, बिहीबार

महिलासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ, ६ असोज । सामाजिक न्यायका लागि लैङ्गिक समानता कायम गरौँ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुने भएको छ । व्यवस्थापिका संसद् अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिको आयोजनामा काठमाडौँमा दुई दिनसम्म चल्ने सम्मेलनमा ‘लैङ्गिक समानता तथा सामाजिक न्याय’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको हो । समितिका सभापति सुशीलकुमार श्रेष्ठले नेपालको संविधानमा महिला […]

२०७३ आश्विन ६ गते, बिहीबार